थारु कल्याणकारिणी सभा उपत्यका कार्यसमितिको ९औं अधिवेशन काठमाडौंमा शनिवार सम्पन्न, शत्रुधन चौधरीको सभापतित्वमा १८ नयाँ कार्यसमिति गठन

सरला चौधरी
सरला चौधरी२८ भदौ २०८३, आइतवार
थारु कल्याणकारिणी सभा उपत्यका कार्यसमितिको ९औं अधिवेशन काठमाडौंमा शनिवार सम्पन्न, शत्रुधन चौधरीको सभापतित्वमा १८ नयाँ कार्यसमिति गठन

थारु कल्याणकारिणी सभा उपत्यका कार्यसमितिको आयोजनामा थारु कल्याणकारिणी सभा उपत्यका कार्यसमितिको ९औं अधिवेशन काठमाडौंमा शनिवार सम्पन्न भएको छ ।

प्रमूख अतिथि थारु कल्याणकारिणी सभाको केन्द्रिय अध्यक्ष प्रेमीलाल चौधरीले अधिवेशनको उद्घाटन गर्नुभएको थियो । अधिवेशनले शत्रुधन चौधरीको सभापतित्वमा  १८ नयाँ कार्यसमिति गठन गरेको छ । जस्मा  उप सभापतिमा रामस्वागत चौधरी, किरण चौधरी र तारा चौधरी सर्वसहमत चयन हुनुभएको छ भने कोषध्यक्षमा नन्दुराज चौधरी सर्वसहमत चयन हुनुभएकोछ । त्यसैगरी सचिवमा उमेश कुमार चौधरी, सहसचिवमा ललिता कुमारी चौधरी, चयन हुनभएको छ । सदश्यहरुमा अनिता कुमारी चौधरी, शुसिला चौधरी , मधुसुदन चौधरी, सुरेश कुमार चौधरी, जलेश चौधरी , दिनेश कुमार चौधरी, प्रतिमा गच्छेदार, भुमिका चौधरी, विना कुमारी चौधरी, अञ्जु चौधरी र शुशिला चौधरी चयन हुनुभएको छ ।

प्रमूख अतिथि थारु कल्याणकारिणी सभाको केन्द्रिय अध्यक्ष प्रेमीलाल चौधरीले अधिवेशनको उद्घाटन गर्नुभएको थियो । अधिवेशनले शत्रुधन चौधरीको सभापतित्वमा  १८ नयाँ कार्यसमिति गठन गरेको छ ।

नयाँ नेतृत्वले थारु समुदायको भाषा, कला, संस्कृति र परम्पराको संरक्षणसँगै समुदायका समसामयिक समस्या तथा अधिकारका सवालमा प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ

प्रदेश सरकारले निजामती विधेयक बनाइसकेको भएता पनि संघीय सरकारले निजामती विधेयकको साथै निजामति प्रहरी आर्मी शिक्षासेवा लगाएत हरेक निकायमा निजामती विधेयक पास नभएपछि थारुहरु अधिकार बाट बञ्चित भएको अबस्था रहेको  थारु अगुवाहरुले गुनासो गरेका छन् । उनीहरुले सरकारले तुरुन्तै थारुहरुको मागमुद्धा समेटिएको विधेयक पास गरी थारुहरुको अधिकार सुरक्षित गर्न आग्रह समेत गरेका छन् ।

 थारु कल्याणकारिणीको केन्द्रिय अध्यक्ष प्रेमीलाल चौधरीले राज्यले थारुहरुको लागि कलस्टर बनाए पनि अधिकारहरु ऐनहरु कार्यान्वयन हुन नसकेको बताउनु भयो । तुरुन्तै थारुहरुको माग समेटिएको विधेयक पास गरेर कार्यान्वयन गर्न आग्रह गर्नु भयो ।

दर्दियाली थारु विकास मंचका अध्यक्ष सिताराम चौधरीले शुभकामना मनतब्यको क्रममा जव सम्म मातृ भाषलाई अगाडि बढाउन सकिदैन तवसम्म अरु अधिकारका लडाई लड्न नसकिने बताउनु भयो । राज्यले थारुहरुलाई फुटाउन खोजेको भन्दै थारुहरु अलग भए उहाँले थारुहरुको पहिचान हराउने जिकीर गर्नु भयो ।

स्वागत मनतब्यकै क्रममा युवा उद्यमी निस्राउ ग्रुपका अध्यक्ष शिवबहादुर चौधरीले अबिधेशन नेतृत्व चयन गर्ने माध्यम मात्र नभएर पुरानो कमीकम्जोरीलाई समिक्षा गर्दै नयाँ भविश्यको कार्यदिशा तय गर्ने माध्यम भएको उल्लेख गर्नु भयो ।

कार्यक्रममा स्थानीय विकास प्रतिस्थानका पूर्व कार्यकारी निर्देशक कानुनलाल चौधरी, थारु महिला सभाका ललीता चौधरी, थारुविद्यार्थी सभाका अध्यक्ष विमल चौधरी, थारु विद्यार्थी सभाको शुसिला चौधरी, अधिबक्ता बुद्धसेन चौधरी, नेमसिङ्ग चौधरी, कानुन लाल चौधरी,  लगाएतले शुभकामना मन्तब्य दिएका थिए ।ं कार्यक्रमको स्वागत मन्तव्य अग्रासन थारु महिला समाजको उपाध्यक्ष किरण चौधरीले दिनु भएको थियो ।

कार्यक्रममा सहभागी वक्ताहरूले थारु समुदायको पहिचान र संस्कृतिको संरक्षणका लागि सामूहिक प्रयास आवश्यक रहेको बताउँदै नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कृति र इतिहाससँग जोड्नुपर्नेमा जोड दिएका थिए ।

अब आउने नेतृत्वले थारुहरुको मागमुद्धा लिएर आवाज उठाउन सक्ने सक्षम व्यक्ति आउनु पर्ने कलाकार अञ्जु चौधरीले बताउनु भयो ।

प्रतिक्रिया