आदिवासी  अपाङ्गता भएका महिला तथा किशोरीहरूको तेस्रो एशिया–प्रशान्त क्षेत्रीय सम्मेलन काठमाडौंमा सुरु

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस८ असोज २०८३, बिहिवार
आदिवासी  अपाङ्गता भएका महिला तथा किशोरीहरूको तेस्रो एशिया–प्रशान्त क्षेत्रीय सम्मेलन काठमाडौंमा सुरु

आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीहरूको अधिकार, नेतृत्व र सहभागितालाई सुदृढ बनाउने उद्देश्यले तेस्रो एशिया–प्रशान्त क्षेत्रीय सम्मेलन काठमाडौंमा सुरु भएको छ। सम्मेलनले जलवायु न्याय, लैङ्गिक समानता र सामाजिक समावेशीकरणसँगै अपाङ्गता भएका आदिवासी महिला तथा किशोरीमाथि हुने विभेद र उत्पीडनविरुद्ध क्षेत्रीय रणनीति निर्माणमा जोड दिएको छ।

राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघ ९निडवान० को आयोजनामा सुरु भएको सम्मेलनमा नेपालसहित एशिया–प्रशान्त क्षेत्रका १५ देशका प्रतिनिधि सहभागी छन्। आयोजकका अनुसार ३३ जना विदेशी प्रतिनिधिसहित करिब ८० जनाको सहभागिता रहेको छ। 
नेपालसहित बंगलादेश, कम्बोडिया, इन्डोनेसिया, भारत, जापान, केन्या, म्यानमार, मलेसिया, मंगोलिया, पाकिस्तान, फिलिपिन्स, सामोआ, थाइल्यान्ड र टिमोर–लेस्टेका प्रतिनिधिहरू सम्मेलनमा सहभागी छन् । 

सम्मेलनमा आदिवासी  अपाङ्गता भएका महिला तथा किशोरीहरूले विभिन्न देशमा भोग्दै आएका विभेद, असमानता र उत्पीडनका अनुभव साझा गर्नेछन्। अन्तर्राष्ट्रिय मानवअधिकार संयन्त्रको कार्यान्वयन तथा विभिन्न मुलुकमा अपाङ्गता भएका आदिवासी महिला तथा किशोरीहरूको अवस्थाबारे समेत छलफल हुनेछ।

सम्मेलनमा  आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीहरूले विभिन्न देशमा भोग्दै आएका विभेद, असमानता र उत्पीडनका अनुभव साझा गर्नेछन्। अन्तर्राष्ट्रिय मानवअधिकार संयन्त्रको कार्यान्वयन तथा विभिन्न मुलुकमा अपाङ्गता भएका आदिवासी महिला तथा किशोरीहरूको अवस्थाबारे समेत छलफल हुनेछ।

‘लाभग्राही होइन, नेतृत्वकर्ताका रूपमा स्थापित गर्नुपर्छ’ निडवानका अध्यक्ष डा। प्रतिमा गुरुङका अनुसार संयुक्त राष्ट्रसंघले हरेक वर्ष ५ सेप्टेम्बरलाई अन्तर्राष्ट्रिय आदिवासी महिला तथा किशोरी दिवसका रूपमा मनाउने आह्वान गरेपछि त्यसैको सन्दर्भमा क्षेत्रीय सम्मेलन आयोजना गरिएको हो।

“अपाङ्गता भएका आदिवासी महिला तथा किशोरीलाई केवल अधिकारका लाभग्राहीका रूपमा होइन, नेतृत्वकर्ताका रूपमा स्थापित गर्न आवश्यक छ,” डा। गुरुङले भनिन्।उनका अनुसार सम्मेलन विभिन्न देशका अनुभव, सिकाइ र असल अभ्यास आदानप्रदान गर्ने तथा स्थानीयदेखि राष्ट्रिय तहसम्म रणनीति निर्माण गर्ने महत्वपूर्ण मञ्चसमेत हो।

जलवायु न्यायदेखि सामाजिक समावेशीकरणसम्म

सम्मेलन मुख्यतः जलवायु न्याय, लैङ्गिक समानता र सामाजिक समावेशीकरणका विषयमा केन्द्रित छ। विभिन्न क्षेत्रका विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्ने तथा विषयगत प्यानल छलफल हुने आयोजकले जनाएको छ।

अपाङ्गता भएका आदिवासी महिला तथा किशोरीहरूले जलवायु परिवर्तन, गरिबी, भेदभाव, सामाजिक बहिष्करण तथा पहुँचको अभावजस्ता बहुआयामिक समस्या भोग्दै आएको भन्दै सम्मेलनले यी मुद्दालाई अधिकारको दृष्टिकोणबाट उठाउनेछ। सन् २०२३ बाट सुरु भएको यो क्षेत्रीय सम्मेलनले विभिन्न देशका अनुभवलाई साझा गर्दै दीर्घकालीन क्षेत्रीय सहकार्य र रणनीति निर्माणमा जोड दिँदै आएको आयोजकको भनाइ छ।

यसपटकको सम्मेलनबाट स्थानीयदेखि राष्ट्रिय तहसम्म रणनीतिक पहल अघि बढाउने, क्षेत्रीय सञ्जाललाई थप सुदृढ बनाउने र अपाङ्गता भएका आदिवासी महिला तथा किशोरीको नेतृत्वमा अधिकार आन्दोलनलाई अघि बढाउने अपेक्षा गरिएको छ। सम्मेलन शनिबार काठमाडौं घोषणापत्र जारी गर्दै सम्पन्न हुने आयोजकले जनाएको छ।

प्रतिक्रिया