प्रत्यक्ष र समानुपतिकबााट ६८ आदिवासी समुदायका सांसद प्रतिनिधिसभामा निर्वाचित, ४८ जाति संसद बाहिरै

कुमार यात्रु तामाङ
कुमार यात्रु तामाङ४ चैत २०८२, बुधवार
प्रत्यक्ष र समानुपतिकबााट ६८ आदिवासी समुदायका सांसद प्रतिनिधिसभामा निर्वाचित, ४८ जाति संसद बाहिरै

प्रतिनिधि सभामा स्वतन्त्र सहित सबै राजनीतिक दलका गरी ६८ आदिवासी जनजाति प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन ।  विघटित प्रतिनिधि सभाको तुलनामा नयाँ संसदमा  आदिवासी जनजातिको प्रतिनिधित्व घटेको हो । यस अघिको प्रतिनिधि सभामा ७१ जना  (२५.८१ प्रतिशत) आदिवासी जनजाति समुदायका सांसद थिए  ।  अहिले केवल  ६८ (२४.७२प्रतिशत) मात्र हुने भएको छ ।

संसदमा पुगेका स्वतन्त्र र ६ राजनीतिक दलहरुबाट पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) र समानुपातिक निर्वाचन प्रणालीबाट समेत गरी यो संख्या आएको हो । 

प्रत्यक्ष निर्वाचनबाट विभिन्न दलहरुबाट ३२ जना आदिवासी जनजातिले निर्वाचन जितेका थिए । थारु क्लस्टर सहित आदिवासी जनजातिबाट ३६ जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका छन् ।  प्रत्यक्ष र समानुपातिक गरी आदिवासी जनजातिको संख्या ६८ हुन्छ । यो संख्या  भनेको प्रतिनिधि सभाको कुल २७५ को २४ दशमलव  ७२ प्रतिशत मात्र हो । 

नेवार साँसद १८ जना  ः राष्ट्रिय स्वतन्त्र पार्टी नेवार सांसद (१४) भक्तपुर–१ बाट रुकेश रञ्जित, काठमाडौ–८ बाट विराजभक्त श्रेष्ठ, ललितपुर–१ बाट बुद्धरत्न महर्जन, धादिङ–१ बाट बोधनारायण श्रेष्ठ र पर्सा –४ बाट टेक बहादुर शाक्य त्यसैगरी समानुपातिकबाट सुम्निमा उदास, अनुष्का श्रेष्ठ, सिर्जना श्रेष्ठ, रजनी श्रेष्ठ, कुसुम महर्जन, भूमिका श्रेष्ठ, प्रमिला कुलुजु, कृपा महर्जन, खुस्बुसरकार श्रेष्ठ । प्रत्यक्षमा जितेका पाँच सहित रास्वपामा १४ जना नेवार समुदायका सांसद भएका छन् । नेपाली कांगे्रसबाट (२) मदनकृष्ण श्रेष्ठ र गंगालक्षमी अवाले, नेकपा एमालेले (२) गंगादेवी श्रेष्ठ र कुलभक्त शाक्य ।

निर्वाचन आयोगले प्रकासित गरेको  पछिल्लो तथ्याङ्क अनुसार  नेवार समुदायबाट  १८ जना  सांसद प्रतिनिधिसभमा पुगेका छन । नेपालको कुल जनसंख्यामा ४.६० प्रतिशत रहेको नेवाः आदिवासीको प्रतिनिधिसभाको उपस्थिति सन्तोषजनक मान्न सकिन्छ । १८ जना नेवा सांसदको प्रतिशत ६.५४ प्रतिशत हो । 

नेवा पछि प्रतिनिधि सभामा सबै भन्दा धेरै थारुहरुको उपस्थिति देखिन्छ । प्रतिनिधसभामा थारुहरु  १२ जना पुगेका छन् । यो प्रतिनिध सभाको कुल २७५ को केवल ४.३६ प्रतिशत हो । थारुको जनसंख्या १८ लाख ७ हजार १२४ अर्थात ६.२० रहेको छ । थारुहरुको बेग्लै क्लस्टर हुँदा हुँदै पनि जनसंख्याको अनुपातमा प्रतिनिधि पुगेको छैन । 

आदिवासीहरु मध्ये सबैभन्दा ठूलो जनसंख्या भएको मगर समुदाय प्रतिनिधिसभामा केवल ८ जना पुगेको छ । यो केवल २.९० प्रतिशत मात्र हो । जवकी मगरको जनसंख्या २० लाख २३ हजार  ३१५ अर्थात कुल जनसंख्याको ६.९३ प्रतिशत रहेको छ । 

थारु सांसद (१२) राष्ट्रिय स्वतन्त्र पार्टी थारु समुदायबाट प्रत्यक्षबाट (५) बाँके –१ बाट सुरेशकुमार चौधरी, सुनसरी –१ बाट अशोक कुमार चौधरी, सप्तरी–१ बाट पुष्पाकुमारी चौधरी सप्तरी –२ बाट अमरकान्त चौधरी र बर्दियाबाट ठाकुरसिंह थारु । समानुपातिकबाट रास्वपाको (४) गीता चौधरी, करिष्मा कठरिया, सुरेन्द्र चौधरी, प्रेमलाल चौधरी । समानुपातिकबाट नेपाली कांग्रेस (१) प्रमिलाकुमारी गच्छदार, एमाले समानुपातिकबाट (१) कृपाराम राना , नेकपा समानुपातिकबाट (१)  निराशा चौधरी ।

जनसंख्याको अनुपातमा लिम्बू समुदायको प्रतिनिधित्व सन्तोषजनक देखिन्छ । प्रतिनिधिसभामा लिम्बूको प्रतिनिधित्व ८ जना छ । लिम्बूको जनसंख्या ४ लाख १४ हजार ७०४ अर्थात १.४२ प्रतिशतको रहेकोमा प्रतिनिधिसभामा ८ जना अर्थात २.९० प्रतिशत प्रतिनिधित्व रहनु सन्तोषजनक मान्नु पर्छ । 

बरु १६ लाख ३९ हजार ८६६ अर्थात ५.६२ प्रतिशत जनसंख्या रहेको तामाङको प्रतिनिधित्व केवल ७ जना अर्थात २.५४ प्रतिशत मात्र रहेको छ । 

तामाङ (७) ः तामाङ समुदायबाट रास्वपाका  धादिङ–१ बाट आसिका तामाङ उदयपुर–२ बाट सूर्यबहादुर तामाङ । रास्वपाका समानुपातिकबाट बसुमाया तामाङ, डा. सुजाता तामाङ र डा.राम लामा छन् । नेपाली कम्युनिष्ट पार्टीबाट परशुराम तामाङ र राप्रपाबाट (१)  सरस्वती लामासहित तामाङ प्रतिनिधित्व ७ जना प्रतिनिधिसभामा ।

यसै गरी राई र गुरुङको प्रतिनिधसभामा ५-५ जना रहेको छ । ५ जना भनेको प्रतिनिधसभाको १.८१ प्रतिशत मात्र हो । जनगणना अनुसार राईको जनसंख्या ६ लाख ४० हजार ६७४ (२.२ं०) प्रतिशत) र गुरुङको जनसंख्या ५ लाख ४३ हजार ७९० अर्थात १.८६ प्रतिशत रहेको छ । प्रतिनिधिको हिसावले गुरुङ प्रतिनिधित्व स्वभाविक जस्तो भएपनि राई समुदायको प्रतिनिधित्व घाटामा छ । 

यस बाहेक ११ हजार ३४१ अर्थात कुल जनसंख्याको ०.०४ प्रतिशत मात्र रहेको थकालीबाट २ जना प्रतिनिधि पाएका छन् ।  यसै गरी शेर्पा (कुल जनसंख्या १,३०, ६३७), राजबंशी (कुल जनसंख्या २,५२,१०५), धिमाल (कुल जनसंख्या २५, ६४२) र छन्त्याल .कुल जनसंख्या ११, ९६३)  समेतका चार समुदायबाट एक-एक जना प्रतिनिध गर्न सफल भएका छन् । 

आदिवासीको बर्गिकरण अनुसार लोपोन्मूख समुदाय कुसबाडिया, किसान, कुसुन्डा, बनकरिया, मेचे, राउटे, राजी, लेप्चा, सुरेल र हायु सहितका समुदायबाट कुनै पनि प्रतिनिधित्व हुन सकेको छैन । 
त्यसै गरी अतिसिमान्कृत समुदाय चेपाङ, झाँगड, थामी, थुदाम, दनुवार, बराम, माझी, बोटे, सन्थाल, सियार, ल्होमी लगायतका समुदायको पनि प्रतिनिधित्व शुन्यको अवस्था रहेको छ । 

लिम्बू (८) ःकांग्रेसबाट प्रत्यक्षमा (२) तेह्रथुमबाट सन्तोष सुव्बा र पाँचथरबाट नरेन्द्र कुमार केरुङ । समानुपातिकबाट (२) भीष्मराज आङदम्बे र गीता कुमारी सेन्दाङ । नेकपा एमालेबाट प्रत्यक्षमा (२) सुहाङ नेम्बाङ इलाम–२ बाट र ताप्लेजुङबाट क्षितिज थेवे । समानुपातिक (१) बाट भूमिका सुव्वा । श्रम संस्कृति पार्टी (१) पूर्णप्रसाद लिम्बू । 

प्रतिनिधित्वका हिसावले सिमान्तकृत समुदायबाट तामाङ, थारु, धिमाल, राजबंशी समुदायको प्रतिनिधित्व रहेपनि कुमाल, गनगाई, डोल्पो, ताजपुरिया, तोप्केगोला, दराई, दुरा, पहरी, भूजेल, भोटे, मुगाली, लार्के, वालुङ, सुनुवार, ल्होपा, र फ्रि जस्ता समुदायको प्रतिनिधित्व हुन सकेको छैन । 

सुविधा बन्चित समुदायकै पनि जिरेल, तीनगाउँले थकाली, ताङ्वे, बाह्रगाउँले, व्यासी, मार्फाली थकाली, याक्खा, ह्योल्मो प्रतिनिधित्वबाट छुटेका छन् । यो समूहबाट गुरुङ, छन्त्याल, मगर, राई, लिम्बू र शेर्पाको मात्र प्रतिनिधित्व सम्भव भएको छ । 

आदिवासीको दलीय सहभागीता 
आदिवासी जनजातिलाई संसदमा पुर्‍याउन सबैभन्दा धेरै राष्ट्रिय स्वतन्त्र पार्टीको योगदान धेरै छ । यो पार्टीले प्रत्यक्ष र समानुपातिक गरी ३६ आदिवासीलाई संसदमा लगेको छ । जातीय आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट नेवार समुदायका ५ जनाले प्रत्यक्षमा चुनाव जितेका छन् । भक्तपुर–१ बाट रुकेश रञ्जित, काठमाडौ– ८ बाट विराजभक्त श्रेष्ठ, ललितपुर –१ बाट बुद्धरत्न महर्जन, धादिङ––१ बाट बोधनारायण श्रेष्ठ र पर्सा ४ बाट टेक बहादुर शाक्य छन्  । अन्य दलले प्रत्यक्षमा कुनै पनि नेवारले चुनाव जितेका छैनन् । 

त्यसैगरी समानुपातिकबाट सुम्निमा उदास, अनुष्का श्रेष्ठ, सिर्जना श्रेष्ठ, रजनी श्रेष्ठ, कुसुम महर्जन, भूमिका श्रेष्ठ, प्रमिला कुलुजु, कृपा महर्जन, खुस्बुसरकार श्रेष्ठलाई रास्वपाले पठाएको छ ।  प्रत्यक्षमा जितेका पाँच सहित रास्वपामा १४ जना नेवार समुदायका सांसद भएका छन् । नेपाली कांग्रेसबाट  मदनकृष्ण श्रेष्ठ र गंगालक्ष्मी र अवाले नेकपा एमालेले  गंगादेवी श्रेष्ठ र कुलभक्त शाक्य लाई मनोनयन गरेको छ ।

राई (५)  ः श्रम संस्कृति पार्टी राई समुदायका (३)  सुनसरी–१ बाट हर्कराज राई, खोटाङ–१ बाट आरेन राई र भोजपुर– १ बाट ध्रुवराज राई  । नेपाली कांग्रेस (१) बाट निश्कल राई इलाम–१ बाट   नेकपा एमाले (१) र राजेन्द्र कुमार राई धनकुटाबाट  ।

गुरुङ (५ं) ः राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रत्यक्ष निर्वाचित (३) बिना गुरुङ, कास्की–३, सुधन गुरुङ गोरखा–१, समानुपातिकबाट  एलिजा गुरुङ, नेपाली कांग्रेसबाट प्रत्यक्षमा (१) टेक बहादुर गुरुङ (मनाङ) । समानुपातिकबाट गीता गुरुङ ।  

थारु समुदायबाट प्रत्यक्षमा चुनाव जित्नेहरु पनि राष्ट्रिय स्वतन्त्र पार्टीका छन् । चुनाव जित्ने थारुहरुमा बाँके–१ बाट सुरेशकुमार चौधरी, सुनसरी–१ बाट अशोक कुमार चौधरी, सप्तरी–१ बाट पुष्पाकुमारी चौधरी सप्तरी –२ बाट अमरकान्त चौधरी र बर्दियाबाट ठाकुरसिंह थारुले चुनाव जितेका हुन् । यो पार्टीबाट ५ जना थारुले चुनाव जितेकोमा अरु दलले कुनै सिट प्राप्त गर्न सकेका छैनन् । 

समानुपातिकबाट रास्वपाले गीता चौधरी, करिस्मा कठरिया, सुरेन्द्र चौधरी, प्रेमलाल चौधरी र नेपाली कांग्रेसले समानुपातिकबाट प्रमिलाकुमारी गच्छदार, एमालले  समानुपातिकबाट कृपाराम राना , नेकपाले निराशा चौधरीलाई पठाएको छ । 

लिम्बू सांसदमा नेपाली काग्रेसबाट प्रत्यक्षमा तेह्रथुमबाट सन्तोष सुव्वा र पाँचथरबाट नरेन्द्र कुमार केरुङले जितेका छन् । समानुपातिकबाट भीष्मराज आङ्दम्बे र गीता कुमारी सेन्दाङलाई कांग्रेसले पठाएको छ । नेकपा एमालेबाट प्रत्यक्षमा सुहाङ नेम्बाङ इलाम–२ बाट र ताप्लेजुङबाट क्षितिज थेवेले चुनाव जितेका छन् । समानुपातिकबाट एमालेकी  भूमिका सुव्वा र श्रम संस्कृति पार्टीका पूर्णप्रसाद लिम्बूले यस समुदायको प्रतिनिधित्व गरेका छन् । 

तामाङ समुदायबाट दुई जनाले प्रत्यक्षमा चुनाव जितेकोमा दुवैजना रास्वपाका हुन् ।  धादिङ–१ बाट आशिका तामाङ उदयपुर–२ बाट सूर्यबहादुर तामाङ हुन् । प्रत्यक्षमा चुनाव जित्नेमा तामाङ समुदायका अन्य दलबाट कोही पनि छैनन् । रास्वपाका समानुपातिकबाट बसुमाया तामाङ, डा. सुजाता तामाङ र डा. राम लामा छन् । नेपाली कम्युनिष्ट पार्टीबाट परशुराम तामाङ र राप्रपाबाट सरस्वती लामासहित तामाङ प्रतिनिधित्व ७ जना पुगेको छ । 

थकाली (२): रास्वपाको थकाली समुदायबाट (१) योगेश थकाली मुस्ताङ । समानुपातिकबाट ओजश्वी शेरचन ।
राजबंशी (१): रास्वपाको राजबंशी समुदायबाट (१) मोरङ–४ का सन्तोष राजबंशी  । 
शेर्पा (१): रास्वपाबाट मिङ्मा ग्यावुु शेर्पा ।
छन्त्याल (१): रास्वपाकी  गंगा छन्त्याल । 

मगर समुदायबाट झापा –२ बाट पूर्व उपसभामुख इन्दिरा राना मगर र पाल्पा– १ बाट सन्दिप रानाले र  नेपाली कम्युनिष्ट पार्टीबाट वर्षमान पुन रोल्पाबाट र धन बहादुर बुढाले डोल्पाबाट चुनाव जितेकोमा समानुपातिकबाट नेकपाकी भीम कुमारी बुढामगर, नेकपा एमालेले राम बहादुर थापामगर, नेपाली कांग्रेसबाट रेनुका काउछामगर र स्वतन्त्र उठेका म्याग्दीबाट महावीर पुनले मगर समुदायको प्रतिनिधित्व गरेका छन् । 

श्रम संस्कृति पार्टीबाट सुनसरी–१ बाट हर्कराज राई, खोटाङ–१ बाट आरेन राई र भोजपुर– १ बाट ध्रुवराज राईले प्रत्यक्षबाट चुनाव जितेका छन् । नेपाली कांग्रेसबाट निश्कल राई इलाम–१ बाट  र नेकपा एमालेका राजेन्द्रकुमार राई धनकुटाबाट निर्वाचित छन् । 

मगर (८) ः रास्वपाबाट मगर समुदायबाट झापा –२ बाट पूर्व उपसभामूख इन्दिरा राना मगर र पाल्पा– १ बाट सन्दिप राना । नेपाली कम्युनिष्ट पार्टीबाट (२) वर्षमान पुन रोल्पाबाट र धन बहादुर बुढा डोल्पा, समानुपातिकबाट भीम कुमारी बुढामगर, नेकपा एमाले (१) राम बहादुर थापामगर । नेपाली कांग्रेसबाट (१) रेनुका काउछामगर । म्याग्दीबाट महावीर पुन (स्वतन्त्र) ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रत्यक्ष निर्वाचित बिना गुरुङ, कास्की–३, सुधन गुरुङ गोरखा–१,  समानुपातिक एलिजा गुरुङ, नेपाली कांगे्रसबाट, टेक बहादुर गुरुङ (मनाङ) । समानुपातिकबाट गीता गुरुङ तमु गुरुङ समुदायका प्रतिनिधि हुन् । 

प्रत्यक्षबाट चुनाव जित्नेमा राजबंशी समुदायका एक्ला उम्मेद्वार मोरङ–४का सन्तोष राजबंशी हुन् । यसरी नै थकाली समुदायबाट योगेश थकालीले मुस्ताङबाट जितेकोमा यस समुदायमा ओजश्वी शेरचन रास्वपाले थपेको छ । धिमाल समुदायबाट गणेश धिमाल बारा १ बाट निर्वाचित हुने सांसद हुन् । 

प्रतिनिधि सभामा पुग्नेहरुमा गंगा छन्त्याल र मिङ्मा ग्यावुु शेर्पा सम्बन्धीत समुदायका एक-एकजना साँसद हुन् । उनीहरु रास्वपाबाट त्यहाँ पुगेका हुन् ।

 

 



 

प्रतिक्रिया