आदिवासी मेचे समुदायबाट पहिलो पटक राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएको छ । गत साता सम्पन्न राष्टिय सभाको निर्वाचनबाट लोपउन्मुख आदिवासी मेचे समुदायबाट रोशनी मेचो निर्वाचित हुनुभएको हो ।
कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा मेचे निर्वाचित भएको हो । उहाँ लोपउन्मुख आदिवासी मेचे समुदायबाट देशको माथिलो सदनमा पुग्ने पहिलो मेचे महिला हुनुहुन्छ ।
राष्ट्रिय सभा सदस्यका रुपमा उहाँ ६ वर्ष सम्म रहनुहुने छ । यसअघि नेपाल आदिवासी जनजाति महासंघ लगायत जन्य संघसंस्थाहरुमा पनि उहाँ सक्रिय भएर लाग्नुभएको थियो । मेचे नेपाल आदिवासी जनजाति महासंघको उपाध्यक्ष पनि भईसक्नुभएको छ ।
मेचे समुदाय नेपाल सरकारले सुचिकृत गरेको ६० आदिवासी जनजाति भित्र पर्दछ । लोपउन्मुख मेचे समुदायको जनसंख्या २०७८ को जनगणना अनुसार ५ हजार १ सय ९३ मात्र रहेका छन ।
मेचेहरु अधिकांश झापा जिल्लामा बसोबास छन । उनीहरुको आफ्नै भाषा, भेषभुषा, प्रथापरम्परा, संस्कारसंस्कृति र चालचलन रहेको छ ।
मेचे समुदायको मुख्य पेशा कृति र पशुपालन हो । विशेषगरि बंगुर पालन गर्ने गरिन्छ ।
यसै गरी राष्टिय सभामा आदिवासी महिलाका रुपमा राम कुमारी झाक्री पनि निर्वाचित हुनु भएको छ । झाक्री आदिवासी मगर समुदायको हुनु हुन्छ ।
नेकपा एमाले सम्बद्ध जनवर्गिय संगठनहरु र प्रतिनिधि सभा सदस्य समेत रहि सक्नु भएका झाक्री पूर्व मन्त्री समेत हुनु हुन्छ ।
उहाँहरु दुबै जना नेकपा एमालेका तर्फबाट निर्वाचित हुनु भएको हो ।
दुइ सदनात्मक राष्टिय सभामा आदिवासी जनजाति समुदायबाट सोनाम ग्याल्जेन शेर्पा, सुरेश कुमार आले, सावित्री मल्ल, पुजा चौधरी, दुर्गा कुमारी गुरुङ, जयन्ती देवी राई र डा. अन्जना शाक्य प्रतिनिधित्व गर्दै आउनु भएको छ ।









