“हाम्रो भूमि हाम्रो पहिचान आदिवासी महिला एकताको अभियान” भन्ने मुल नारा सहित राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको आयोजनामा सांकेतिक धर्ना काठमाडौको माईतिघर मण्डलामा सम्पन्न भएको छ ।
आदिवासी महिलाहरुको संबैधानिक हक तथा अधिकार सुनिश्चत गराउन, आदिवासी महिलाहरुको अर्थपुर्ण सहभागिता, समानुपातिक प्रतिनिधित्व, तथा अधिकारको सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराउन खबरदारीका लागि धर्ना कार्यक्रम राखिएको महासंघकी अध्यक्ष शोभा सुनुवारले जानकारी दिनु भएको छ ।
राज्यका सवै तह र निकायमा आदिवासी महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने, नीति निर्माणदेखि निर्णय प्रकृयासम्म समानुपातिक प्रतिनिधित्वको व्यवस्था गर्नुपर्ने प्रमूख माग उहाँहरुको छ ।
कार्यक्रममा महासंघकी अध्यक्ष सुनुवारले संविधानले प्रत्याभूत गरेको समावेशी तथा समानुपातिक प्रतिनिधित्वको व्यवस्था व्यवहारमा पूर्ण रुपमा कार्यान्वयन हुन नसकेको भन्दै सरकारलाई आवश्यक कदम चाल्न आग्रह गर्नु भयो ।
विभिन्न महिलावादी संघसंस्था तथा महिला अधिकारकर्मीहरुको सहभागिता रहेको कार्यक्रममा राज्य संरचनामा आदिवासी महिलाहरुको पहिचान सहितको अधिकारका साथै जल जमिन लगायतका प्रकृतिक स्रोतसाधन माथिको अधिकार सुनिश्चत गर्न सरकारसंग माग गरिएको थियो ।
आदिवासी महिलाहरु अझैपनि राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रको नेतृत्व तहमा पर्याप्तरुपमा प्रतिनिधित्व हुन नसकेको उुल्लेख गर्दै अध्इष सुनुवारले राव्यका सबै संरचनामा उनीहरुको पहँुच र सहभागिता बढाउन विशेष नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनु भयो । साथै, आदिवासी समुदायको पहिचान, अधिकार र प्रतिनिधित्व सुनिश्चित गर्न राज्यले संवेदनशील र उत्तरदायी भूमिका निर्वाहा गर्नुपर्ने धारणा रउहाँको थियो ।









