तातिए थारूहरू

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२३ साउन २०७२, शनिवार
तातिए थारूहरू


काठमाडौ

चार मुख्य दलका नेताहरूकोे तराई टुक्र्याउने सीमाङ्कन बारेमा छापामा धमाधम खबर आउन थालेपछि थारू कल्याणकारिणी सभा (थाकस) ले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । साउन २२ गते बानेश्वर, बैंकेटमा पत्रकार सम्मेलन गरी थाकसले आन्दोलनको घोषणा सार्वजनिक गरेको हो ।

जस अनुसार साउन २७ गते काठमाडौसहित तराईका सम्पूर्ण जिल्लामा फाँसीको डोरी जलाउने, २८ गते तराईका जिल्लामा बैलगाडा तथा साइकल जुलुस निकाल्ने, २९ गते तराईका जिल्लामा भौतिक प्रतिरोध र भण्डाफोर गर्ने तथा ३० गते हामहड्तालसहित थरुहट तराई बन्द गर्ने कार्यक्रम तय गरिएको छ । साउन २१ गते संस्थाको केन्द्रीय कार्यालय पुरानो बानेश्वरमा बैठक बसी आन्दोलनको कार्यक्रम तय गरिएको बताउँदै सभाका केन्द्रिय अध्यक्ष धनीराम चौधरीले भने– जनआन्दोलनको बलबाट प्राप्त अधिकारलाई समाप्त गर्न चार दलका चार नेता प्रालि षड्यन्त्र गरिरहेका छन् । त्यसैले, जननिर्वाचित संविधान सभालाई कठपुतली र पंगु बनाएर जारी गरिएको संविधान हामीलाई मान्य नभएको हो ।

थाकसको अगुवाईमा हुने आन्दोलनमा थारूका केही संगठन पनि आबद्ध छन् । आन्दोलन परिचालन समितिका संयोजक राजकुमार लेखीले भने– ‘शीर्ष नेताहरूले थारू समुदायको घाँटीमा दासताको पासो लगाउन खोजेका छन् । त्यो पासोलाई जलाउनका निम्ति हामीले आन्दोलन घोषणा गरेका हौं । मस्यौदा जलाउने, ज्ञापन पत्र बुझाउने कामले शीर्ष नेताहरू टेरेनन् । त्यसैले थरुहट रक्षाको लागि उत्तर दक्षिण प्रदेश बन्नु हुँदैन भनेर आन्दोलन घोषणा गरिएको हो ।

सभाका केन्द्रिय अध्यक्ष धनीराम चौधरीले भने– जनआन्दोलनको बलबाट प्राप्त अधिकारलाई समाप्त गर्न चार दलका चार नेता प्रालि षड्यन्त्र गरिरहेका छन् । त्यसैले, जननिर्वाचित संविधान सभालाई कठपुतली र पंगु बनाएर जारी गरिएको संविधान हामीलाई मान्य नभएको हो ।

पत्रकार सम्मेलनमा थाकसका अध्यक्ष धनीराम चौधरीले तराईको जिल्ला कुनै पनि हालतमा पहाडसँग मिसाइनु हुँदैन भन्दै थारू सभासद्हरूले आन्दोलनमा ऐक्यबद्धता जनाएको बताए । तर  आन्दोलन परिचालन समितिका संयोजक लेखीले  सभासदहरू राज्यको तलब, भत्ता खाएर गर्ने आन्दोलन र आफूहरूको आन्दोलन केही फरक भएको बताए । उनले पत्रकारहरूको जिज्ञासामा प्रदेशको कुनै खाका थाकसको नभएको बताउँदै भने– हामीले खाका जारी गरेर कुनै अर्थ राख्तैन । मुख्य कुरा तराई नटुक्रायाई पुनसंरचना गरिनु पर्छ ।

पत्रकार सम्मेलनपछि केहीले सीमांकनको खाकासहित आन्दोलनमा जानुपर्नेमा बहुप्रदेशको नाराले थाकसले अरु थारू संस्थाको साथ नपाएको बताए । कार्यक्रममा विगतमा थरुहट आन्दोलनमा थरुहट संयुक्त संघर्ष समितिका संयोजनको भूमिका निभाएका लक्ष्मण थारू पनि ढिलो गरी उपस्थित थिए । उनले इण्डिजिनियस भ्वाइससंग भने– रेल छुटिसक्यो, अब थारुहरुलाई धेरै गाह्रो छ ।

प्रतिक्रिया