आङकाजी शेर्पालाई थुनामा राख्न अनुमति

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१७ भदौ २०७२, बिहिवार
तस्विरः अनलाइन खबर


काठमाडौं । जिल्ला अदालत काठमाडौंले नेपाल आदिवासी जनजाति महासंघका पूर्वमहासचिव आङकाजी शेर्पालाई चार दिन थुनामा राख्न अनुमति दिएको छ । उनलाई विद्युतीय कारोबार ऐन अन्तरगत मुद्धा चलाइने प्रहरीले बताएको छ ।

टीकापुर घटनालाई लिएर सामाजिक सञ्जाल फेसबुक तथा ट्वीटरमा सुरक्षा निकायबीच फाटो ल्याउने, जातीय तथा साम्प्रदायिक सद्भाव भड्काउने खालका सन्देश लेखेको भन्दै महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले शेर्पालाई भदौ १६ गते बौद्धबाट पक्राउ गरेको थियो ।

प्रहरीले आङकाजीलाई भदौ १७ गते जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएर चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति लिएको छ ।अपराध महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले विद्युतीय कारोबार ऐन अन्तरगत मुद्धा चलाइने बताएका छन् । आङकाजीले टीकापुर घटनाका रहस्य भन्दै फेक तस्वीरहरु शेयर गरेको आरोप छ । साथै, उनले गृहमन्त्रीसहितका नेताहरुबारे लेखेका स्टाटसबारे पनि प्रहरीले अध्ययन गरिरहेको बताइएको छ । अहिले सामाजिक सञ्जालमा सामाजिक सद्भाव भड्काउने स्टाटस यत्रतत्र छन्, तर किन आङकाजी शेर्पालाई मात्रै किन पक्राउ गरियो ? उनी सम्बद्ध संघीय समाजवादी फोरम नेपालका एक नेताले प्रश्न गरे ।

प्रतिक्रिया