रेमश चौधरीले बल्ल मुख खोले

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१५ भदौ २०७२, मङ्गलवार


काठमाडौं

थरुहट थारुवान आन्दोलन कैलालीका संयोजक नेता रेशम चौधरीले टीकापुर घटनाको ९ दिनपछि बल्ल मुख खोलेका छन् । टीकापुर घटनामा ८ प्रहरी, एक प्रहरीको मृत्यु भएको थियो, जसको रणनीति रेशमले बनाएको आरोप लाग्दै आएको छ । भदौ १५ गते रेशमले एक विज्ञप्ती जारी गरी टीकापुर घटनामा घुसपैठ गरी थारु समुदायलाई बद्नाम गराउने काम भएको बताएका छन् ।

उनले भनेका छन्– अहिले पनि कैलालीमा शान्ति कायम गर्नुपर्छ र थारु र अरु समुदायबीच सौहार्दपूर्ण एकता हुनुपर्छ भन्ने मेरो प्रष्ट विचार छ ।’ साथै उनले थारु समुदायले उठाएको उचित मागलाई सम्बोधन गर्नु पर्ने बताएका छन् । थारु नेता चौधरीले सुरक्षाकर्मी र बालकको हत्या निन्दनीय भएको भन्दै छानविन गरी सत्य पत्ता लगाउने, पीडितलाई क्षतिपूर्ति दिन र थारु लगायतका सबै समुदायलाई सुरक्षाको अनुभुति दिलाउन सरकारसँग माग गरेका छन् । उनले वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न समेत सबैलाई अपील गरेका छन् ।

 टीकापुर काण्डपछि  रेशम चौधरी मौन थिए । घटनाको नौ दिनपछि विज्ञप्ति निकालेर चौधरीले घटनाका योजनाकार भन्दै आएको समाचारको खण्डन गरेका छन् ।

रेशम चौधरी कैलाली क्षेत्र नम्बर १ बाट संविधान सभाको दोश्रो चुनावमा सदभावना पार्टीबाट उम्मेद्वार थिए । घटनाको केही दिन अघि टीकापुरमा भएको आमसभामा उनले नै राजेन्द्र महतो, उपेन्द्र यादव र अमरेशकुमार सिंहलाई बोलाएको आरोप छ । टीकापुर काण्डपछि  रेशम चौधरी मौन थिए । घटनाको नौ दिनपछि विज्ञप्ति निकालेर चौधरीले घटनाका योजनाकार भन्दै आएको समाचारको खण्डन गरेका छन् ।

टीकापुर घटनाको अघिल्लो दिन शान्तिपूर्ण आन्दोलन गर्ने र सामाजिक सदभाव कायम राख्ने सहमति भएको र त्यसमा आफ्नो पनि मन्जुरी रहेको भन्दै उनले अहिले  पनि कैलाली जिल्लामा शान्ति कायम हुनुपर्छ, थारु र अन्य समुदायको बीचमा सौहार्दपूर्ण एकता हुनुपर्छ भन्ने आफ्नो स्पष्ट विचार रहेको उल्लेख गरेका छन् । साथै, उनले वार्ताको माध्यमबाट समस्याको समाधान गरी जनजीवन सामान्य बनाउनु पर्ने भन्दै आफ्नो तर्फबाट गर्नुपर्ने योगदानको लागि तयार रहेको जनाएका छन् ।

सद्भाव ¥याली निकाल्नेलाई मध्यरातमा पक्राउ

भदौ ७ को टीकापुर घटनाको कहाली साम्य नहुँदै फेरि त्यस्तै घटना दोहोरिने स्थिति देखापरेको छ । बरिष्ठ प्रहरीसहित ८ जनाको ज्यान गएको एक हप्तापछि थारु समुदायले भदौ १३ गते थापापुर गाविसको नवलपुरमा सद्भाव ¥याली निकालेका थिए । तर, दिउँसो निकालिएको ¥यालीमा सहभागी भएकाको तस्विर खिचेर गएपछि मध्यराती सशस्त्र र जनपथ प्रहरीले केहीलाई उनीहरुको घरमै गएर गिरफ्तार गरे । यसले गर्दा कैलालीको टीकापुर क्षेत्रमा फेरि तनाव बढ्न सक्ने सम्भावना देखिएको हो ।

दिउँसो निकालिएको ¥यालीमा सहभागी भएकाको तस्विर खिचेर गएपछि मध्यराती सशस्त्र र जनपथ प्रहरीले केहीलाई उनीहरुको घरमै गएर गिरफ्तार गरे । यसले गर्दा कैलालीको टीकापुर क्षेत्रमा फेरि तनाव बढ्न सक्ने सम्भावना देखिएको हो ।

समाचार अनुसार गिरफ्तार गरिएपछि उनीहरुको रिहाईको माग गर्दै स्थानीय महिलाहरु भदौ १४ सशस्त्रको क्याम्प घेराउ गर्न पुगेका थिए । सद्भाव ¥याली निकालेको बेला खिचेको तस्विरकै आधारमा घर घरमा छापा मारी बौनिया–४ सिमरानाका दरबारीलाल चौधरी, थापापुर–५ का सन्तराम चौधरी, किसुनलाल चौधरी, सिलकदाश थारु, थापापुर–६ का जितबहादुर चौधरी, थापापुर–७ नवलपुरका राजेश चौधरी, ब्रिजमोहन चौधरी र राजेश चौधरी गरी ८ जनालाई प्रहरीले गिरफ्तार गरेको छ । पक्राउपछि स्थानीयलाई जोशीपुर सशस्त्र वेशक्याम्पमा राखिएको थियो । अहिले उनीहरूलाई छानबिनका लागि जिल्ला चलान गरिएको छ ।

सशस्त्र प्रहरी बेसक्याम्प घेरिरहेका महिलाहरुलाई प्रहरीले तपाईका मान्छे भोलिसम्म छोड्छौं भन्दा पनि मानिरहेका थिएनन् । प्रहरीका अधिकृतले आफै आएर समातिएका मानिसहरु भोलिसम्म छोडदिने बताएपछि महिलाहरु फर्किएका थिए । तर उनीहरुलाई हालसम्म रिहा गरिएको छैन ।

प्रतिक्रिया