थारू कल्याणकारिणी सभा उपत्यका कार्यसमितिको नवौँ अधिवेशन भोली काठमाडौंको प्रज्ञाप्रतिस्थान काठमाडौंमा आयोजना हुँदैछ ।
थारु कल्यानकारीणि सभा उपत्यका कार्यसमितीको अध्यक्ष सुमन चौधरीको सभापतित्वमा हुँने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको कार्यसमितिले जनाएको छ । अधिवेशनका लागि आवश्यक व्यवस्थापन, प्रतिनिधि तथा सहभागीहरूको समन्वय लगायतका तयारी सम्पन्न भइसकेको समीतिका कोषाध्यक्ष नन्दुराज चौधरीले बताउनु भयो ।
अधिवेशनले थारू समुदायको भाषा, संस्कृति, पहिचान, अधिकार तथा सामाजिक सवालका विषयमा छलफल गर्दै आगामी कार्यदिशा तय गर्ने बताइएको छ । साथै, अधिवेशनबाट नयाँ कार्यसमिति चयन हुने भएकाले यसलाई नेतृत्व चयनका दृष्टिले पनि महत्वपूर्ण रूपमा हेरिएको छ ।
थारू समुदायका अगुवा, प्रतिनिधि तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहने अधिवेशनमा समुदायका समसामयिक समस्या र अधिकारका सवाललाई प्राथमिकताका साथ उठाइने आयोजकले जनाएको छ । साथै अबिधेशन भब्यताका साथ सम्पन्न गर्नको लागि सम्पूर्ण थारु समुदायमा समीतिले हार्दिक आह्वान ब्यक्त गरेको ।
कार्यसमितिका अनुसार नवौँ अधिवेशनका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पूरा भइसकेको छ।








