आदिवासी जनजाति महासंघ आन्दोलित हुँदै

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२९ साउन २०७२, शुक्रवार


काठमाडौ

पहिचानसहितको संघीयता, धर्म निरपेक्षता, समानुपातिक र समावेशिता लगायतका आदिवासी जनजातिको मुद्दालाई स्थापित गराउन नेपाल आदिवासी जनजाति महासंघले चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गर्दैछ । संविधान निर्माण अन्तिम चरणमा पुगेकोमा विभिन्न जनजातिहरु यतिबेला प्रमुख राजनीतिक दलहरुले गरेको सहमति आदिवासी जनजातिको अनुकुल नभएको भन्दै आन्दोलनमा छन् । उनीहरुलाई साथ दिन पनि महासंघले आन्दोलनको कार्यक्रम तय गर्न थालेको हो ।

साउन २९ गते शुक्रबार तमू बौद्ध सेवा समिति अनामनगरमा दिनको १ बजे पत्रकार सम्मेलन गरी आन्दोलनको कार्यक्रम सार्वजनिक गरिने  बताइएको छ । 

प्रतिक्रिया