समाजवादी फोरमको सांस्कृतिक, खेलकुद र उद्योग महासंघ गठन

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२२ साउन २०७२, शुक्रवार
समाजवादी फोरमको सांस्कृतिक, खेलकुद र उद्योग महासंघ गठन

काठमाडौं

संघीय समाजवादी फोरम नेपालका विभिन्न भातृ संगठनहरुको समायोजन कार्यक्रमहरुलाई तीव्र बनाइएको छ । मधेसी जनअधिकार फोरम नेपाल, संघीय समाजवादी पार्टी नेपाल र खस समावेशी राष्ट्रिय पार्टीबीच गत जेठ ३२ पार्टी एकिकरण भएपश्चात भातृ र पेसागत संगठनहरुको समायोजन प्रक्रिया तीव्र बनाइएको हो । समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यमा साउन २१ गते समाजवादी फोरमसम्बद्ध संघीय सांस्कृतिक महासंघ, संघीय खेलकुद महासंघ, नेपाल उद्योग तथा व्यवसाय महासंघको नव गठित समितिको घोषणा गरियो ।

घनराज सुब्बाको अध्यक्षतामा ४५ सदस्यीय संघीय सांस्कृतिक महासंघ, पुर्णबहादुर बस्नेतको अध्यक्षतामा ४९ सदस्यीय संघीय खेलकुद महासंघ तथा राधाकृष्ण महर्जनको अध्यक्षतामा २५ सदस्यीय नेपाल उद्योग तथा व्यवसाय महासंघमा चयन गरिएको छ ।

प्रतिक्रिया