सुनुवार समुदायको अमूर्त सांस्कृतिक सम्पदा संरक्षण तथा प्रवद्र्धनका लागि राष्ट्रिय सांस्कृतिक सम्मेलन–२०८३ सम्पन्न

Admin
Admin३१ जेठ २०८३, आइतवार
सुनुवार समुदायको अमूर्त सांस्कृतिक सम्पदा संरक्षण तथा प्रवद्र्धनका लागि राष्ट्रिय सांस्कृतिक सम्मेलन–२०८३ सम्पन्न

 सुनुवार समुदायको मौलिक भाषा, संस्कृति, परम्परा, कला तथा सांस्कृतिक पहिचानको संरक्षण, संवद्र्धन र पुस्तान्तरण गर्ने उद्देश्यले सुनुवार सेवा समाजको आयोजनामा तथा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सहकार्यमा राष्ट्रिय सांस्कृतिक सम्मेलन–२०८३ सुनुवार सेवा समाज संघिय समितिको कार्यालय कोटेश्वर काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ। 
सुनुवार सेवासमाजको अध्यक्ष अमृत सुनुवारको अध्यक्ष्ता  तथा आदिवासी जनजाति महासंघको अध्यक्ष नीमा ह्यल्मो लामाको प्रमूख आतिथ्यतामा सम्पन्न  सम्मेलनको उद्घाटन सुनुवार समुदायका अग्रज व्यक्तित्वहरु द्धारा सुनुवार जातिको परम्परागत विधिबाट गरीएको थियो। 
 राष्ट्रि«य आदिवासी जनजाति महिला महासंघकी अध्यक्ष सोभा सुनुवारको स्वागत मन्तव्य वाट  भएको सम्मेलनमा देशका विभिन्न जिल्लाबाट आएका सुनुवार समुदायका  सांस्कृतिक अभियन्ता, भाषा विज्ञ, अनुसन्धानकर्ता तथा युवा प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
 
कार्यक्रममा सुनुवार जातिको अमूर्त सांस्कृतिक सम्पदाका रूपमा रहेका मातृभाषा, लोकगीत, लोकनृत्य, मौखिक परम्परा, रीतिरिवाज, संस्कार तथा परम्परागत ज्ञानको संरक्षण र प्रवद्र्धनका विषयमा व्यापक छलफल गरिएको थियो ।

शुभकामना मनतब्यको क्रममा प्रतिष्ठानका निमित्त राम मादेन, विश्वव्यापीकरण र आधुनिकताको प्रभावका कारण लोपोन्मुख अवस्थामा पुगेका आदिवासी जनजातिका मौलिक संस्कृतिहरूको संरक्षणका लागि राज्य, समुदाय र सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको बताउनु भयो । उहाँले सुनुवार समुदायको भाषा र संस्कृतिलाई आगामी पुस्तासम्म हस्तान्तरण गर्न अनुसन्धान, अभिलेखीकरण तथा सांस्कृतिक शिक्षामा जोड दिनुपर्ने धारणा राख्नु भएको थियो ।


त्यसैगरी शुभकामना  मनतव्यकै क्रममा पूर्व माननीय यज्ञबहादुर सुनुवार आदिवासीका आआफनै मौलीक विशेष्ता छ तर नेपीसमाजमा आसाभन्दा निरासा बढीरहेको ले आदिवासीहरुका भाषा पहिचान खोजको लागि यस्ता कार्यक्रमहरुको अत्येन्तै महत्व रहेको वताउनु भयो । प्रमूख अतिथि नीमा लामाले आदिवासीको पहिचान भनेको भाषा संस्कृति नै हो त्यसैले आदिवासीका भाषा संस्कृति तथा संस्कार र भौतिक तथा अभौतिक प्रथाजनित  सांस्कृतिक र प्राकृतिक  प्रसम्पदाहरुको संरक्षणमा युवाको ठूलो भुमिका रहेको बताउनु भयो  

सम्मेलनमा सुनुवार समुदायका परम्परागत सांस्कृतिक झाँकी, लोकनृत्य, लोकसंगीत तथा मौलिक भेषभूषाको समेत प्रदर्शन गरिएको थियो। सांस्कृतिक प्रस्तुतिहरूले सहभागीहरूलाई सुनुवार समुदायको समृद्ध सांस्कृतिक विरासतसँग परिचित गराएको थियो।


जनजाति महासंघका उपाध्यक्ष तथा सुनुवार सेवा समाजका अध्यक्ष अमृत सुनुवारले आदिवासीअरुको आफनै निश्चित भूमि, पृथक कला , परम्परा, भाषा तथा नीवन शैली , प्रथाजन्य कानुन , संस्था र मौलीक बाजा हरु रहेका छन् । यी बाजा तथा ढोलक हरुको आ आप्mनै सास्कृतिक महत्व तथा विशेष्ता रहेको वताउनु भयो । साथै यही बाजा गाजाको तालमा पितृ तथा देविदेवताले अनुय विनय गर्न सक्ने र आर्शिवाद प्रकट गर्ने सामाजिक मान्यता रहेको वताउनु भयो ।  सुनुवार समुदायको ऐतिहासिक तथा सांस्कृतिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरिएको छ।
 

प्रतिक्रिया