दुई सञ्चारकर्मीलाई तामाङ मिडिया अवार्ड, तामाङ प्रसारण दिवस मनाइयो 

रोजिना लामा
रोजिना लामा१ भदौ २०८३, सोमवार
दुई सञ्चारकर्मीलाई तामाङ मिडिया अवार्ड, तामाङ प्रसारण दिवस मनाइयो 

३२ औं तामाङ प्रसारण दिवसका अवसरमा दुई सञ्चारकमीलाई ‘तामाङ मिडिया अवार्ड–२०८३’बाट सम्मानित गरिएको छ । 
तामाङ पत्रकार  संघीय समितिले आयोजना गरेको मिडिया अवार्ड वितरण कार्यक्रममा पत्रकारद्वय जगतमान तामाङ (काभ्रे) र जमुना तामाङ (मकवानपुर)लाई सम्मन गरेको हो ।  
सम्मानित दुवैलाई प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य परशुराम तामाङ र संघका अध्यक्ष नेत्र तामाङले जनही नगद १० हजार रुपैयाँ र सम्मानपत्र सहित सम्मान प्रदान गर्नू भएको हो । 
वि.सं. २०६४ सालमा रेडियो नमोबुद्धबाट पत्रकारिता सुरु गर्नू भएका  सम्मानित जगतमान तामाङले काभ्रेपलान्चोक जिल्ला, तेमाल  निवासी हुन् । तामाङले रेडियो नमोबुद्धमा समाचार सम्पादकरवाचक र तामाङ भाषा तथा अन्य भाषाको कार्यक्रम उत्पादक, सञ्चालक गर्दै हाल स्टेसन म्यानेजरका साथै नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको तामाङ भाषाको कार्यक्रम ल्हास्सोको निर्माण एवं प्रस्तुतकर्ता हुनुहुन्छ । 

तामाङ मात्र नभएर नेपालको आदिवासी जनजातिको भाषा विकास राज्यले गर्नुपर्छु, उहाँले भन्नुभयो,यो समुदायको त हो नै राज्यको पनि मुद्दा र दायित्व हो । आदिवासीको भाषा जोगाउने काम राज्यले गर्नुपर्छ ।

त्यसैगरी पुरस्कृत जमुना तामाङले वि.सं २०७६ सालमा समृद्ध समाज दैनिकबाट पत्रकारिता सुरु गर्नू भएको हो । मकवानपुर जिल्ला, हेटौंडा उपमहानगरपालिका (१२ स्थायी निवासी  तामाङ विभिन्न रेडियो, अनलाइन र पत्रपत्रिका हुँदै हाल वागमती प्रदेशको राजधानी हेटौंडाबाट हिमालय टेलिभिजनको संवाददाताको भूमिकामा रहेर सक्रिय रहँदै आउयनु भएको छ । 
तामाङ पत्रकार संघका संस्थापक अध्यक्ष रवीन्द्र तामाङको संयोजकत्वमा गठित समितिको  सिफारिसमा उहाँहरुलाई सम्मान गरिएको हो । समितिको सदस्यमा संघका प्रमुख सल्लाहकार एवं निवर्तमान अध्यक्ष सुवास योञ्जन र संघका महासचिव सरस्वती तामाङ हुनुहुन्थ्यो । 
प्रतिनिधि सभा सदस्य तामाङले विगतको सञ्चार माध्यमको इतिहास र तामाङ भाषाको समाचारको सुरुवाती समयको सङ्घर्ष स्मरण गर्दै प्रसारण दिवसको अवसरमा आफू नै सबैभन्दा खुसी भएको सुनाउनु भयो । 
तामाङ मात्र नभएर नेपालको आदिवासी जनजातिको भाषा विकास राज्यले गर्नुपर्छु, उहाँले भन्नुभयो,यो समुदायको त हो नै राज्यको पनि मुद्दा र दायित्व हो । आदिवासीको भाषा जोगाउने काम राज्यले गर्नुपर्छ ।

कार्यक्रममा अन्तर्राष्ट्रिय तामाङ परिषद्का महासचिव टासी लामा, तामाङ सञ्चार क्षेत्रकी ऐतिहासिक व्यक्तितत्व रमिता बल, संघका  सल्लाहकार विष्णु तामाङ, नेपाल तामाङ घेदुङका अध्यक्ष रामकृष्ण ब्लोन तामाङ, रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा, लगायतले प्रसारण दिवसको शुभकामना मन्तव्य व्यक्त गर्दै मातृभाषी पत्रकारिता अवस्था, चुनौती र यसको उन्नतिका निम्ति राज्यले नै चाल्नुपर्ने कदमबारे प्रकाश पारे ।

मातृभाषी पत्रकारिताले भाषा जगेर्ना सँगै आदिवासीको कला, संस्कृति, संस्कार र पहिचान समेत जोगाउने आदिवासी जनजाति पत्रकार महासंघ फोनिजका अध्यक्ष लक्की चौधरीले बताउनु भयो । 
कार्यक्रममा तामाङ सञ्चारको यात्रा छापादेखि एआइसम्म विषयक अन्तरक्रिया समेत गरिएको थियो । पूर्व मिस तामाङ सफलता थिङ तामाङले सहजीकरण गर्नू भएको  अन्तरक्रियामा वक्ताका रूपमा भाषाविज्ञ अमृत योञ्जन, आइटी विज्ञ प्रा.डा.बालकृष्ण बल, सञ्चारकर्मीहरु मिक्साङ वाइबा, बिरबल तामाङ हुनुहुन्थ्यो । वक्ताहरुले सञ्चार क्षेत्रमा छापा पत्रकारितादेखि एआइसम्म आइपुग्दा तामाङ भाषाको पत्रकारिताका विगत र वर्तमानसम्मका आयामहरुलाई खोतल्ने जमर्को गर्नू भएको थियो ।  
संघका अध्यक्ष नेत्र तामाङले मातृभाषी पत्रकारिताको फराकिलो आयामको यात्रालाई डो¥याउने अग्रजदेखि अनुज पुस्ता सबैलाई आभार व्यक्त गर्दै यसको विकासको लागि सबैको पहल हुनुपर्ने बताउनस भयो ।  

प्रतिक्रिया