हनुमानढोका दरबार क्षेत्रमा सांस्कृतिक तथा धार्मिक पर्व इन्द्रजात्रा सुरु

सरला चौधरी
सरला चौधरी७ असोज २०८३, बुधवार
हनुमानढोका दरबार क्षेत्रमा सांस्कृतिक तथा धार्मिक पर्व इन्द्रजात्रा सुरु

वर्षा, समृद्धि तथा धार्मिक आस्थासँग जोडिएको पर्वको रुपमा मनाउने सांस्कृतिक तथा धार्मिक पर्व इन्द्रजात्रा बुधबारदेखि सुरु भएको छ । इन्द्रजात्राको को सुरुवातसँगै हनुमानढोका दरवार क्षेत्रस्थित कालभैरव अगाडि विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो आज ठड्याइएको छ । 
विशेषत काठमाण्डौ उपत्यकामा मनाइने यो जात्रा लिङ्गो ठडयाउने परम्परालाई इन्द्रजात्राको महत्वपूर्ण सुरुवाती विधिको रुपमा लिइन्छ । इन्द्रजात्रा काठमाण्डौको नेवार समुदायले विशेष उत्साहा र श्रद्धाको रुपमा मनाउने गर्दछन् । यस अवसरमा विभिन्न देविदेवताका रथ तथा खट यात्रा, लाखे नाच, पुलुकिसी, कुमारी रथयात्रा लगायतका साँस्कृतिक गतिविधि गरिने गरिन्छ । 

जात्राको क्रममा हनुमान ढोका दरवार क्षेत्र आसपास झक्तजन तथा दर्शनार्थीहरुको उल्लेख्य भीड लाग्ने गर्दछ । काठमाडौंको विभिन्न टोल तथा बस्तीबाट समेट सास्कृतिक झााँकी, नाच तथा परमपरागत बाजागाजासहित जात्रामा सहभागी हुने परम्परा  रहेको छ । 

नेवार समुदायको परम्परा अनुसार वर्षको देवता इन्द्रसँग सम्वन्धित पूजा भएकोले विभिन्न धार्मिक गतिविधिहरु ग्रिन्छ । इन्द्रजात्राको मुख्य आर्कषण कुमारी, गणेष, र भैरवको रथयात्रा पनि मुख्य मानिन्छ । यसै अवसरमा वसन्तपुर तथा काठमाणैंका विभिन्न स्थानमा रथयात्रा र साँस्कृतिक कार्यक्रमहरु प्नि गरिन्छ ।  
यस जात्राले काठमाण्डौंका. मौलिक कला , संस्कृति , परम्परा र सम्पदालाई उजागर गर्दै पुस्तान्तरणमा समेत महत्वपूर्ण भूमिका खेल्दै आएको छ । इन्द्रजात्राको अवसरमा देश तथा विदेशबाट समेत पर्यटक तथा दर्शनार्थिहरुको भिड लाग्ने गर्दछ । 

प्रतिक्रिया