किरात राई पत्रकार संघको छैटौं राष्ट्रिय महाधिवेशनबाट अवतार राई पुनः अध्यक्षमा निर्वाचित हुनु भएको छ ।भोजपुरको पर्यटकीय नगरी टेम्केमैयुङ गाउँपालिका(२ स्थित छिनामखुको गोठेसिंह होमस्टेमा सम्पन्न महाधिवेशनले राईको नेतृत्वमा १२ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो। संघको विधानमा १७ सदस्यीय कार्यसमिति रहने व्यवस्था भएकाले बाँकी ५ सदस्य पछि मनोनीत गरिनेछ।
अधिवेशनले संघको वरिष्ठ उपाध्यक्षमा रिता राराहाङ राई, उपाध्यक्षहरूमा विशाल राई र बुद्धि चाम्लिङ राईलाई निर्वाचित गरेको छ। त्यसैगरी महासचिवमा नुनुता राई तथा सचिवहरूमा राजकुमार राई, विवेक राई र दिलबहादुर राई निर्वाचित भएका छन्। यस्तै कोषाध्यक्षको जिम्मेवारी धनबल राईले पाएका छन् भने कार्यसमिति सदस्यहरूमा बबिता राई, प्रदीपचन्द्र राई र तेज किराती निर्वाचित भएका छन्।
भाषाको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्याएबापत पत्रकार डिक बान्तावा राई २५ हजार रुपैयाँ नगदसहित ‘सुप्तुलुङ पत्रकारिता सम्मान’ बाट सम्मानित भएका छन्।
महाधिवेशनको अवसरमा संघका लागि संस्थाअङ्कित विशेष टी(सर्ट प्रशान यलुङ राईले प्रायोजन गर्नू भएको थियो।
स्थापनाकालदेखि नै किरात राई पत्रकार संघले देशभरका किरात राई पत्रकारहरूलाई संगठित गर्दै उनीहरूको क्षमता अभिवृद्धि र व्यावसायिक सशक्तीकरणमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। साथै, संघले समग्र गैरराई तथा उत्पीडित समुदायका पत्रकारहरूको हक, हित र अधिकारका लागि समेत निरन्तर आवाज उठाउँदै आएको छ।
दुई अग्रज पत्रकार सम्मानित
महाधिवेशनको विशेष समारोहका बीच मातृभाषा र व्यावसायिक पत्रकारितामा लामो समयदेखि योगदान पुर्याउँदै आएका दुई अग्रज पत्रकारलाई सम्मान गरिएको छ।
मातृभाषाको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्याएबापत पत्रकार डिक बान्तावा राई २५ हजार रुपैयाँ नगदसहित ‘सुप्तुलुङ पत्रकारिता सम्मान’ बाट सम्मानित भएका छन्। यस्तै, विगत तीन दशकदेखि निरन्तर पत्रकारितामार्फत समुदाय र राष्ट्रलाई योगदान पुर्याएबापत पत्रकार दिपिन राई १० हजार रुपैयाँ नगदसहित ‘संघर्षशील पत्रकारिता सम्मान’ बाट सम्मानित भएका छन्









