अग्रासन थारु महिला समाज काठमाडौंको अध्यक्ष चम्पा चोधरीको अध्यक्षतामा थारु आयोगको सभाहलमा आज बसेको बैठकले रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण यसवर्ष आयोजना हुनलागेको थारु राष्ट्रिय अष्टीम्की तिहुवार २०८३ स्थगित गरिएको छ ।
अग्रसन थारु महिला समाज केन्द्रिय कार्य समितिले एक अत्यन्त जरुरी सुुचना जारी गर्दै भाद्र १९ गते आयोजनाहुने तय भएको थारु राष्ट्रिय अष्टीम्की तिहुवार २०८३ कार्यक्रम स्थगित गरिएको जनाएको हो ।
अग्रासन थारु महिला समाज काठमाडौंको अध्यक्ष चम्पा चोधरीको अध्यक्षतामा थारु आयोगको सभाहलमा आज बसेको बैठकले रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण यसवर्ष आयोजना हुनलागेको थारु राष्ट्रिय अष्टीम्की तिहुवार २०८३ स्थगित गरिएको छ ।
समाजका अनुसार भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षेति हुनुका साथै धेरै मानिसको ज्यान गएको र कतिपय अझै बेपत्ता रहेकोले दुखद परिस्थितिलाई मध्यनजर गर्दै कार्यक्र स्थगित गर्ने निर्णय गरिएको हो । बाढीका कारण थारुसमुदायका दाजुभाइ तथा दिदीबहीनीहरु समेत प्रभावित भएकाले यस्तो निर्णय गरिएको समाजको उपाध्यक्ष किरण चौधरीले बताउनु भयो ।
कार्यक्रका लागि सहयोग गर्ने आयोजक सह आयोजक सहयोगी संस्था, शुभेच्छुक तथा संपूण महानुभावहरुप्रति आयोजक समितिले धन्यवाद ब्यक्त गरेको छ ।
साथै, बाढी तथा प्राकृतिक विपदमा परीज्यान गुमाउनेहरु प्रति श्रद्धानजली व्यक्तगर्दै शोकसन्तप्त परिवारजनमा संवेदना तथा बेपत्ताभएकाहरुको शीघ्र सकुशल उद्धारको कामना गरिएको छ ।