कोशी प्रदेशको नाम खारेज गरी किरात प्रदेश नामकरणको मागसहित किरात राई यायोक्खाको १२औँ राष्ट्रिय महाधिवेशन विराटनगरमा विराटनगरमा आयोजना हुने भएको छ ।
यायोक्खाले आइतवार काठमाण्डौंमा पत्रकार सम्मेलनमार्फत महाधिवेशनको तयारी पूरा भएको जानकारी दिँदै कोशी प्रदेशको नाम खारेज गरी ऐतिहासिक पहिचानका आधारमा ‘किरात प्रदेश’ नामकरण गर्नुपर्ने माग सहित अबिधेशन गर्न लागेको जानकारी दिएको हो ।
किरात राई यायोक्खाका अनुसार विगत चार दशकदेखि किरात राई समुदायलाई संगठित गर्दै भाषा, संस्कृति, पहिचान र अधिकार संरक्षणका लागि संस्थाले निरन्तर अभियान सञ्चालन गर्दै आएको छ। । यायोक्खाको संगठनात्मक संरचना नेपालका विभिन्न जिल्लादेखि विदेशसम्म विस्तार भएको जनाइएको छ ।
यायोक्खाले ‘सभ्यता, संस्कृति, भूगोल र इतिहासको सम्मानको लागि बृहत् एकता, कोशी नाम खारेज र किरात प्रदेश नामांकन, प्रदेशको प्रतिबद्धता’ भन्ने नारासहित महाधिवेशन सम्पन्न गर्ने जनाएको छ।
महाधिवेशन २०८३ साल असोज ११, १२ र १३ गते विराटनगरमा आयोजना हुँदैछ । असोज ११ गते बिहान १० बजे विराटनगरस्थित वीरेन्द्र सभागृहमा महाधिवेशनको उद्घाटन हुने जनाइएको छ। । उद्घाटन समारोहमा कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङको प्रमुख आतिथ्यता रहने छ ।
कोशी प्रदेशको नाम खारेज गरी किरात प्रदेश नामकरणको मागसहित किरात राई यायोक्खाको १२औँ राष्ट्रिय महाधिवेशन विराटनगरमा विराटनगरमा आयोजना हुने भएको छ ।
यायोक्खाले आइतवार काठमाण्डौंमा पत्रकार सम्मेलनमार्फत महाधिवेशनको तयारी पूरा भएको जानकारी दिँदै कोशी प्रदेशको नाम खारेज गरी ऐतिहासिक पहिचानका आधारमा ‘किरात प्रदेश’ नामकरण गर्नुपर्ने माग सहित अबिधेशन गर्न लागेको जानकारी दिएको हो ।
महाधिवेशन उद्घाटनका क्रममा विभिन्न मौलिक किरात सांस्कृतिक झाँकीसहित किरात राई समुदायका कलाकारहरूको सांस्कृतिक प्रस्तुति तथा गीत–संगीत प्रस्तुत गरिनेछ । यसले किरात राई समुदायको भाषा, संस्कार, संस्कृति र मौलिक पहिचानलाई सार्वजनिक रूपमा उजागर गर्ने छ ।
महाधिवेशनको बन्दसत्रमा किरात राई जातिको सभ्यता, संस्कृति, पहिचानलगायतका विषयमा प्राज्ञिक कार्यपत्र प्रस्तुत, व्यापक छलफल तथा आवश्यक निर्णय गरिनेछ। यायोक्खाका अनुसार बन्दसत्रमा चार सयभन्दा बढी प्रतिनिधि सहभागी हुने आयोजकले जनाएको छ ।
महाधिवेशनबाट नयाँ केन्द्रीय कार्यसमिति चयन गर्नुका साथै विराटनगर घोषणापत्र जारी गर्ने तयारीसमेत गरिएको सचिब भिम राईले बताउनु भयो । विदेशमा रहेका किरात राई तथा गैरकिरात समुदायलाई समेत महाधिवेशनमा सक्रिय सहभागिता र सहयोगका लागि यायोक्खाले आह्वान गरेको छ ।
किरात राई यायोक्खाका अध्यक्ष जीवन हाताछो राई र महासचिव भीमाराज राईद्वारा जारी वक्तव्यमा किरात सभ्यता, संस्कृति, इतिहास र पहिचानको सम्मान गर्दै राज्य संरचनामा समेत ऐतिहासिक पहिचान स्थापित गर्नुपर्नेमा जोड दिइएको छ ।