‘बाढीले मान्छे मात्र होइन, तामाङ सभ्यताको पदचिह्न पनि बगायो’

कुमार यात्रु तामाङ
कुमार यात्रु तामाङ२ असोज २०८३, शुक्रवार
‘बाढीले मान्छे मात्र होइन, तामाङ सभ्यताको पदचिह्न पनि बगायो’

रसुवा, स्याफ्रुबेँसीका ५४७ जना स्वयम्भूस्थित गासोक गुम्बामा रसुवा–भोटेकोशी–त्रिशूली बाढी प्रभावितका रूपमा आश्रय लिइरहेका छन् । तीमध्ये एक हुनुहुन्छ, छिरिङ तेन्जिङ लामा । 
छिरिङ माथिल्लो त्रिशूली जलविद्युत् आयोजनामा काम गर्नुहुन्थ्यो । भदौ १० गते बाढी आएको दिन भने उहाँ काठमाडौँ आउनुभएको थियो ।  त्यसैले उहाँ बाढीको कहालीलाग्दो विपत्तिमा पर्नबाट जोगिनुभयो । 
हामीले उहाँलाई ‘भाग्यले बाँचेका’ मध्ये एक भनेका छौँ । 
यसलाई स्वीकार गर्दै छिरिङ थप्नुहुन्छ, “हो, म भाग्यले नै बाँचेको हुँ ।  यदि जलविद्युत् आयोजनामै काम गरिरहेको भए आज मेरो २१ दिन हुन्थ्यो ।”
छिरिङसँगै काम गरिरहेका कोरियनलगायत नेपाली नागरिकहरू अहिलेसम्म सम्पर्कविहीनको सूचीमा हुनुहुन्छ । 

“बाढीले यो गुम्बाको भग्नावशेषसमेत बाँकी राखेन। यो गुम्बा रसुवाकै पहिलो गुम्बा मानिन्छ। गुम्बामा पुरातात्त्विक महत्त्वका पुराना मूर्ति र स्तम्भहरू थिए, जसले हाम्रा पुर्खाको स्मृतिलाई ताजा बनाउँथे ।” गाउँमा शिलालेखहरू पनि थिए । “शिलालेखहरू कहाँ पुगे, अत्तोपत्तो छैन। मानेहरू, चैत्यहरू र तामाङ पहिचानका पदचिह्नहरू पनि बाढीले बगाएको छ ।”

यति मात्र होइन, बाढीको मुख्य प्रभावित क्षेत्र टिमुरेमा उहाँको मामाघर थियो ।  अहिले मामाघरमा खण्डहर मात्र देखिन्छ ।  मामा, माइजू, बाजेलगायत २५ जना आफन्त अहिलेसम्म सम्झनामा मात्र हुनुहुन्छ ।  उहाँहरूको कुनै निसाना पनि छैन । 
स्याफ्रुमा छिरिङको पुरानो घर थियो। । त्यो पनि बाढीले अस्तित्वविहीन बनाएको छ । 
फुपूले घर प्रयोग गर्नुहुन्थ्यो । फुपूको सानो रेस्टुरेन्ट र लज थियो m।  अहिले फुपू पनि हुनुहुन्न, घर पनि छैन । 
उहाँ भन्नुहुन्छ, “मलाई पीडाभन्दा पनि अत्यास लाग्दो त्यो घटनाबाट अहिले पनि कहाली लागिरहेको छ ।”
चौरी पालनदेखि स्याफ्रुसम्मको यात्रा
छिरिङका बाजे पुस्ता चौरीपालनमा थिए। बाजे पुस्ताले रसुवाको नागीमा चौरी पालेर घिउ, मोही उत्पादन गर्नुहुन्थ्यो । 
चौरी पाल्ने जिम्मा बाबुको पुस्तामा स¥यो। केही समय बाबुले पनि त्यही काम गर्नुभयो ।
उहाँ निरक्षर हुनुहुन्थ्यो। त्यसैले छोराछोरीलाई शिक्षित बनाउनुपर्छ भनेर स्याफ्रुमा घर बनाउनुभयो र छोराछोरीलाई पढाउनुभयो । 
स्याफ्रुमा सडक यातायातको सञ्जाल जोडिएपछि बस्तीहरू बसे। पसलहरू खुले। उत्तरी नाका जाने सडक बन्यो । यही बाटोबाट केरुङ जान सकिन्थ्यो। लाङटाङको पदयात्रा, तामाङ हेरिटेज र जलविद्युत्को हबका रूपमा रसुवा विकसित हुँदै गएपछि स्याफ्रु गुल्जार बन्यो । 
“हामी त्यही पूर्वाधारलाई पछ्याउँदै त्यहाँ पुगेका हौँ,” उहाँ भन्नुहुन्छ । 
“अहिले हाम्रो चौरीगोठ छैन। चौरीगोठ बेचेर स्याफ्रुमा घर बनाएका थियौँ। त्यो घर पनि अहिले छैन ।”
सामाजिक–सांस्कृतिक क्षति
छिरिङले कुराकानीका क्रममा रसुवाको सामाजिक तथा सांस्कृतिक अवस्थाको पनि विश्लेषण सुनाउनुभयो । 
“८५ प्रतिशत तामाङ बसोबास रहेको रसुवा तामाङ संस्कार र संस्कृतिमा धनी थियो। हामी तिब्बतमा सधैँ आवतजावत गर्ने भएकाले वारिपारिको संस्कृति आदानप्रदान हुनु स्वाभाविक थियो ।”
यसै कारण रसुवामा माने, चैत्य तथा गुम्बाहरू थुप्रै थिए ।
स्याफ्रुमा मात्र एउटा पुरानो गुम्बा थियो, जसको नाम छोलिङ गुम्बा हो ।

“हामी चाँडोभन्दा चाँडो  पुनस्थापित हुन चाहन्छौ । हामी आफ्नै थातथलोमा जान चाहन्छौ । हामीलाई थातथलोबाहिर राख्नु हुँदैन । त्यो स्वीकार्य हुँदैन ।”
उहाँका अनुसार बाढीले बगाएको जोखिम क्षेत्र मात्र होइन, सुरक्षित क्षेत्र पनि रसुवामा छन् ।

 


“बाढीले यो गुम्बाको भग्नावशेषसमेत बाँकी राखेन। यो गुम्बा रसुवाकै पहिलो गुम्बा मानिन्छ। गुम्बामा पुरातात्त्विक महत्त्वका पुराना मूर्ति र स्तम्भहरू थिए, जसले हाम्रा पुर्खाको स्मृतिलाई ताजा बनाउँथे ।”
गाउँमा शिलालेखहरू पनि थिए । “शिलालेखहरू कहाँ पुगे, अत्तोपत्तो छैन। मानेहरू, चैत्यहरू र तामाङ पहिचानका पदचिह्नहरू पनि बाढीले बगाएको छ ।”
“सरकारले भर्खरै बाढीको क्षतिको लेखाजोखा गरेर प्रतिवेदन दिएको सुनेको छु। तर त्यसमा यसको कुनै कुरा उल्लेख नभएकोमा दुःख लागेको छ ।”
उहाँका अनुसार मानवीय क्षतिसँगै सांस्कृतिक क्षतिलाई पनि पुनस्र्थापनाको विषय बनाउन आवश्यक छ ।
“मान्छे त मर्नेहरू मरेर गए। बाँच्नेका लागि ती संस्कृति एउटा बाँच्ने सहारा हो। यस्तो सहारा संस्कृतिले मात्र दिन्छ। अब त्यो अवस्थाको संस्कृति फेरि पुनर्जागरण ल्याउन धेरै समय लाग्छ होला ।”
पुनस्थापनामा पहल होस्
छिरिङको मुख्य माग आफ्नै थातथलोमा फर्किएर बस्न पाउनुपर्ने छ ।
“हामी चाँडोभन्दा चाँडो  पुनस्थापित हुन चाहन्छौ । हामी आफ्नै थातथलोमा जान चाहन्छौ । हामीलाई थातथलोबाहिर राख्नु हुँदैन । त्यो स्वीकार्य हुँदैन ।”
उहाँका अनुसार बाढीले बगाएको जोखिम क्षेत्र मात्र होइन, सुरक्षित क्षेत्र पनि रसुवामा छन् ।
“सरकारले चाँडोभन्दा चाँडो यातायात, सञ्चार र विद्युत् सुचारु गर्नुपर्छ। हामी आफ्नै थातथलोलाई सिँगारेर बस्न सक्छौँ ।”
“हामीले वन–जंगल चिनेका छौँ । त्यहाँका देवी–देउराली चिनेका छौँ। हामीलाई गरिखान कुनै गाह्रो छैन। तर त्यसका लागि आधारभूत पूर्वाधार सुरक्षित हुनुपर्छ भन्ने हाम्रो मुख्य माग हो ।”

 

प्रतिक्रिया