बेवास्ता गरी ल्याएको संविधान धर्ति टेक्न नदिने

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१३ भदौ २०७२, आइतवार
बेवास्ता गरी ल्याएको संविधान धर्ति टेक्न नदिने


जितनारायण थनैत

नवलपरासी

पहिचान पक्षधरका नेताहरुले चितवनदेखि कञ्चनपुर सम्मको जिल्लालार्ई थरुहट बनाउने उद्घोष गरेका छन् । थारु कल्याणकारिणी सभा (थाकस) नवलपरासी तथा थरुहट थारुवान आन्दोलन संयुक्त संघर्ष समितिको आयोजनामा भदौ १२ गते डण्डामा भएको बृहत बिरोध सभामा नेताहरुले सो कुरा उठाएका हुन् ।

सिंहदरबार कब्जा गर्ने चेतावनी

आम सभालाई सम्बोधन गर्दै आदिबासी जनजाति अगुवा नेता आङकाजी शेर्पाले हजारौ बर्षको इतिहास बोकेका थारु समुदायलाई उपेक्षा गरेर थरुहट बिनाको संबिधान आए एक मिनेटभित्र जलाई धर्ति टेक्न नदिने चेतावनी दिए । थरुहटलाई बिभाजित गरेर, आदिवासी जनजाति, मधेशी, मुस्लिमलाई बेवास्ता गरी ल्याएको संविधान किमार्थ स्वीकार्य नहुने जनाउँदै उनले भने– हाम्रा अधिकारहरु शान्तिपूर्ण आन्दोलनबाट, शान्तिपूर्ण बहस पैरबीबाट, कलमले हाम्रो अधिकार, पहिचान, नयाँ संविधानमा लेख्न चाहन्छौं । तर यस देशका शासकहरुले शान्तिपूर्ण आन्दोलन, कलमले हामीलाई अधिकार लेख्ने चाहनालाई कमजोर ठान्छन् भने हतियार उठाएर हाम्रो अधिकारसहितको संविधान ल्याउन तयार छौं ।

आदिबासी जनजाति अगुवा नेता आङकाजी शेर्पाले हजारौ बर्षको इतिहास बोकेका थारु समुदायलाई उपेक्षा गरेर थरुहट बिनाको संबिधान आए एक मिनेटभित्र जलाई धर्ति टेक्न नदिने चेतावनी दिए । 

हक, अधिकार, पहिचान र अस्तित्वको जायज माग राखी तराईका बाईस जिल्ला लगायत कैलालीमा गरिएको शान्तिपूर्ण आन्दोलन दमन गर्ने, थारु आन्दोलन दबाउने, प्रहरी प्रशासन दमन गर्ने, सेना परिचालन गरी आन्दोलन भड्काउने र उल्टै एमाले अध्यक्ष केपी ओलीले थारु आतङ्ककारी हुन्, देशद्रोही हुन्, तिनीहरु देश टुक्राउने हुन्, तिनीहरु दक्षिण भारतबाट आएका हुन् भनी दिएको अभिब्यक्तिलाई शेर्पाले खन्डन गरे । उनले यदि पहिचान सहितको थरुहट हुन्न भने एक महिनाभित्र थारुले थरुहट, मगरले मगरात, लिम्बुले लिम्बुवान कब्जा गर्ने छ । अनि लाखौको संख्यामा मार्चपास गर्दै सिंहदरबार प्रर्बेश गर्ने र सिंहदरबार पनि कब्जा गरेर पहिचान सहितको संघीय संबिधान घोषणा गर्ने बताए ।

कार्यक्रममा थाकस केन्द्रीय सदस्य ईनरप्रसाद महतोले थरुहट प्रदेश घोषणा गराउनका लागि आन्दोलनलाई थप सशक्त बनाइने उल्लेख गर्दै चितवनदेखि कञ्चनपुरसम्म थरुहट प्रदेश कायम गरिनु पर्ने बताए । उनले सामन्तबादी राज्यले कहिल्यै पनि उत्पीडनमा परेका समुदायलाई माथि उठ्न नदिने बताउदै पछाडि पारिएका समुदायले आफ्नो अग्राधिकार, विशेषाधिकार र स्वायत्त अधिकार खोसेरै लिनुपर्ने बताए ।

नकारात्मक हल्ला फिजाइएको आरोप

त्यसैगरी थरुहट तराई पार्टी नेपालका सभासद गंगा थारु सत्गौवाले आदिबासी जनजाति थरुहटका लागि आवाज उठाउदा,  शासक बर्गले हाम्रो अधिकार सुनेनन् । त्यसैले हामी आज सडक र सदनमा शान्तिपूर्ण आन्दोलनमा होमिनु परेको बताईन् । शान्तिपूर्ण आन्दोलनमा सरकारले प्रहरी प्रशासन, सेना परिचालन गरी दमन गरेको, थारुहरुलाई मात्र संकट र दङ्गा क्षेत्र घोषणा गरी प्रशासनकै आडमा अखण्ड पक्षधरहरुसंग मिलि थारुहरुको घर खोजी खोजी जलाएको आरोप लगाईन् । उनले नेता शेरबहादुर देउवाले कैलाली कञ्चनपुरका थारुलाई एउटा रौं पनि नदिने अभिव्यक्तिको विरोध गर्दै आफूहरु कैलाली कञ्चनपुरको एक इन्च जमिन पनि नछोड्ने चेतावनी दिइन् ।

मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) का सभासद योगेन्द्र थारुले  आफूहरु थरुहट माग्दा विभिन्न भ्रम फिजाइएको बताउँदै थारुहरुले पहिचान माग्दा जातीय राज्य मागेको नकारात्मक हल्ला फिजाइएको आरोप लगाउनु भयो ।

मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) का सभासद योगेन्द्र थारुले संविधानको नाममा थारुको घाँटी रेट्ने दुष्प्रयास भएकोले आफ्नो पहिचानको लागि रगतको खोला बगाउन समेत तयार रहेको बताए । उनले हजारौ वर्ष अगाडिदेखि बसोबास गरेको ईतिहासलाई मेटाउन खोज्नेहरुको भविष्य आफूहरु पनि ग्यारेन्टी हुन नदिने आक्रोश पोखे । आफूहरु थरुहट माग्दा विभिन्न भ्रम फिजाइएको बताउँदै थारुहरुले पहिचान माग्दा जातीय राज्य मागेको नकारात्मक हल्ला फिजाइएको आरोप लगाउनु भयो ।

थाकस तथा थरुहट÷थारुवान आन्दोलन संयुक्त संघर्ष समिति नवलपरासीका अध्यक्ष गणेशमान महताको सभापतित्वमा भएको कार्यक्रममा आदिबासी जनजाति युवा महासंघ नवलपरासीका अध्यक्ष राजकुमार महतो थारुले बृहत बिरोध सभामा स्वागत मन्तब्य दिएका थिए । बृहत बिरोध सभामा नवलपरासी जिल्लाको गैडाकोट, भेडाबारी, मालपुर, मटकुरी, मुकुन्दपुर, हर्कपुर, बेल्डीहा, सोह्र नम्बर, रजहर, देबचुली नगरपालिका, कावासोती नगरपालिका, कुमारबर्ती, कोलुवा, नारायणी, प्रसौनी, तम्सरीया, चोरमारा, अरुणखोला, दुम्कीबास, सर्दी, परासी तथ चितवनबाट समेत हजारौकोे सहभागिता रहेको थियो ।

प्रतिक्रिया