आदिवासी महिला आन्दोलन आत्मनिर्णयको अधिकार, पहिचान, भूमि र सांस्कृतिक अधिकारमा केन्द्रीत छ  : यशोकान्ति भट्टचन 

रोजिना लामा
रोजिना लामा६ असोज २०८३, मङ्गलवार
आदिवासी महिला आन्दोलन आत्मनिर्णयको अधिकार, पहिचान, भूमि र सांस्कृतिक अधिकारमा केन्द्रीत छ  : यशोकान्ति भट्टचन 

यशोकान्ति भट्टचन : आदिवासी महिला आन्दोलको एक स्तम्भ हुनु हन्छ । उहाँ राष्टिय आदिवासी महिला महासंघको संस्थापक मध्ये एक हुनु हन्छ । उहाँले इन्डिजिनियस टेलिभिजनको समताको आवाजमा धेरै बिषयमा जानकारी दिनु भएको छ । यस मध्ये केही प्रमुख बुँदा यहाँ प्रस्तुत गरेका छौ । 
प्रश्नः यशुकान्ति भट्टचनले आफ्नो परिचय कसरी दिनुहुन्छ ? 
उत्तरः उहाँ आफूलाई ’यशुकान्ति भट्टचन’ भन्दा पनि आदिवासी महिला र आदिवासी महिलामा पनि थकाली महिला भनेर परिचय दिन रुचाउँछु । 
प्रश्नः ’भट्टचन’ थरका सम्बन्धमा उहाँको धारणा के छ ? 
उत्तरः थकालीका गौचन, भट्टचन, तुलाचन र शेरचन  जस्ता थरहरू हिन्दूकरणमा परेर बनेका हुन् । थकाली भाषामा ’भट्टचन’ लाई पुर्की, ’गौचन’ लाई चोकी, र ’शेरचन’ लाई टिमचन भनिन्छ । परम्परागत रूपमा यशुकान्ति पुर्की हुनुपर्ने भए पनि भट्टचन लेख्ने बानी परेकाले भट्टचन नै प्रयोग भइरहेको छ । 
प्रश्नः थकाली समुदायमा कस्ता संस्कार र परम्पराहरू छन् ? 
उत्तरः जन्मदेखि मृत्युसम्मका कार्यहरूमा लामाहरू बोलाएर पूजाआजा गरिन्छ ।  साथै, कुल पूजामा बाजे–बराजु (पितृ) लाई विशेष सम्झिने र पूजा गर्ने परम्परा छ । 
प्रश्नः थकाली समुदायको ’घम्प (घम्पर) प्रथा’ भनेको के हो र यसले के काम गर्छ ?
उत्तरः  मुस्ताङ क्षेत्रको यो  एक परम्परागत प्रथाजन्य न्यायिक र प्रशासनिक व्यवस्था हो, जसलाई मुखिया प्रथा पनि भनिन्छ। । पहिले १३ जना पुरुष मात्र हुने गरेकोमा हाल महिलाहरू पनि यसमा सहभागी हुन थालेका छन् । 
कार्यात्मक भूमिकाः गाउँमा न्याय दिने, झैझगडा मिलाउने, कामको बाँडफाँड गर्ने, जङ्गल÷सिँचाइ व्यवस्थापन गर्ने र घरेलु तथा लैङ्गिक हिंसाका केसहरू मिलाउने काम घम्पले गर्छ । 
प्रश्नः  कसरी सामाजिक÷आदिवासी आन्दोलनमा जोडिनुभयो ? 
उत्तरः मैले वुमन स्टडिज पढ्दा लैङ्गिक, जातीय र सांस्कृतिक विभेदबारे सैद्धान्तिक ज्ञान प्राप्त गरेँ ।  थकाली र आदिवासी महिलाहरू कसरी सीमान्तकीकरण र पितृसत्ताको मारमा परेका छन् भन्ने बुझेपछि अधिकारकर्मी र अभियन्ताका रूपमा आन्दोलनमा लागेको हुँ । 
प्रश्नः राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको स्थापना कसरी भयो ? 
उत्तरः वि.सं. २०५४÷५५ तिर स्टेला तामाङ, डा.चुन्दा बज्राचार्य, यशोकान्ति भट्टचन, मिरा घले र हेमा पुन मिलेर यसको जग बसालेको हो । सुरुमा जनजाति संगठनका नामबाट सुरुभएको हो । पछि ७ वटा संस्थापक जातीय संस्थाहरू (नेवार, तामाङ, थकाली, माझी, सुनुवार, राई, मगर) मिलेर महासंघ दर्ता भयो ।  
प्रश्नः मूलधारको महिला आन्दोलन र आदिवासी महिला आन्दोलनमा के फरक छ ? 
उत्तरः मूलधारका महिलाहरूको नीति–निर्माण तहमा पहुँच र साक्षरता उच्च छ । तर, आदिवासी महिलाहरूमा भाषा, शारीरिक बनावट, नस्लीय÷जातीय विभेद र स्रोत–साधनको पहुँचबाट वञ्चित रहेकाले उनीहरूको आन्दोलन आत्मनिर्णयको अधिकार, पहिचान, भूमि र सांस्कृतिक अधिकारमा केन्द्रीत छ । 
प्रश्नः अन्तर्राष्ट्रिय सन्धि÷सम्झौताहरुको कार्यान्वयनको अवस्था कस्तो छ ? 
उत्तरः नेपाल सरकारले अन्तर्राष्ट्रिय महासन्धिहरूमा हस्ताक्षर गरे पनि कार्यान्वयनको अवस्था अति नै कमजोर छ ।  सर्वोच्च अदालतले परमादेश जारी गर्दा समेत राज्यले आदिवासीका अधिकारहरू स्वतन्त्र, अग्रिम, जानकारी सहतिको सहमति, एफपीर्आसी पूर्ण रूपमा लागु गर्न हिचकिचाएको देखिन्छ । 
 

प्रतिक्रिया