जनजातिको माग सम्बोधन नभए संविधान मान्य नहुने चेतावनी

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस९ भदौ २०७२, बुधवार
जनजातिको माग सम्बोधन नभए संविधान मान्य नहुने चेतावनी


काठमाडौ
नयाँ संविधानमा आदिवासी जनजातिहरुको अधिकार सुनिश्चित गराउन दवाब दिने उद्देश्यसहित आदिवासी जनजाति वृहत संयुक्त मोर्चाले भदौ ९ गते नयाँ बानेश्वरमा मार्चपास तथा खबरदारी सभा आयोजना गरेको छ ।

नयाँ संविधानमा आदिवासी जनजातिहरुको अधिकार नलेखिएको भन्दै बिभिन्न ठूला ८ आदिवासी जनजाति समुदायले खबरदारी सभाको आयोजना गरेका हुन् । शान्ति वाटिकाबाट सुरु भएको मार्चपास नयाँ बानेश्वरमा पुगेर सभामा परिणत भएको थियो । आदिवासी जनजातिहरुले धर्मनिरपेक्षता कायम हुनुपर्ने, पहिचान सहितको संघीयता घोषणा हुनु पर्ने, मातृभाषामा शिक्षा सुनिश्चित हुनुपर्ने जस्ता बिभिन्न नाराहरु लगाएका थिए ।

सभामा नेपाल आदिवासी जनजाति माहासंघका अध्यक्ष नगेन्द कुमाल, नेपाल शेर्पा संघका अध्यक्ष एडी शेर्पा, ताम्सालिङ संयुक्त संघर्ष समितिका अध्यक्ष जयप्रसाद गोले लगायतले सम्बोधन गर्दै नयाँ संविधानमा आदिवासी जनजातिको माग सम्बोधन नभए संविधान मान्य नहुने चेतावनी दिएका थिए ।



 

प्रतिक्रिया