लिम्बुवान ठप्प

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१४ भदौ २०७२, सोमवार
लिम्बुवान ठप्प


काठमाडौ

संघीय संविधानभित्र लिम्बुवान स्वायत्त राज्यको माग गर्दै संघीय लिम्बुवान पार्टी नेपालले भदौ १४ र १५ गते लिम्बुवान बन्दको आह्वान गरेकोमा पहिलो दिन सोमबार शान्तिपूर्ण रहेको छ । दुई दिने आमहड्तालपछि पनि कुनै सुनुवाइ नभए अनिश्चितकालिन रूपमा लिम्बुवान क्षेत्र ठप्प पार्ने पार्टीले चेतावनी दिएको छ ।

मस्यौदा संविधान र सात प्रदेशको खाकाले लिम्बुवान नसमेटिएको भन्दै पार्टीले आमहड्ताल घोषणा गर्नुपरेको अध्यक्ष कुमार लिङ्देनले जनाए । उनले लिम्बुवानको ऐतिहासिकतालाई लत्याएर ल्याएको संविधान कुनै हालतमा स्वीकार नगर्ने समेत बताए । उनले पश्चिममा कर्णालीको मागलाई हप्ता दिनभित्रै सम्बोधन गरेको तर दशकौंदेखि आन्दोलित हुँदा आफूहरूलाई बेवास्ता गरिएकोमा आक्रोश पोखे । लिङ्देनले आफूहरू अहिलेसम्म संयमित भएर प्रस्तुत भएको भन्दै राज्यले पूर्वसहमति कार्यान्वयन नगरे ०६४ सालझैं अनिश्चितकालिन बन्दका कार्यक्रम लिएर सडक कब्जा गर्ने चेतावनी दिए ।

ऐतिहासिकताका आधारमा अरुण पूर्वका सुनसरी, मोरङ, झापा, इलाम, पांचथर, ताप्लेजुङ, संखुवासभा, ते¥हथुम र धनकुटा जिल्लालाई समेटेर लिम्बुवान राज्य घोषणा गर्नुपर्ने तथा प्रदेशको नाम लिम्बुवान राख्नु पर्ने माग गरेको चुम्लुङका महासचिव प्रेम याकथेनले इण्डिजिनियस भ्वाइसलाई बताए ।

 

घोषित दुई दिने आमहड्ताललाई लिम्बु विद्यार्थी मञ्च, किरात याक्थुङ चुम्लुङ सुनसरी, कियाचु धरान र लिम्बू पत्रकार संघ सुनसरीले समेत आन्दोलनमा ऐक्यबद्धता जाहेर गरेका छन् । त्यसैगरी, ‘लिम्बुवान अकुपाइ’ले धरानमा लिम्बुवान स्वायत्तताको पक्षमा बृहत् हस्ताक्षर संकलन कार्यक्रम सुरु भएको छ । लिम्बुवान संघर्ष समिति सुनसरीले थालेको अभियानले पचासौं हजारको हस्ताक्षर जम्मा गर्ने लक्ष्य लिएको याक्थुङ चुम्लुङ सुनसरीकी अध्यक्ष सङ्गीता सुब्बाले बताइन् । लिम्बुवान प्रदेश स्थापनाका लागि एसएमएस् अभियान सञ्चालन पनि हुने सुब्बाले जनाइन् । अभियानअन्तर्गत संविधानसभामा लिम्बु समुदायको प्रतिनिधित्व गर्ने १५ सभासद्सहित शीर्षस्थ नेताहरूमा दबाब सिर्जना गर्न सन्देश पु¥याइनेछ ।

संघीय लिम्बुवान पार्टी नेपाल तथा समग्र लिम्बु समुदायको छाता संगठन किरात याक्थुङ चुम्लुङले अरुण पूर्वका नौ जिल्लालाई लिम्बुवान राज्य घोषणा गर्न माग गर्दै बन्दको आह्वान गरेका हुन् । ऐतिहासिकताका आधारमा अरुण पूर्वका सुनसरी, मोरङ, झापा, इलाम, पांचथर, ताप्लेजुङ, संखुवासभा, ते¥हथुम र धनकुटा जिल्लालाई समेटेर लिम्बुवान राज्य घोषणा गर्नुपर्ने तथा प्रदेशको नाम लिम्बुवान राख्नु पर्ने माग गरेको चुम्लुङका महासचिव प्रेम याकथेनले इण्डिजिनियस भ्वाइसलाई बताए ।

प्रतिक्रिया