टीकापुरमा सभासद लगायत थारु नेताहरुको घरमा आगजनी

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस८ भदौ २०७२, मङ्गलवार
टीकापुरमा सभासद लगायत थारु नेताहरुको घरमा आगजनी


काठमाडौ

भदौ ७ गते कैलालीको टीकापुरमा थरुहट आन्दोलनकारी प्रहरी बीचको झडपमा ७ सुरक्षाकर्मी र एक बालकको ज्यान गएपछि आज भदौ ८ गते स्थिति झन असमान्य भएको समाचार छ ।
एक प्रत्यक्षदर्शीका अनुसार टीकापुर क्षेत्र अन्तर्गतकै पर्ने कैलाली १ का फोरम लोकतान्त्रिकका सभासद जनकराज चौधरीको घरमा अखण्ड पक्षधरबाट आगजनी भएको छ । फोरम लोकतान्त्रिकका जिल्ला नेता प्रदीप चौधरी तथा संचारकर्मी रेशम चौधरीको टीकापुरस्थित फूलबारी रेष्टुरेण्टमा पनि आगजनी भएको छ । त्यस्तै, थारु मालिक रहेको निरु ट्रेडर्समा पनि आगजनी भएको छ । एक दर्जन बढी थारु ब्यापारीको पसलमा तोडफोड भएको छ ।

टीकापुरमा कफ्र्यु जारी गरिए पनि अखण्ड पक्षधरबाट गरिएको आगजनी रोक्न प्रहरीले ध्यान दिएको छैन । थरुहट आन्दोलनकारीकर्मीहरुको आक्रोश सरकारपक्षसंग भए पनि अखण्ड पक्षधरले थारु नेता, ब्यापारीहरुको घरमा छानी छानी आक्रमण गर्न थालेपछि स्थिति भयावह भएको छ ।

थरुहट÷थारुवान संयुक्त संघर्ष समिति, कैलाली संयोजक, लाहुराम चौधरी तथा राना थारु संयुक्त संघर्ष समिति, कैलाली–कञ्चनपुर संयोजक, मालामती राना थारुको विज्ञप्तीको लागि हेर्नुहोस्

प्रतिक्रिया