आदिवासी जनजातिद्धारा नयाँवबानेश्वरमा अकुपाई

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२२ पुष २०७१, मङ्गलवार
आदिवासी जनजातिद्धारा नयाँवबानेश्वरमा अकुपाई

नेपाल आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालको अगुवाइमा आदिवासी जनजातिहरुलेसंविधानसभा भवन नयाँबानेश्वर अगाडी प्रर्दशन गरेका छन् । लिम्बुवान, किराँत, ताम्सालिङलगायत जातीय पहिचान सहितको संघीय प्रदेशहरुको माग गर्दै उनीहरुले अकुपाई बानेश्वरको  नाममा प्रदर्शन सुरु गरेका हुन् । 

ईतिहासदेखि आफ्नो थातथलो, भाषा, संस्कृतिलगायतका छुट्टै पहिचान बोकेका देशको ३७ प्रतिशत जनसंख्या ओगटेको आदिवासी जनजातिलाई राज्यले उपेक्षा गरेको भन्दै राज्यको हरेक अंङ्ग, तह र तप्कामा आफुहरुलाई पूर्ण समावेशी र समानुपातिक प्रतिनिधित्व गराउनुपर्ने उनीहरुले माग गरेका छन् ।

धर्म निरपेक्षतालाई संस्थागत गर्नुपर्ने, समानुपातिक निर्वाचन प्रणाली सुनिश्चित गर्नुपर्ने लगायत ९ बुँदे माग सहित आदिवासी जनजाति राष्ट्रिय आन्दोलनले दोस्रो चरणको आन्दोलन सुरु गरेको छ ।
मानव अधिकारवादी नेता पद्मरत्न तुलाधरको नेतृत्वको आन्दोलनमा विभिन्न आदिवासी जनजाति संघसंस्था, राजनीतिक दलका भातृसंस्थाहरु तथा अगुवाहरु रहेका छन् । प्रदर्शनका क्रममा लिम्बु  र किराँत समुदायले सांस्कृतिक नाच साकेला नाचेर सहभागीता जनाएका थिए । प्रदर्शन पुस २४ गतेसम्म जारी रहने जनाइएको छ ।

मंगलबारको बानेश्वर अकुपाइ धर्नालाई सम्बोधन गर्दै आन्दोलन नेपालका अध्यक्ष पद्मरत्न तुलाधरले आफुहरुको आन्दोलन शान्तिपुर्ण भएपनि अधिकार सुनिश्चित नभएसम्म पछि नहट्ने उद्घोष गर्नु भयो । देशको ३७ प्रतिशत जनसंख्या भएका आदिवासीका अधिकारका कुरालाई सम्बोधन नगरी संविधान ल्याएमा कुनै पनि हालतमा नस्किार्ने बताउनु भयो । जातिजाति मिलेर बनेको देशमा जातिका अधिकारका कुरा गर्दा सुन्न नसक्नेहरु लोकतान्त्रि हुन नसक्ने बताउनु भयो । सबै जनता समान हुन, सबै जनताका अधिकार समान हुनु पर्दछ, सबैको अधिकारको ग्यान्टि नयाँ संविधानमा खोजेको हायो कुनै जातिय र बिखण्डनको कुरा होइन’ उहाँले सम्बोधनमा भन्नुभयो । अध्यक्ष तुलाधरले ३० दलिय मोर्चाले ल्याएको १० प्रदेशसहति ९ बुँदे प्रस्तावको समर्थन र स्वागत समेत गर्नुभयो । प्रधानमन्त्रि शुसिल कोइरालाले जिम्मेवार पदमा रहेर पनि १० प्रदेश देशले धान्न नसक्ने भनेर बकस दिने जस्तै कुरा गरेको भन्दौ तुलाधरले टिप्पणी गर्नुभयो । २००७ सालदेखि सत्तामा बारम्बर पुग्नेहरुले एउटा संसद भवन समेत बनाउन नसकेको यर्थात कुरालाई कुल्चेर संघियता विरोधिहरु धेरै प्रदेश चल्न सक्तैन भन्दै भ्रम छरिरहेको उहाँको आरोप थियो ।

नयाँ संविधानमा जातिय ऐतिहासिकताको आधारमा प्रदेशहरु निर्माण हुनुपर्ने र ति प्रदेशहरुमा खास खास बसोबास गर्ने समुदायको अधिकार एवं विकासका लागि स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र र विषेश संरक्षित क्षेत्रहरुको अनिवार्यता रहेको तुलाधरको भनाइ थियो । अकुपाई बिहिबार सम्म जारी रहने आन्दोलन नेपालले जनाएको छ । अकुपाइपछि माघ ६ गतेदेखि ८ गते सम्म जनप्रर्दशनसहित संविधानसभा भवन घेराउको कार्यक्रम आन्दोलन नेपालले गर्दैछ ।

प्रतिक्रिया