नेपाल बौद्धिक पेशाकर्मी महासंघ गठन

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१८ साउन २०७२, सोमवार
नेपाल बौद्धिक पेशाकर्मी महासंघ गठन


काठमाडौ

संघीय समाजवादी फोरम नेपालको भातृसंगठन नेपाल वौद्धिक पेशाकर्मी महासंघ गठन भएको छ । साउन १६ गते काठमाडौमा अध्यक्ष डा. उमाशंकर प्रसादको अध्यक्षतामा ४१ सदस्यीय तदर्थ समिति घोषणा भएको हो । महासंघको उपाध्यक्षहरु लक्ष्मीलाल श्रेष्ठ, जीतेन्द्रकुमार यादव, शारदा भण्डारी, महासचिव डा. गोपाल धौबन्जार, सचिवहरु भुदेव दाहाल, विनोदकुमार विश्वकर्मा, मञ्जारुल अन्सारी, कोषाध्यक्ष उत्तम श्रेष्ठ चयन भएका छन् ।

त्यस्तै, महासंघका सदस्यहरुमा डा.मनोजमान श्रेष्ठ, तेजनारायण प्रसाद यादव, सत्यनारायण साह, काशिन्द्र यादव, बलबहादुर गुरुङ, फनिन्द्र अधिकारी, डा.युवराज लिम्बू, दिनेश कुमार यादव, रामचन्द्र दास, योगेन्द्रप्रसाद यादव, लिला चेम्जोङ, अजय विक्रम स्थापित, राजकुमार झा छन् । अन्य सदस्यमा अन्सारुल हक अन्सारी, सुरेश गुप्ता, ताराप्रसाद यादव, चन्द्रकुमार भटराई, रजनी भोगी, नवलकिशोर यादव, प्रिती रमण, भोगेन्द्र यादव, शम्भू महतो, लक्ष्मण साह रहेका छन् ।

महासंघका पदेन सदस्यहरु ज्ञानबहादुर श्रेष्ठ (अध्यक्ष, संघीय समाजवादी प्राध्यापक फोरम, नेपाल), चुल्हाई यादव (अध्यक्ष, संघीय समाजवादी शिक्षक फोरम, नेपाल), बालकिशोर यादव (अध्यक्ष, स्वास्थ्यकर्मी फोरम, नेपाल), सिताराम साह (अध्यक्ष, संघीय समाजवादी इन्जिनियरिङ पेशाकर्मी फोरम, नेपाल), युवराज राई (अध्यक्ष, संघीय समाजवादी निजामति कर्मचारी पेशाकर्मी फोरम, नेपाल), दीपक राई (अध्यक्ष, संघीय समाजवादी कानुन व्यवसायी फोरम, नेपाल), गोविन्द छन्त्याल (अध्यक्ष, संघीय प्रेस फोरम, नेपाल), सतिश कुमार सिंह (अध्यक्ष संघीय समाजवादी वन कर्मचारी फोरम, नेपाल), राम नरेशप्रसाद यादव (अध्यक्ष, संघीय समाजवादी गैरसरकारी संस्था कर्मचारी फोरम, नेपाल) रहेका छन् ।
त्यस्तै, सल्लाहकार समिति प्रमुख बसन्तलाल श्रेष्ठ र सचिव सुरेन्द्र यादवलाई चयन गरिएको छ ।

घोषणा सभामा समाजवादी फोरम, नेपाल अध्यक्ष उपेन्द्र यादव, सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्ष रेणु यादव, उपमहासचिव दानबहादुर विश्वकर्मा, सचिव रत्नेश्वरलाल कायस्थ लगायत केन्द्रीय नेताहरु उपस्थित रहेका थिए ।

 

प्रतिक्रिया