आदिवासी तामाङ पहिचानसंग सम्बन्धीत प्रथाजन्य ताम्वा प्रणाली लोपोन्मूख अवस्थामा पुगेको पाइएको छ । तामाङ बहुल क्षेत्र सिन्धुपाल्चोकमो पाँचपोखरी–थाङपाल गाउँपालिकाको भोताङक्षेत्रमा कुनै पनि प्रयोजनका लागि ताम्बाको प्रयोग हुने नगरेको स्थानीय तामाङअगुवाहरुले बताएका छन् ।
पाँचपोखरी–थाङपाल गाउँपालिका वडा नम्बर ३ का निवर्तमान वडाअध्यक्ष ङिमा छिरिङ तामाङका अनुसार त्यस क्षेत्रको कुनै पनि तामाङसंस्कार र संस्कृतिमा ताम्बाको प्रयोग हुँदैन । ‘यस क्षेत्रमा ताम्बाको कतै प्रयोग भएको हामीलाई थाहा छैन’, ङिमाले भन्नु भयो –‘उता याम्बु (काठमाडौ) तिर ताम्बा हुन्छ भन्ने सुनेको हो, तर यता ( सिन्धुपाल्चोक)मा यसको प्रयोग छैन ।’
मौखिक कथा वाचन परम्परा बोकेका ताम्बा परम्परालाई तामाङ पहिचानको एक एक स्तम्भका रुपमा मानिन्छ । तामाङबहुल क्षेत्रमा नै ताम्बाको अभावलाई तामाङअध्येताहरुले अनौठो मानेका छन् ।
तामाङ परम्परामा ताम्बाको महत्वपूर्ण स्थान हुन्छ । ताम्बाले तामाङ इतिहास, उत्पत्तिको कथा र ह्प पद्धतिलाई निरन्तरता दिने प्रथाजन्य संस्था मानिन्छ ।
‘ताम्बा विनाको तामाङसमाज परिचय विनाको समाज हो ।’
तर सिन्धुपाल्चोकमा मात्र नभएर नुवाकोट, धादिङ क्षेत्रमा पनि ताम्बा परम्परा नभएको तामाङ अनुसन्धानकर्ता बाबुराम फ्युवाले बताउनु भयो । ‘म धादिङको मान्छे हुँ, हाम्रोतिर पनि ताम्बा परम्परा छैन’ प्mयूवाले बताउनु भयो । ‘याम्बुतिर डम्फु नाच्छन् । सेलो गाउँछन् । छेवर बिबाह तथा अन्य शुभकार्यमा ताम्बाको प्रयोग भएको मैले देखेको छु । त्यही परम्परा धादिङ, नुवाकोटमा छैन ।’
सिन्धुपाल्चोक भोताङकै कान्छाराम तामाङले पनि ताम्बाबारे आफुलाई कुनै जानकारी नभएको बताउनु भयो । ८० बर्ष टेक्नै लाग्नु भएका कान्छारामको भनाईमा भोताङ तथा थाङपाल क्षेत्रमा काहेी पनि ताम्बा छैनन् ।
भोताङ क्षेत्रमा तामाङप्रथाजनित संस्था चोहोको समेत नेतृत्वमा बसेर काम गरिरहनु भएका कान्छारामको बिचारमा त्यस क्षेत्रमा बुद्धधर्मको लामावादको प्रभाव परेर पनि तामाङ प्रथाजन्य परम्परा नअपनाएको हुन सक्ने अनुमान छ ।
बच्चा जन्मे देखि मृत्यसम्म्को संस्कारमा लामाको प्रयोग हुन्छ । त्यसैले पनि ताम्बाको आवश्यकता नपरेको उहाँको बुझाई छ । तर बोन्वो परम्परा भने त्यस भेगमा कायम रहेको उहाँको भनाइ थियो ।
मकवानपुर क्षेत्रमा ताम्बा प्रणाली एक संस्थाकै रुपमा रहेका अर्का अध्येता तथा बागमती प्रदेशका पूर्व साँसद ओम बहादुर ग्लानको छ । ‘मेरो बुबा नै ताम्बा हुनु हुन्छ, ताम्बा बेगर हाम्रो कुनै पनि संस्कार हुँदेन ।’ ग्लानले थप्नु भयो –‘ताम्बा विनाको तामाङसमाज परिचय विनाको समाज हो ।’
तामाङ प्रथाजनित संस्थाहरुमा ‘न्हाङखोर’ (निकट पारिवारिक थर समूह) चोहो, गाउरुङ, ताम्बा, गान्बा, बोम्बो, लाप्ताबा (लाबोन), लामा आदिको फरक फरक जिम्मेवारी हुन्छ ।
ताम्बालाई धेरैले गायक वा कथावाचक वा डम्फुरे भनेर सम्बोधन गरेको पाइन्छ । तर ताम्बाको परिचय त्यतिले मात्र नपुगेर तामाङ सामाजका नायक, इतिहासकार, दार्शनिक र तामाङ समाजका प्रवक्ताका रुपमा युगौ देखि सांस्कृतिक सत्म्भका रुपमा क्रियाशिल रहेको पाइन्छ
भाषाशास्त्री अमृत योञ्जन तामाङले भोताङ क्षेत्रका तामाङहरुको भाषामा प्राचीनता पाइएको हुँदा ताम्बा परम्परा त्यहाँसम्म पुग्न नसकेको भनाई राख्नु भयो । काठमाडौ पूर्वका रामेछाप, काभ्रे, दोलखा, ललितपुर, भक्तपुर र सिन्धुलीसमेतमा प्रचलन रहेको ताम्बा प्रणाली पश्चिमि क्षेत्रमा विस्तार नभएको आशंका गर्नू भयो ।
ताम्बा प्रणालीको केन्द्र याम्बुमा नभएर पूर्वको रामेछाप, दोलखा रामेछापमा विकास भएको हुन सक्ने उहाँको अनुमान छ ।
तर अर्का अध्येता अजितमान तामाङ भने ताम्बा प्रणाली तामाङ भएको स्थानमा भएको दावी गर्नू हुन्छ । बोलीचालीमा ताम्बा नभने पनि ताम्बाले गर्नू पर्ने कार्य सबै भेगमा हुने गरेको उहाँको भनाई छ ।
‘ताम्बा शव्द ताम (कुरा), पानतिवा (मिलाएर भन्ने) शव्दको संयजनबाट बनेको हो । तामाङ दर्शन तथा इतिहासलाई मौखिक रुपमा लयबद्ध र मिलाएर भन्न जान्ने मान्छे भएकोले यस्तो परम्परा सबैतिर रहेको छ ।’ उहाँले यसै सन्दर्भमा भन्नु भयो ‘तामाङ रिमठिमलाई पुस्तान्तरण गर्ने काम भइरहेको क्रियाकलाप नै ताम्बा प्रणाली हो ।
एको भङप्रणाली भएको मातथा नै नै मानिदै आएको सत्समाज वा ताम्बा परम्परामा पनि प्रचलित छ। यो मौखिक परम्परा लिखित इतिहास सुरु हुनुभन्दा धेरै पहिलेदेखि जीवित रहँदै आएको हो। जसको संस्कृति मौखिक परम्परामा आधारित छ, ऊ आदिवासी हो– ऊ साँचो अर्थमा स्मृति, गीत र कथामार्फत् इतिहास बोकेको समाज हो ।
तामाङ प्रथाजनित संस्थाहरुमा ‘न्हाङखोर’ (निकट पारिवारिक थर समूह) चोहो, गाउरुङ, ताम्बा, गान्बा, बोम्बो, लाप्ताबा (लाबोन), लामा आदिको फरक फरक जिम्मेवारी हुन्छ ।
ताम्बालाई धेरैले गायक वा कथावाचक वा डम्फुरे भनेर सम्बोधन गरेको पाइन्छ । तर ताम्बाको परिचय त्यतिले मात्र नपुगेर तामाङ सामाजका नायक, इतिहासकार, दार्शनिक र तामाङ समाजका प्रवक्ताका रुपमा युगौ देखि सांस्कृतिक सत्म्भका रुपमा क्रियाशिल रहेको पाइन्छ ।
तर विश्वव्यापीकरण, आधुनिकीकरण, र नेपाली परिवेशमा उपनिवेशीकरणका कारण यो परम्पराको कम मान्यता हुन थालेको भने प्रष्टै छ । खास गरेर सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल क्षेत्रमा भने बौद्धधर्मको लामावादको प्रभावले ताम्बा प्रणालीको अस्तित्व संकटमा परेको देखिन्छ ।
यो तथ्यलाइ थाहा पाएरु भोताङका दलु लामा पाख्रीन र उनका छोरा पासाङदोर्जै पाख्रीनले ताम्बा प्रणालीको पुनर्जागरणका लागि डम्फू तथा टुङ्ना निर्माण गरेर जागरण फिजाउने काम सुरु गरेका छन् ।






