जलवायु न्याय र जलवायु उत्थानशीलता निर्माणका लागि स्थानीय तहका अनुभव र राष्ट्रिय नीति र अन्तराष्ट्रिय जलवायु कूटनीतिलाई एउटै मञ्चमा जोड्ने उदेश्यसहित काठमाण्डौं जलवायु सप्ताह आयोजना हुने एक पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिएको हो ।
तीन दिनसम्म चल्ले संवाद सत्रमार्फत राष्ट्रिय जलवायु प्रथामिकता र संयुक्त राष्टसंघीय माहासभादेखि कोप ३१ सम्म नेपालको अन्तराष्टिय जलवायु कुटनीतिलाई कसरी प्रभाव पार्न सक्छ भन्ने विषयमा छलफल हुुने छ ।
पहिलो दिन असोज १६ गते राष्टिय उद्घाटन तथा पछिल्ल जलवायु विपदमा ज्यान गुमाएकाहरुको स्मरणबाट सुरुहुने छ । त्यसपछि उच्चस्तरीय संवाद तथा छलफलहरु संञ्चालन हुनेछन् ।
यसैगरी असोज १७ गते जलवायु न्याय, हानी तथा नोक्सानी, दिगोपन तथा जलवायु कार्य, जलवायु पर्वितनमा प्रविधि, जलवायु न्यायका लागि निजी क्षेत्र लगाएतका मुख्य पाँच विषयमा छलफल हुने छ ।
राष्ट्रिय नीति र स्थानीय कार्यान्वयनबीचको सम्बन्धलाई सुदृढ गर्नु, समुदाय तथा अग्रपंक्तिका अनुभवलाई राष्टिय तथा अन्तराष्टिय प्राथमिकतामा समेट्नु र जलवायु वित्त, नवप्रर्वतन तथा स्थानीय नेतृत्वमा हुने अनुकुलनका क्षेत्रमा नयाँ साझेदारी निर्माण गर्नु यो कार्यक्रमको उद्धेश्य रहेको आयोजकले जानकारी दिएको छ ।
असोज १७ गते जलवायु न्याय, हानी तथा नोक्सानी, दिगोपन तथा जलवायु कार्य, जलवायु पर्वितनमा प्रविधि, जलवायु न्यायका लागि निजी क्षेत्र लगाएतका मुख्य पाँच विषयमा छलफल हुने छ ।
आयोजक मध्येका एक अधिवक्ता अर्नव चौधरीका अनुसार नेपालसँग जलवायु उत्थानशीलता निर्माणका लागि महत्वपूर्ण सम्भावना र स्थानीय ज्ञान रहेकोले स्वच्छ उर्जाको सम्भावना, समुदायमा आधारित प्राकृतिक स्रोत ब्यबस्थापन, दिगो कृषि , स्थानीय नवप्रवर्तन तथा सक्रिय युवा र नागरिक समाज जलवायु संकट सामना गर्ने महत्वपूर्ण आधार भएको बताउनु भयो ।
उहाँले काठमाण्डौं कलाईमेट विकले यिनै संभावनालाई व्यवहारिक कार्यमा रुपान्तरण गर्ने तथा जलवायु वित्तमा देखिएका अवरोध, तथ्याङ्क तथा अनुसन्धानको अभाव र जलवायु जोखिममा रहेका समुदायसम्म प्रयाप्त स्रोत तथा सहयोग पुग्न नसक्ने संरचनात्मक चुनौंती माथि बहस गर्ने जानकारी दिनु भयो । र्
जलवायु उत्थानशीलता निर्माणका लागि जलवायु न्याय .स्थानीय पहलदेखि विश्वव्यापी जलवायु कूटनीतिसम्म“ भन्ने मूल नारासहित आयोजना हुने काठमाडौं कलाइमेट विक २०२६ को उद्घाट्न परपरराष्ट्रिमन्त्री शिशिर खनालले गर्नुहुने छ ।
कार्यक्रममा नीति निर्माता, सांसद, राजनीतिक दलका प्रतिनिधि, जलवायु विज्ञ तथा अभियान्ता, स्थानीय तथा आदिवासी समुदाय, सिमान्तकृत तथा जलवायु प्भावित समुदाय, युवा, अनुसन्धानकर्ता, नागरिक समाज, निजी क्षेत्र, वित्तीय संस्था, सञ्चारकर्मी, तथा विकास साझेदारहरुको सहभागिता रहने छ । कार्यक्रमको समापन पछि ५ अक्टोवरमा सार्वजनिक फिल्म प्रदर्शन आयोजना हुने आयोजकले बताएको छ









