उज्यालो नेपालका समानुपातिक उम्मेद्वार राष्ट्रिय परिवर्तन पार्टीमा समेटिए, महेन्द्र लावती आदिवासी सूचिमा

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस६ माघ २०८२, सोमवार
उज्यालो नेपालका समानुपातिक उम्मेद्वार राष्ट्रिय परिवर्तन पार्टीमा समेटिए, महेन्द्र लावती आदिवासी सूचिमा

कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपालले राष्ट्रिय परिवर्तन पाार्टी मार्फत समानुपातिक उम्मेद्वार उठाएको छ । राष्टिय स्वतन्त्र पार्टीसंगको एकता भाँडिए पछि प्रत्यक्षमा सिमित भएको उज्यालो नेपालले परिवर्तन पार्टी मार्फत समानुपातिक सूचि समेटेको हो । 

आइतबार निर्वाचन आयोगले प्रकासित गरेको समानुपातिक उम्मेद्वारको बन्दसूचिमा उज्यालो नेपालका उम्मेद्वारलाई राष्टिय परिवर्तन पाार्टीको उम्मेद्वारका रुपमा प्रस्तुत गरिएको छ । 

वन्दसूचि अनुसार उज्यालो नेपालका तत्कालीन अध्यक्ष अनुपकुमार उपाध्यय खस आर्य तर्फको पहिलो नम्बरमा हुनु हुन्छ । खस आर्य तर्फको महिला उम्मेद्वारमा सितादेवी पाण्डे (रुपन्देही) पहिलो नम्बरमा राखिएको छ । 

आदिवासी जनजाति तर्फको पुरुष उम्मेद्वारमा डा. महेन्द्र सुन्दर लावती (पाँचथर) पहिलो नम्बरमा हुनु हुन्छ । महिला तर्फका आदिवासी जनजाति महिला उम्मेद्वारमा पाँचथरकै ज्योतिका राई हुनु हुन्छ । 

यसैगरी थारु तर्फबाट उम्मेद्वार बनाइएका सिरहाका अजयकुमार चौधरी (पुरुष तर्फ) र बर्दियाका बालिका चौधरी (महिला तर्फ) पहिलो नम्बरमा हुनु हुन्छ । 

दलित तर्फबाट भने सुर्खेतका लक्ष्मीचुनारा (महिला तर्फ) र इलामका राजेश प्रर्तेल (पुरुष तर्फ) पहिलो नम्बरको उम्मेद्वार चयन गरिएको छ । प्रर्तेल सो पार्टीका अध्यक्ष समेत हुनु हुन्छ । 

मधेशी तर्फ सिरहाका तेज नारायण यादव (पुरुष तर्फ) महोत्तरीकी मनिष कुमारी (महिला तर्फ) पहिलो नम्बरका उम्मेद्वार हुनुहुन्छ । 

मुस्लिम तर्फ  भने महिला उम्मेद्वार मात्र बनाइएको छ । यस अन्तर्गत बाराकी अनम नाज  पहिलो नम्बरमा हुनु हुन्छ । 

इलामका चर्चित पहिचानवादी नेता डकेन्द्र सिंह लिम्बु थेगिम आदिवासी जनजाति तर्फ तेस्रो नम्बरमा हुनु हुन्छ । दोस्रो नम्बरमा रामेछापका चुनाव कुमार वललाई राखिएकाृ छ । 

यसरी नै सिन्धुलीकी तुलसा वाइवा आदिवासी महिलातर्फ दोस्रो नम्बरमा हुनु हुन्छ । काठमाडौकी माया डोल्मा लामा तेस्रो नम्बरमा, सिन्धुली कै अम्बिका कुमारी मगर चौथो नम्बरमा राखिएको छ । 

खस आर्य तर्फ नुवाकोटकी देवकी पौडेल महिला तर्फ दोस्रो नम्बरमा, संखुवा सभाका दिनेश चन्द्र खनाल पुरुष तर्फको दोस्रो क्रमांकमा राखिएको छ । 

राष्टिय परिवर्तन पार्टी नयाँ खोलिएको दल हो । इलामका राजेश प्रतेल अध्यक्ष रहेको सो पाटीृको चुनाव चिन्ह बासुरी हो । यसको उपाध्यक्षमा भुपाल राई र अजय राइ हुनु हुन्छ । 
यो व्यबस्था अनुसार उज्यालो नेपालले समानुपातिकमा बासुरी चुनाव चिन्हमा र प्रत्यक्षमा चिम चुनाव चिन्हमा मत माग्नु पर्छ ।  समानुपातिकको उम्मेद्वार छनौट गर्न कुल खसेको मतको कम्तीमा तीन प्रतिशत मत दलले प्राप्त गर्नु पर्छ । अनिमात्र समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको सूचिका उम्मेद्वार निर्वाचित हुन सक्ने कानुनी व्यबस्था छ । र्
  

 

प्रतिक्रिया