टीकापुरमा १७ घरमा तोडफोड र आगजनी, त्रास कायमै

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस९ भदौ २०७२, बुधवार
टीकापुरमा १७ घरमा तोडफोड र आगजनी, त्रास कायमै


काठमाडौ

भदौ ८ गते प्रहरी प्रशासनले कफुर्युको बीचमा पनि आगजनी नरोकेपछि टीकापुरमा १७ घरमा तोडफोड र आगजनी भएको समाचार छ । सभासद जनकराज चौधरीको घरमा पनि आगजनी भएपछि तथा औषधी उपचार गराउन आएका थारु समुदायका व्यक्तिलाई पनि गिरफ्तार गरिएपछि त्रास कायमै छ ।

प्रहरीका अनुसार १० जना गिरफ्तार

प्रहरीका अनुसार टीकापुरमा एसएसपी सहितको सात सुरक्षाकर्मीको हत्यामा संलग्न भएको  आरोपमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका क्षेत्रीय अध्यक्षसहित १० जना गिरफ्तार गरिएका छन् । फोरम लोकतान्त्रिकका कैलाली ३ नं क्षेत्रीय अध्यक्ष ४४ वर्षका रामप्रसाद चौधरी, जोशीपुर–४ का ३५ बर्षीय सुन्दरलाल चौधरी, ५५ बर्षीय खड्कबहादुर चौधरी, दरख–६ नारायणपुरका १७ बर्षीय रामजनम चौधरी, मनुवा–१ का २० बर्षीय रामकुमार कठरिया, २७ बर्षीय सुन्दरलाल कठरिया, २० बर्षीय दिलबहादुर चौधरी, २४ बर्षीय राजकुमार कठरिया, मनुवा–४ का २२ बर्षीय हरिनारायण चौधरी तथा भजनी–५ का ४१ बर्षीय प्रेमबहादुर चौधरी पक्राउ गरिएको नेपाल प्रहरीेले जनाएको छ । पक्राउ गरिएको एकदिन पछि तिनीहरुको नाम सार्वजनिक गरिएको हो ।

प्रहरीको गस्ती टोलीले टीकापुर नगरपालिका आसपासको दुर्गौली, मुनुवा, जोशीपुर, धनसिंहपुर, प्रतापुर, पथरैया, बौनियालगायत गाविसस्थित थारू वस्तीमा गस्ती बढाएको हो । स्थानीयबासीहरुका अनुसार प्रहरीको गस्ती टोलीले थारू युवहरुलाई अनुसन्धानको नाममा धमाधम पक्राउ गर्न थालेपछि त्रासमय अवस्था रहेको जोशीपुरका एक स्थानीयले बताए । 

गिरफ्तार हुने अरु पनि

स्थानीयबासीहरुका अनुसार भदौ ९ गते जोशीपुर–मुद्धिके झपतनारायण कुश्मी तथा फत्ते कुश्मी पनि गिरफ्तार भएका छन् । तर तिनीहरुको नाम सार्वजनिक गरिएको छैन । रामजनम चौधरी, खडकबहादुर चौधरी तथा सुन्दरलाल चौधरीलाई आवश्यक सोधपुछ पछि खोजी गरेको बेला हाजिर हुने गरी आफन्तको जिम्मा लगाएर छाडिएको जिप्रका कैलालीले जनाएको छ । गिरफ्तार गरिउकालाई यातना दिने काम भएको थरुहट संयुक्त संघर्ष समितिले जनाएको छ ।

सुरक्षा चेकजाँच कडा

टीकापुरमा भदौ ७ को घटनापछि थारू बस्तीमा प्रशासनको सुरक्षा चेकजाँचमा कडाई गरिएको छ । घटनामा संलग्न रहेको आशंकामा प्रहरीको गस्ती टोलीले टीकापुर नगरपालिका आसपासको दुर्गौली, मुनुवा, जोशीपुर, धनसिंहपुर, प्रतापुर, पथरैया, बौनियालगायत गाविसस्थित थारू वस्तीमा गस्ती बढाएको हो । स्थानीयबासीहरुका अनुसार प्रहरीको गस्ती टोलीले थारू युवहरुलाई अनुसन्धानको नाममा धमाधम पक्राउ गर्न थालेपछि त्रासमय अवस्था रहेको जोशीपुरका एक स्थानीयले बताए । त्रासले हाल थारू युवाहरु गाउँ छोड्न बाध्य छन् । टीकापुरका एक मानवअधिकारकर्मीले भने– केन्द्रमा के भइरहेको छ भनेर समाचार सुन्न कैलालीबासी थारु तथा कैलालीमा  के भइरहेको छ, सुन्न पुरै देशका थारुहरु आतुर छन् । तर बीरबलको खिचडीझैं समाचार गुमनाम छ । थारुहरुले आतंक मचाएको एकतर्फी समाचार आइरहेको छ ।

 

 

 

प्रतिक्रिया