समाजवादी फोरमको आदिवासी जनजाति महासंघमा तामाङ

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२६ साउन २०७२, मङ्गलवार

काठमाडौं । सङ्घीय समाजवादी फोरम नेपालसम्बद्ध सङ्घीय समाजवादी आदिवासी जनजाति महासंघमा धनप्रसाद तामाङ अध्यक्ष चयन भएका छन् । पार्टी केन्द्रीय कार्यालय महाराजगञ्जमा साउन २३ गते गठन भएको महासंघसंगै संघीय समाजवादी शिल्पी महासंघ र मुस्लिम फोरम नेपालको केन्द्रीय तदर्थ समिति पनि गठन भएको छ । जसको अध्यक्षमा क्रमशः रामबहादुर नेपाली र मुस्लिम फोरममा मौलान नुरुल होदा चयन भएका छन् ।

१९ सदस्यीय संघीय समाजवादी आदिवासी जनजाति महासंघमा उपाध्यक्षहरुः देवीराज तमु, विनोद चौधरी र हिमाल पुन, महासचिवः शाक्य सुरेन, उपमहासचिवः कृष्ण घलान, सचिवहरुः वाङ्चु शेर्पा र नानु थामी, कोषाध्यक्षः फुरमती धेगा मगर, सदस्यहरुः गोबिन्द छन्त्याल र आइस्त लाबुङ र पदेन सदस्यहरुः मनरत्न शाक्य, सुरेन्द्र सुहाङ, जय गोले तामाङ, थामाङसिं याम्पूm राई, किशोर शेर्पा, जितमान गुरुङ, प्रदिप याक्खा र चिरञ्जिवी थारु रहेका छन् ।

त्यसैगरी थामाङसिं याम्पूm राईको अध्यक्षतामा ३५ सदस्यीय संघीय समाजवादी किरात राई संघ, मनरत्न शाक्यको अध्यक्षतामा ४३ सदस्यीय नेवा संघ, वाङ्चु शेर्पाको अध्यक्षतामा २१ सदस्यीय शेर्पा संघ, राजेश पुन मगरको अध्यक्षतामा १९ सदस्यीय मगर संघ, जितमान गुरुङको अध्यक्षतामा २१ सदस्यीय तमु संघ, धनबहादुर देवानको अध्यक्षतामा २३ सदस्यीय याक्खा संघ, जय गोले तामाङको अध्यक्षतामा ३५ सदस्यीय तामाङ संघ, सुरेन्द्र सुहाङको अध्यक्षतामा २९ सदस्यीय लिम्बु संघ, चिरञ्जिवी थारुको अध्यक्षतामा ११ सदस्यीय थारु संघ र टहल थामीको अध्यक्षतामा ५ सदस्यीय थामी संघको पदाधिकारी तथा सदस्यहरु समेत घोषणा गरिएको थियो । पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा ती संघ घोषणा गरिएका हुन् । 

प्रतिक्रिया