निर्णायक आन्दोलनको उद्घोष गर्दै जनजातिको अकुपाई बानेश्वर सम्पन्न

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२४ पुष २०७१, बिहिवार
निर्णायक आन्दोलनको उद्घोष गर्दै जनजातिको अकुपाई बानेश्वर सम्पन्न

पुष २४, काठमण्डौं

अँदिवासी जनजातिहरुको अधिकार सुनिश्चित नभए देश नै ठप्प पार्ने खालको निर्णयक आन्दोलन गर्ने उद्घोष गर्दै आदिवासी जनजातिहरुको तिनदिने अकुपाई बानेश्वर कार्यक्रम सम्पन्न भएको छ । अब बन्ने नया“ संंविधानमा जातीय, भाषिक, ऐतिहासिक, सांस्कृतिक, लगायतका अधिकारलाई सुनिश्चित गर्न माग गर्दै आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालको अगुवाइमा भएको अकुपाई बानेश्वर बिहीबार सम्पन्न भएको हो । आन्दोलन नेपालले अकुपाई आन्दोलनको संकेतिक रुप मात्रै भएको बताएको छ । अबको आन्दोलन वसन्तपुरमा बृहत आमसभालगायतका गरि माघ ६ गतेदेखि संविधानसभा घेराउ र आवश्यक परे देश नै ठप्प पार्ने जनाएको छ ।

नेवा मंक संर्घष्ँ समितीको अगुवाईमा भएको बिहीबारको धर्नालाई सम्बोधन गर्दै आदिवासी जनजाति महासंघका संस्थापक महासचिव शुरेश आले मगरले उत्पिडित आदिवासीको अधिकारको लागि वषौं सम्म लडन् पनि तयार रहेको बताउनु भयो । सदियौं देखि एकलजातिय रुपमा रहेको राज्य बाहुजातिय बनाउ भन्दा जातिय बिखण्डनको आरोप लगाउनुके कुनै तुक नभएको उहाको भनाई थियो । देश टुक्राउन खोजेको आरोपको खण्डन गर्दै आलेमगरले अधिकार नलिए मात्रै देश टुक्रने चेतावनी दिनुभयो । धर्नालाई सम्बोधन गर्दै आदिवासी नेता परशुराम तामाङले संविधानसभाका ठुला दलले जनजातिको आनदोलनलाई नजरअन्दाज नर्गन भन्नु भयो । ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेले ल्याएको ७ प्रदेशको प्रस्ताव प्रकृयामा लगरेर पारित गर्ने बल गरेमा त्यसको विरुद्ध देश ठप्प हुने चेतावनी दिनुभयो । उहाले आदिवासी जनजातिहरुले अब चुप लागेर नबस्ने उद्घोष गर्दै देश न ठप्प पर्नेगरि आन्दोलनमा सहभागि हुन सबैलाई आग्रह गर्नुभयो ।

‘अकुपाई बानेश्वर’को जनमासलाई सम्बोधन गर्दै जनजाति अगुवा मल्ल के सुन्दरले जनजाति अन्दोलन जातीय, भाषिक, सांस्कृतिक, धार्मिक, ऐतिहासिक र भैगोलिक अधिकारका लागि भएको बताउनु भयो । उहाले बहुसंख्यक आदिवासी जनजातिमाथी एकल जातीय, एकल भाषिक, एकल धर्म र एकल पहिचानलाई लादिरहेको स्मरण गराउ“दै अब त्यो संभव नहुनेमा जोड दिनुभयो । ‘अकुपाई बानेश्वर’ अभियानमा नेवा, थरुहट, किरात, मगरात, शेर्पा, ताम्सालिङलगायतका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । 

प्रतिक्रिया