सिन्धुली जिल्लाको मरिणस्थित ठाकुरदरबारलाई स्थानीय आदिवासी मगरहरुले आफनो जातिको प्रथाजन्य ऐतिहासिक पुख्र्योली भूमिका रुपमा पुनर्दावी गर्ने भएका छन् ।
मल्लकालीन समय देखि नै त्यस भेगमा मगरहरुको बसोबास भएका कारण सो दरबार आफनो पुर्खा ठाकुर राजाको भएको उहाँहरुको दावी छ । तथापि यस सम्बन्धी पुरातत्वविदहरुले अनुसन्धान गरेर आफनो निश्कर्ष भने दिएको छैनन् ।
सिन्धुली जिल्लाको मरिण गाउँपालिका वडानम्बर २ स्थित सामुदायिक बन क्षेत्र भित्र रहेको ठाकुर दरबारडाँडा मदनभण्डारी लोकमार्गको गर्दवा चोकबाट २ किलिोमिटर दुरीमा रहेको छ । कुनै समयमा ठाकुर नामका मगर राजाको दरबार रहेको स्थानीयको विश्वास छ ।
अहिले स्थानीय सरकारले यो दरबार क्षेत्रलाई उत्खनन् गरेर भ्यू टावर लगायतको संरचना बनाउन थालेको छ । यहाँ उत्खनन् गरेर नयाँ संरचना बनाउँदा अनेकौ माटोका भाँडा, धातुका बस्तुहरु र मुर्तीहरु भेटिएका स्थानीय बलराम गुर्मछान् मगर बताउनु हुन्छ ।
ठाकुरबंशको उत्पत्ति दैवीय शक्तिबाट भएको र यो वंश आफै ध्वस्त भएको विभिन्न इतिहासकारहरुले उल्लेख गरेकाछन् । इतिहासमा ठाकुरलाई अत्यन्त पवित्र र धार्मिक आस्थाका रुपमा लिने गरिएको उल्लेख छ । हालको मरिणका मगरहरुले पनि यो दरबारका राजा ठाकुर धार्मिक, दैवीशक्तिले भरिएको र अलौकिक शक्तिसम्पन्न भनेर विश्वास गरेको पाइन्छ ।
उहाँले दरबार क्षेत्रमा भेटिएको सिंहको चित्रसहितको शिला आफनो घरमा सुरक्षित राख्नु भएको छ । ‘केही शिलाहरु जंगलमा पनि अलपत्र अवस्थामा छन्, केही हराएका पनि होलान्, यसको अनुसन्धान गरेर दस्तावेजीकरण र संरक्षण गर्न आवश्यक छ ।’ बलरामले बताउनु भयो ।
मरिण गाउँपालिकाको त्यस क्षेत्रमा मगरहरुको परम्परागत बस्ती रहेको स्थानीय अभियन्ता रुद्रबहादुर थापा मगरको भनाइ छ ।
उदयपुर देखि मकवानपुरसम्मको भित्री मधेश क्षेत्रमा रहेका गढी क्षेत्र आसपासको जातीय जनसंख्याको विश्लेषणमा मगरजाति र गढीको अन्तरसम्बन्ध गहिरो देखिन्छ, यसैले ठाकुर राजा पनि मगर रहेको उहाँको अनुमान छ ।
उहाँले ठाकुर नाम राख्ने मगर परम्परा नभए पनि यसक्षेत्रमा वैवाहिक सम्बन्ध भएका मगरहरुको कुुटुम्ब हुनसक्ने पनि अनुमान गर्नू भयो । तैपनि ज्वाईलाई ‘ज्वाई ठाकुर’ भनिएको हुन सक्ने उहाँको अनुमान छ ।
ठाकुर राजा को हुन् ?
इतिहासकारहरुले सिमरौनगडका राजा हरिसिंहदेवको वा उनको सन्तानको यो दरबार हुनसक्ने संकेत गरेका छन् । विसं १३८१ ताका सिमरौनगढका हरिसिंहदेव शक्तिाशाली राजा थिए । उनले ठाकुर बंश चलाएको इतिहासमा उल्लेख छ ।
ठाकुरबंशको उत्पत्ति दैवीय शक्तिबाट भएको र यो वंश आफै ध्वस्त भएको विभिन्न इतिहासकारहरुले उल्लेख गरेकाछन् । इतिहासमा ठाकुरलाई अत्यन्त पवित्र र धार्मिक आस्थाका रुपमा लिने गरिएको उल्लेख छ । हालको मरिणका मगरहरुले पनि यो दरबारका राजा ठाकुर धार्मिक, दैवीशक्तिले भरिएको र अलौकिक शक्तिसम्पन्न भनेर विश्वास गरेको पाइन्छ ।
बिसं १३८१मा दिल्लीका मुसलमान गियाशुद्धिन लुगलकले सिम्रौनगढ राज्यमा भिषण आक्रमण गरेर राज्य ध्वस्त बनाएकाो थिए ।
यस क्रममा हरिहरसिंह देव भागेर काठमाडौ जान नसकी नजिकैको पहाडमा लुकेर बसेको इतिहासमा उल्लेख छ । सम्भवतः त्यही लुकेको स्थान ठाकुर दरबार हुन सक्ने एकथरीको अनुमाने छ ।
आदिवासीको पुख्यौली भूमि र थातथलो उनीहरुको प्रथा, परम्परा र संस्कारसंग जोडिन्छ । यस प्रकारको ऐतिहासिक पुरातात्विक महत्वको संरचना राज्यले संरक्षण गर्नू पर्छ र यहाँका आदिवासीहरुको स्वामित्वमा रहनु पर्छ ।’
विद्यालंकार एसकेले आफनो पुस्तक मोर्डन हिस्टी अफ एशियामा सिम्रोनगढको युद्धका बारे उल्लेख गर्दै राजा हरिहरसिंह देवले ‘पहाडमा लुकेको स्थानमा नै सानो किल्ला बनाई रहन थाल’े भनेका छन् ।
यो प्रसंग भने हरिहरपुर गढीका नामाकरणसम्बन्धमा उल्लेख छ । राजा हरिहरसिंह देवको नामबाट हरिहरपुर गढी भएको मानिन्छ । र, हरिहरसिंह देवले राज्य घोषणा भएको एक बर्ष नपुग्दै पाल्पाका राजा मुकुन्दसेनले कव्जा गरे पछि हरिहरसिंह देव पूर्वतर्फ भागे भन्ने इतिहासमा उल्लेख छ । सम्भवतः हरिहरसिंह भागेर मरिणको गर्दवा भनिइने घोर जंगलमा किल्ला बनाएर बसेका हुन सक्छन् । जसलाई कालान्तरमा ठाकुर दरबार भनियो ।
मगरहरुले ठाकुर राजालाई आफनो पुर्खा ठान्छन् । हरिहरसिंह देव र सिम्रौनगढ राज्य तथा हरिहरपुर गढीसंगको मगरसम्बन्ध बारे थप अध्ययन गरेमा निश्कर्षमा पुग्न सकिन्छ ।
मगर अध्येताहरुका अनुसार गढीहरुसंग मगरहरुको विशेष सम्बन्ध रहेको छ । मकवानपुर गढी, हरिहरपुर गढी, उदयपुर गढीलगायतका गढी आसपासमा मगरहरुको बाहुल्यता भएका कारण पनि गढीहरुसंग मगरहरुको सम्बन्ध प्रष्ट हुन्छ । तर पनि मगरहरुको ऐतिहासिक थातथलो भने त्यहाँ होइन । मगरहरुको थातथलो बाह्र मगरात र अठार मगरात हालको पाल्पा, गुल्मी, बाग्लुग, म्यग्दी, रोल्पा तथा रुकुम हो ।
पाल्पाका तत्कालीन शासक मुकुन्द सेनसंग भने उनीहरुको बिशेष जातीय सम्बन्ध भएको अनुमान गर्न सकिन्छ । पाल्पाका मुकुन्दसेन तथा मकवानपुरका सेन राजाहरुले पूर्वतिर राज्य विस्तारसंगै मगरहरु बिस्तार भएका हुन सक्छन् ।
त्यतिबेला सेन राज्यको सेनामा मगरहरुको विशेष भूमिका थियो । सेन राजाको प्रभावसंगै मगरहरुले सैनिक अधिकारी, मुखिया तथा सुरक्षा अधिकारी भएर ती स्थानमा बसोबास गर्न थालेका हुन सक्छन् । सिन्धुलीको हरिहरपुर गढी, ठाकुर दरबार तथा उदयपुर गढी आसपासमा मगर बसोबासको ऐतिहासिकता यही कारणबाट भएको हुन सक्छ । तर यसैका आधारमा मरिणको ठाकुर दरबारका राजा मगर थिए भन्ने कुराको भने स्वतन्त्र पुष्टी हुन सक्दैन । तथापि ठाकुरराजाको सम्बन्ध मगरहरुसंग हुन सक्छ । स्थानीयहरुले सुनाएको कथन अनुसार ठाकुर मगर चेलीसंग विवाह गरेर त्यहाँ बसेका पनि हुन सक्छन् ।
ठाकुर राजासंग भक्तपुरका राजासंग पटक पटक युद्ध भएको त्यस भेगमा प्रसस्त किम्बदन्ती सुन्न सकिन्छ । शिर र शरीर क्षेदन गरेर हत्या गरे पनि शरीरका यी दुइ भागा पुन जोडिएमा पुनर्जिवित हुनसक्ने अजम्बरी दैवीशक्ति ठाकुर राजासंग भएको कथन छ । यस्तो अजम्बरी शक्ति पाएका ठाकुर राजालाई शिरक्षेदन गरी टाउको झोलामा राखेर भत्तपुरका सेनाहरुले लैजादै गर्दा बाटैमा टाउको फुत्केर लड्दै जाँदा उज्यालो भए पछि शरीर र शिर जोडिन नपाई उनको जीवन लीला समाप्त भएको किम्बदन्ती स्नेको स्थानीय चुल बहादुर आलेको भनाइ छ ।
अहिले पनि ठाकुर राजाको शरीर काटेको स्थानलाइ ‘घिच्राकाटेको स्थान’ मरिणमा रहेको छ । जहाँ अर्धकदको शिला देख्न सकिन्छ । टाउकोको शिला भने रामपुरको घट्टेखोलास्थित ठाकुरथानमा रहे पनि पछि चोरी भएको स्थानीयको भनाइ छ ।
जे भए पनि ठाकुर राजाको अस्तित्व त्यस दरबारमा रहेकोमा कुनै विवाद छैन । हाल उत्खनन् गरिएको दरबार क्षेत्रमा पाइएका सिंह र बाघको चित्र सहितको शिला, ढोकाको चौकोस, ईटा तथा माटाका भाँडाकुँडाहरु हेर्दा यो स्थान पुरातात्विक महत्वको देखिन्छ । केही शिलाहरु जंगलमा छरिएका छन् भने केही मुर्तीहरु हराएका छन् । अझ स्थानीय सरकारले भ्युटावर बनाएर र आधुनिक मन्दीर स्थापाना गरिए पछि यो ऐतिहासिक महत्वको दरबार क्षेत्र मासिने सम्भवना बढेर गएको छ ।
स्थानीय मगरहरुको दावी
मरिणका मगरहरुले आफनो पुर्खाको दरबार क्षेत्र समुदाय आफैले संरक्षण गर्ने गरी दावी गरिरहेका छन् । तर यो सामुदायिक वन क्षेत्र भित्र पर्ने भएकाले अहिले सम्भव नभएको मरिण गाउँपालिका वडानम्बर १ का वडा अध्यक्ष हिरामान ुगुर्माछानको भनाइ छ । बृहद रुपमा छलफल गरेर मगरहरुको प्रथाजन्य भुमि कायम गर्ने उहाँको प्रतिबद्धता थियो ।
विद्यालंकार एसकेले आफनो पुस्तक मोर्डन हिस्टी अफ एशियामा सिम्रोनगढको युद्धका बारे उल्लेख गर्दै राजा हरिहरसिंह देवले ‘पहाडमा लुकेको स्थानमा नै सानो किल्ला बनाई रहन थाले’ ’भनेका छन् ।
यो प्रसंग भने हरिहरपुर गढीका नामाकरणसम्बन्धमा उल्लेख छ ।
आदिवासी अधिकारकर्मी तथा अधिवक्ता दिलप्रसाद मगर यस प्रकारका प्रथाजन्य भूमि आदिवासीकै स्वामित्वमा हुनु पर्नेमा जोड दिनु हुन्छ । आदिवासीको अधिकार सम्बन्धी संयुक्त राष्टसंघीय घोषणापत्र र आइएलओ महासन्धी नम्बर १६९ले आदिवासीको प्रथाजन्य भूमि आदिवासीकै स्वामित्व, नियन्त्रणमा हुने भएकाले ठाकुर दरबारको सन्चालन, संरक्षण र सम्बद्र्धन कार्य यहाँका मगरहरुले गर्ने माँग गरिरहेको सन्दर्भ उचित भएको बताउनु भयो ।
‘आदिवासीको पुख्यौली भूमि र थातथलो उनीहरुको प्रथा, परम्परा र संस्कारसंग जोडिन्छ । यस प्रकारको ऐतिहासिक पुरातात्विक महत्वको संरचना राज्यले संरक्षण गर्नू पर्छ र यहाँका आदिवासीहरुको स्वामित्वमा रहनु पर्छ ।’ अधिवक्ता मगरले भन्नु भयो ।
मरिण गाउँपालिका वडा नम्बर १का जीवन राना मगरले पनि ठाकुर राजासम्बन्धी किम्बदन्ती मगर समुदायमा मात्र रहेको बताउनु भयो । ‘यहाँ अन्य समुदायको पनि बसोबास छ, तर अरु समुदायले ठाकुर दरबारको कुरा गर्दैनन् ।’राना मगरले थप्नु भयो–‘त्यसैले ठाकुर दरबार मगर जातिसंग सम्बन्धीत हुनु पर्छ ।’






