थरुहट आन्दोलनकारीमाथि प्रहरी दमन

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस६ भदौ २०७२, आइतवार

काठमाडौ

   सात प्रदेशको खाका जलाउने र थरुहट÷थारुवान स्वायत्त प्रदेश लेखिएको साईनबोर्ड झुण्डयाउने क्रममा बर्दियाको गुलरीया, नेपालगंज, चितवनको नारायणगढ, सुनसरीको दुहबीमा प्रहरी प्रशासनले भदौ ६ गते निर्ममतापूर्वक दमन गरेको छ ।

   प्रहरी प्रशासनले अन्धाधुन्ध लाठी चार्ज गर्दा बर्दियाको गुलरीयामा रामचन्द्र थारु, शिवलाल चौधरी, मानबहादुर चौधरी, राजु गोरिया गम्भिर घाइते भई अस्पतालमा उपचारार्थ भर्ना भएका छन् । त्यसैगरी सोही घट्नामा चार दर्जनभन्दा बढी थरुहट÷थारुवान आन्दोलनकर्मीहरु घाईते भएका छन् । थरुहट÷थारुवान संयुक्त संघर्ष समितिका संयोजक  एवम् थारु कल्याणकारिणी सभा अध्यक्ष धनिराम चौधरीद्वारा जारी गरिएको विज्ञप्तीमा गृह प्रशासनको दमनप्रति घोर भत्र्सना गरिएको छ । शान्तिपूर्ण संघर्षको कार्यक्रममा होमिएका आन्दोलनकर्मीहरुलाई  प्रहरी प्रशासनले उत्तेजित एवम् आक्रोशित बनाउने कार्य बारम्बार गरिरहेको छ । यस किसिमको हर्कत गृह प्रशासनले अविलम्ब रोकोस् र घाईतेहरुको स्वास्थ्य उपचारको निःशुल्क व्यवस्था मिलाओस् विज्ञप्तीमा भनिएको छ ।

आदिवासी थारु, जनजाति, मधेसी, मुस्लिम, दलित, महिला, अल्पसंख्यक जाति समुदाय लगायत सबै जाति वर्ग, लिंग, क्षेत्रको मुद्दा तथा सवालहरुलाई सम्बोधन गर्न नसकेकोकोले शीर्ष तीन नेताहरुले ल्याएको सात प्रदेशको खाकालाई अस्वीकार गर्दै थरुहट÷थारुवान तराईको सबै जिल्लाहरु लगायत काठमाण्डौ उपत्यकामा सात प्रदेशको खाका जलाएको बताइएको छ ।

    सदियौंदेखि उत्पीडनमा पारिएका आदिवासी थारु, जनजाति, मधेसी, मुस्लिम, दलित, महिला, अल्पसंख्यक जाति समुदाय लगायत सबै जाति वर्ग, लिंग, क्षेत्रको मुद्दा तथा सवालहरुलाई सम्बोधन गर्न नसकेकोकोले शीर्ष तीन नेताहरुले ल्याएको सात प्रदेशको खाकालाई अस्वीकार गर्दै थरुहट÷थारुवान तराईको सबै जिल्लाहरु लगायत काठमाण्डौ उपत्यकामा सात प्रदेशको खाका जलाएको बताइएको छ ।

   बैठक वहिष्कार

    सात प्रदेशको खाकामा असहमति जनाउँदै थरुहट तराई पार्टी नेपाल, संघीय लोकतान्त्रिक (थरुहट), फोरम लोकतान्त्रिक तथा अन्य मधेशी दलका सभासदले भदौ ६ को संसद बैठक बहिष्कार गरेका छन् । उता सद्भावनाका ६ सभासदमध्ये चार सभासदले सभामुख सुवास नेम्वाङसमक्ष राजीनामा बुझाएका छन् । थरुहट÷थारुवान संयुक्त संघर्ष समितिले भदौ १६ सम्म तराई बन्दको घोषणा गरेको छ ।

 

   

 

 

 

 

 

प्रतिक्रिया