टीकापुरको आन्दोलनमा ८ को मृत्यु, थरुहट आन्दोलन नरोकिने

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस७ भदौ २०७२, सोमवार
टीकापुरको आन्दोलनमा ८ को मृत्यु, थरुहट आन्दोलन नरोकिने


काठमाडौ

टीकापुरमा थरुहट आन्दोलनकारी र प्रहरीको दोहोरो भिडन्तमा भएको घटनामा ७ जना प्रहरी र एक प्रहरीको दुई बर्षे छोरा गरी ८ जनाको मृत्यु भएको कैलालीका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले बताएका छन् । जसमा एसएसपी लक्ष्मण न्यौपाने, इन्सपेक्टरहरु केशव बोहरा र बलराम बिष्ट, शसस्त्र प्रहरी हवल्दार रामविहारी थारु, लक्ष्मण खड्का ललित साउद, प्रहरी जवान लोकेन्द्र चन्दको मृत्यु पुष्टि भएको छ । घटनामा ४२ प्रहरी घाइते छन् । आन्दोलनकारीतर्फ एक जनाको मृत्यु भएको बताइएको छ, तर त्यसको पुष्टि भएको छैन । ३ जना आन्दोलनकारी सख्त घाइते भएका छन् । आन्दोलनकारीहरुले प्रहरीलाई जलाएर मारेको अतिरिन्जित समाचार आए पनि त्यसको पुष्टि भएको छैन ।
घटना विवरण अनुसार थरुहट÷थारुवान संयुक्त संघर्ष समितिको कार्यक्रमअनुसार भदौ ७ गते टीकापुर नगरपालिकाको विभिन्न सरकारी कार्यलयको साइनबोर्डमा ‘थरुहट÷थारुवान स्वायत्त प्रदेश’ लेख्ने कार्यक्रम थियो । टीकापुरका विभिन्न क्षेत्रबाट टीकापुरमा भेला भइ सो कार्यक्रम गर्ने तय भएको थियो । प्रशासनले निषेधित क्षेत्र घोषणा गरे पनि प्रदर्शनकारीहरुले नगरपालिकामा थरुहट स्वायत्त प्रदेश लेखि छाड्ने जनाएका थिए ।

प्रशासनले निषेधित क्षेत्र घोषणा गरे पनि प्रदर्शनकारीहरुले नगरपालिकामा थरुहट स्वायत्त प्रदेश लेखि छाड्ने जनाएका थिए ।

अन्धाधुन्ध गोली चलाइयो

टीकापुरका स्थानीय चौधरी थरका ब्यापारी नाम उल्लेख नगर्ने शर्तमा भन्छन्– आन्दोलनकारीहरु टीकापुर क्षेत्रको चारैतिरबाट जम्मा हुने योजना बनाएका थिए । सोही क्रममा उनीहरु दशौ हजार संख्यामा आएका थिए । टीकापुरको मुनुवा रोड  आउँदा करिब ११ः४५ तिर प्रदर्शनकारीहरु निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि एक्कासी प्रहरी र प्रदर्शनकारीबीच ठेलमठेल भयो । प्रहरीले टियर ग्यास र हवाइ फायरिङ ग¥यो । चारैतिरबाट प्रदर्शनकारी आएपछि प्रहरीहरु बीचमा घेरियो । भाग्ने ठाउँ भएन । प्रदर्शनकारी प्रहरीमाथि जाइलागे । थोरै संख्यामा रहेको प्रहरीहरु हजारौको भीडमा हराए । एक्कासी स्थिति भयाबह बन्यो । पहिले संयमता अपनाएको प्रहरीले पछि गोली पनि अन्धाधुन्ध चलाउन थालेको थियो । र, दुःखद घटना हुन पुग्यो ।

भयावह रुप लिन सक्ने

टीकापुरमा भएको घटनालाई थारु नेताहरुले दुःखद भएको बताएका छन् । शान्तिपूर्ण आन्दोलन गर्दै आएका कार्यकर्तालाई प्रहरी प्रशासनले दमन गरेपछि घटना घटेको उनीहरुले बताएका छन् । थरुहट÷थारुवान संघर्ष समितिका संयोजक तथा थारु कल्याणकारिणी सभाका अध्यक्ष धनिराम चौधरीले आजको दिन कालो सोमबारको दिनको रुपमा चित्रित हुने बताए । उनले भने–‘हामीले शान्तिपूर्ण आन्दोलन गर्दै आएका थियौं । प्रहरी प्रशासनले दमन गर्न खोजपछि घटना भएको हो । हाम्रो आन्दोलनलाई तुहाउन यसमा घुसपैठ भएको हामीले अनुमान गरेका छौं ।

त्यस्तै थारु सभासद् संघर्ष समितिका संयोजक तथा कैलाली ३ का सभासद् रामजनम चौधरीले घटनालाई प्रहरी दमनको उपजको रुपमा ब्याख्या गरेका छन् । सरकारी कार्यलयमा वालपेन्टिङ गर्न गइरहेका थरुहट कार्यकर्ताहरुलाई प्रहरीले दमन गरेपछि घटना घटेको उनले बताए । ‘प्रहरीले अन्धाधुन्द फायरिङ गरेपछि आक्रोसित भीडबाट त्यस्तो घटना घट्न पुग्यो । जुन दुःखद हो । यस्तो नहुनुपर्ने थियो,’ उनले भने ।

 कैलालीका एक मानवअधिकारकर्मी कैलालीको दुर्गौलीमा प्रहरी प्रशासनले दमन गरेपछि घटना भएको बताए । उनले भने– घटना भएको साँझ टीकापुर वरपरको गाउँमा प्रहरी प्रशासनले धरपकड शुरु गरेको छ । प्रहरी दमन नरोकिए त्यो भन्दा भयावाह घटना हुन सक्छ ।  ती मानवअधिकारकर्मीले प्रहरी दमनले घटना साम्य पार्ने कोशिश गर्नुभन्दा थारुहरुको माग सम्बोधन गरिनुपर्ने बताए ।

  कैलालीका एक मानवअधिकारकर्मीले कैलालीको दुर्गौलीमा प्रहरी प्रशासनले दमन गरेपछि घटना भएको बताए । उनले भने– घटना भएको साँझ टीकापुर वरपरको गाउँमा प्रहरी प्रशासनले धरपकड शुरु गरेको छ । प्रहरी दमन नरोकिए त्यो भन्दा भयावाह घटना हुन सक्छ ।  ती मानवअधिकारकर्मीले प्रहरी दमनले घटना साम्य पार्ने कोशिश गर्नुभन्दा थारुहरुको माग सम्बोधन गरिनुपर्ने बताए । उनले भने– भीम रावल, शेरबहादुर देउवा, रमेश लेखक जस्ता सीमित नेताहरुको उक्साहटमा कैलाली, कञ्चनपुरलाई अखण्डमा गाभिएको छ । जो त्यहाँका आदिवासी थारुहरुले कुनै पनि हालतमा स्वीकार्नेवाला छैनन् । तीन दलका नेताले यो वास्तविकतालाई बुझ नपचाऊन् ।

आन्दोलन नरोकिने

थरुहट÷थारुवान संघर्ष समितिका संयोजक तथा थारु कल्याणकारिणी सभाका अध्यक्ष धनिराम चौधरीले थरुहट प्रदेशको चाहना आफूहरुको माग पूरा नहुँदासम्म आन्दोलन नरोकिने बताएका छन् । उनले भने– हामीले केन्द्रबाट थरुहट तराईका जिल्ला आन्दोलन संयोजकहरुलाई शान्तिपूर्ण आन्दोलनको लागि खबर पठाइसकेका छौं । तीन ठूला दलका गलत रवैयाका कारण कैलालीमा जातीय सद्भावमा खलल पुग्ने अवस्था आएकोले समयमा थारुहरुको मागको सम्बोधन गर्नुको विकल्प छैन।

प्रतिक्रिया