थारु भाषा संस्कृति हमार पहिचान बचैना, बह्रैना ओ पहुरैना हमार अभियान” भन्ने मुल नाचा सहित काठमाडौंमा थारु समुदायको मौलिक सांस्कृतिक पर्व ‘गुरही गुरीया २०८३ काठमाडौंमा बसोवास गर्ने थारु समुदायले बुद्धनगर काठमाडौंमा सोमवार भब्यरुपमा मनाएको छ ।
प्रमुख अतिथि वन तथा कृषि मन्त्रि माननीय गिता चौधरीले दिप प्रज्वलन र झुला झुलायर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । थारु समुदायको मौलीक कला, संस्कृतिको संरक्षण, प्रवद्र्धन र नयाँ पुस्तामा पुस्तान्तरण गर्ने कार्यक्रमको मुख्य उदेश्य रकेको थियो । कार्यक्रममा गुरहीको बारेमा शत्रुघन चौधरीले कार्यपत्र प्रस्तुत गनुै भएको थियो ।
सो कार्यक्रममा विशिष्ट अतिथि थारु आयोगका कार्यबहाक अध्यक्ष सुबोध सिंह चौधरी, युवा ब्यवसायी, युनिक लघुवित्तका अध्यक्ष तथा निस्राउ समुहका अध्यक्ष शिवबहादुर चौधरी , थारुकल्यानकारिणीका माहामन्त्री मिनराज चौधरी, , थारु आयोगका सदस्य भोलाराम चौधरी, आदिवासी विद्यार्थि संघका अध्यक्ष चन्द्र प्रसाद चौधरी , थारु कल्यानकारिणी उपत्यका सभापति सुमन चौधरी, थारु महिला समाजका अध्यक्ष अनिता चौधरी, थारुमहिला सभाका अध्यक्ष ललिता चौधरी लगायत शुभकामना मनतव्य दियका थियो।
शुभकामना मनतव्यको क्रममा युवा नेता तथा बर्दियाली थारु विकास मञ्चका अध्यक्ष सिताराम थारुले थारु समुदाय कला र संस्कृतिले धनि भएपनि राज्यको तर्फबाट पहिचान पाउन नसकेको गुनासो गर्नु भयो। उहाँले आफनो समुदायको परम्परागत कला ,संस्कृति र प्रथाहरुको महत्वको बारेमा र संरक्षणको लागि अवका युवा पुस्ताहरु ध्यान दिन आवश्यक रहेको बताउनु भयो । साथै उहाँले संस्कृतिक पहिचान तर्फ नेता र राज्यको ध्यान जान नसकेको उल्लेख गर्नु भयो ।
त्यसैगरी चम्पन संस्कति समुहका अध्यक्ष नन्दुराज चौधरीले शुभकामना मन्तव्यको क्रममा सांकृतिक कार्यक्रगर्दा निमन्त्रणा गर्र्दा राजनितीक नेताहरु उपस्थित नभैदिदा थारुनेताहरुमा आफनो भाषा र संस्कृति प्रति उत्तरदायि नभयको दुखेसो ब्यक्त गर्नु भयो ।
कार्यक्रममा प्रस्तुत कार्यपत्रले गुरहीलाई थारु समुदायको केवल चाडपर्व नभई सामाजिक सम्बन्ध, मौलिक संस्कृति, परम्परागत ज्ञान तथा प्रकृतिसँगको सम्बन्ध झल्काउने महत्वपूर्ण सांस्कृतिक धरोहरका रूपमा व्याख्या गरेको छ । विशेषगरी पश्चिमी थारु समुदायमा श्रावण शुक्ल पञ्चमी अर्थात् नागपञ्चमीका दिन मनाइने गुरही पर्व वर्षायामपछि बालबालिकाको सहभागितामा मनाउने मौलिक पर्वका रूपमा रहेको कार्यपत्रमा उल्लेख छ ।
गुरही पर्वमा कपडा र कपासबाट गुरही तथा गुरहा बनाउने, बाँस वा अन्य स्थानीय सामग्रीबाट सोटा तयार गर्ने र सामूहिक रूपमा गुरही अस्राउने परम्परा रहँदै आएको छ। गुरही अस्राएपछि घुघ्री प्रसादका रूपमा बाँड्ने चलनले समुदायबीचको आत्मीयता, सहकार्य र सामाजिक सद्भावलाई बलियो बनाउने गरेको छ ।
कार्यपत्रमा काठमाडौंमा बसोबास गर्ने थारु समुदायले विगत एक दशकदेखि सामूहिक रूपमा गुरही पर्व मनाउँदै आएको छ । तर शहरी जीवनशैली, खुला स्थानको अभाव, परम्परागत सामग्री र सीपको कमी तथा आर्थिक स्रोतको अभावका कारण मौलिक विधि र परम्परा संरक्षणमा चुनौती थपिँदै गएको अग्रासन थारु महिला समाजका उपाध्यक्ष तथा कार्यक्र संयोजक किरण चौधरीले बताउनु भयो ।
गुरही पर्वमा कपडा र कपासबाट गुरही तथा गुरहा बनाउने, बाँस वा अन्य स्थानीय सामग्रीबाट सोटा तयार गर्ने र सामूहिक रूपमा गुरही अस्राउने परम्परा रहँदै आएको छ। गुरही अस्राएपछि घुघ्री प्रसादका रूपमा बाँड्ने चलनले समुदायबीचको आत्मीयता, सहकार्य र सामाजिक सद्भावलाई बलियो बनाउने गरेको छ ।
विशेषगरी काठमाडौंमा हुर्किरहेका नयाँ पुस्ता आधुनिक जीवनशैलीतर्फ आकर्षित भइरहेका कारण थारु भाषा, संस्कृति, परम्परागत ज्ञान र सीप उनीहरूमा हस्तान्तरण गर्नुपर्ने आवश्यकता औँल्याइएको छ। अभिभावक तथा अभियन्ताले नयाँ पुस्तालाई कार्यक्रममा सक्रिय सहभागी गराउने, गुरही बनाउने र घुघ्री पकाउनेजस्ता परम्परागत सीप सिकाउने तथा गुरही पर्वको सामाजिक, सांस्कृतिक र वातावरणीय महत्व वैज्ञानिक ढंगले बुझाउनुपर्ने र युवा पुस्तालाई बुझाउनको लागि गुरहि ओ सोंटा बनैना कार्यशाला को आयोना गरेको युवा उद्यमी शिवबहादुर चौधरीले बताउनु भयो ।
त्यस्तै, नयाँ पुस्ताले सामाजिक सञ्जाल तथा डिजिटल माध्यममार्फत गुरही पर्वको प्रचार–प्रसार गर्नुपर्नेमा जोड दिइएको छ। मौलिक पर्वलाई आधुनिक प्रविधिसँग जोड्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा थारु संस्कृति चिनाउन सकिने र यसबाट सांस्कृतिक पर्यटन तथा परम्परागत हस्तकलाको बजारीकरणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको र गुरही पर्वको विधि र तौर तरीकाको बारेमा अभियान्ता शत्रुघन चौधरीले बताउनु भयो ।
कार्यक्रमलाई संबोधन गर्दै मन्त्री गिता चौधरीले यस्ता परमपरागत ज्ञान र सिपलाई नीतिगत रुपमा लग्न ध्यानाकृत भएको बताउनु भयो । अव आउने दिनमा जतिपनि थारहरुका मुद्दाहरु छ त्यसको लागि आफू तत्पर रहेको उल्लेख गर्नु भयो ।
कार्यक्रको सभापति अग्रासन थारु महिला समाजका अध्यक्ष चम्पा चौधरीले कार्यक्रमको समापन तथा धन्यबाद ज्ञापन गर्नु भएको थियो । समापन मन्तव्यको क्रममा उहाँले थारु समुदायका अगुवा, महिला, युवा, बुद्धिजीवी तथा विभिन्न पेशा र क्षेत्रमा आबद्ध व्यक्तिहरूको सहभागितामा मौलिक संस्कृति संरक्षणको अभियानलाई निरन्तरता दिदैँ जाने प्रतिबद्धता गर्नुभयो । उहाँले गुरहीजस्ता मौलिक सांस्कृतिक पर्वको संरक्षण र प्रवद्र्धनमा समुदायसँगै राज्यको पनि जिम्मेवारी रहेको बताउनु भयो ।








