आज १९औं गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।
जननिर्वाचित पहिलो संविधानसभाबाट २)६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको दिनलाई गणतन्त्र दिवसको रूपमा मनाउने गरिएको छ ।
समारोहमा राष्ट्रपति, प्रधानमन्त्री लगायत विशिष्ट व्यक्तित्वहरुको सहभागीता रहको छ । सो समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्नुभएको छ ।
गणतन्त्र मनाउदै गर्दा गणतन्त्र स्थापना आन्दोलनमा आदिवासी जनजाति समुदायले खेलेको भूमिकालाई पनि स्मरण गरिएको छ । वि।सं। २)६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकले राजतन्त्रको अन्त्य गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो। गणतन्त्र स्थापना केवल राजनीतिक परिवर्तन मात्र नभई आदिवासी जनजाति, दलित, महिला, मधेसी तथा उत्पीडित समुदायको अधिकार र पहिचानको आन्दोलनको उपलब्धि भएको अधिकारकर्मीहरूले बताएका छन्।
२)६२र)६३ को जनआन्दोलन, संघीयता र पहिचानको आन्दोलनमा नेपाल आदिवासी जनजाति महासंघ लगायत विभिन्न आदिवासी संगठन सक्रिय रूपमा सहभागी भएका थिए। आन्दोलनका क्रममा आदिवासी समुदायले समानुपातिक प्रतिनिधित्व, आत्मनिर्णयको अधिकार, भाषा, संस्कृति र पहिचानको सुनिश्चितताको माग उठाएका थिए।
आदिवासी जनजाति अधिकारकर्मीहरूका अनुसार गणतन्त्रले संविधानमा समावेशिता, धर्मनरपेक्षता, संघीयता र समानुपातिक प्रतिनिधित्वका विषय संस्थागत गरेको भए पनि आदिवासी समुदायका धेरै अधिकार अझै पूर्ण रूपमा कार्यान्वयन हुन बाँकी छन्। भूमि, प्राकृतिक स्रोत, मातृभाषा शिक्षा र स्वायत्तताको सवाल अझै चुनौतीका रूपमा रहेको उनीहरूको भनाइ छ ।
यसैबीच विभिन्न प्रदेश सरकारले गणतन्त्र दिवसका अवसरमा जातीय भेषभूषा, सांस्कृतिक झाँकी तथा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरेका छन्। ।









