देश बिग्रिएको काल्पनिक भाष्य खडा गरेर आक्रोश सिर्जना गरिएको आरोप लगाउँदै निवर्तमान प्रधानमन्त्री ओलीको सनसनीपूर्ण वक्तव्य 

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस३ असोज २०८२, शुक्रवार
देश बिग्रिएको काल्पनिक भाष्य खडा गरेर आक्रोश सिर्जना गरिएको आरोप लगाउँदै निवर्तमान प्रधानमन्त्री ओलीको सनसनीपूर्ण वक्तव्य 

सेप्टेम्बर क्रान्ति पछि वनवास हुनु भएका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जेन्जी आन्दोलन षडयन्त्रबाट उठेको आरोप लगाउनु भएको छ ।

संविधान दिवशको अवसरमा शुक्रबार एक सनसनीपूर्ण वक्तव्य जारी गर्दै उहाँले आन्दोलनलाई देश ‘विग्रेको काल्पनिक भाष्य खडा गरेर आक्रोश विस्तार भएको’ दावी गर्नू भएको छ । आन्दोलन पछाडिको षडयन्त्रबारे धेरै कुरा नखोल्ने बताउँदै समयले धेरै कुरा बयान दिने उहाँले अपेक्षा गर्नू भएको छ ।  

जेन्जी आन्दोलन पछि ज्यान जोगाउन नेपाली सेनाको सुरक्षामा शिवपुरी निकुञ्ज व्यारेकको नौ दिनको सरण पछि भक्तपुर फर्कनु भएका ओलीले आफुलाई काजी भीम मल्लको नियतीसंग तुलना गर्नु भएको छ ।

उहाँले भन्नु भएको छ –‘हाम्रा युवाहरुले काजी भीम मल्लको मृत्युदण्डबारेको इतिहास पक्कै पढ्नु भएको छ । देशको सीमाना विस्तार गरेर फर्केका भीम मल्ललाई देश फर्किना साथ काटिए पछि पछुताउने मात्र विकल्प बाँकी रह्यो । यथार्थ भन्दा बाहिर गएर विस्तार गरिएका असन्तोषका परिणामहरु पछुताउन मात्र काम लाग्छन्, त्यस पछुतोले नै बनिरहेको देशको झन गाढा सम्झना गराउने छ ।’

उहाँले जेनजीको आन्दोलनमा घुसपैठ भएको आरोप लगाउनु भएको छ । आफनो वक्तव्यमा ओलीले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश नदिएको दावी गर्दै प्रहरीसंग नै नभएको स्वचालित गोली हानेको घटना बारे छानवीन हुनु पर्ने तर्क  अघि सार्नू भएको  भएको छ ।

निवर्तमान प्रधानमन्त्री ओलीले आफ्नो राजीनामा पछि सिंहदरबार जलाइएको  र नेपालको नक्सा जलाइएको प्रति आपत्ती जनाउँदै देशको निशानी मेटाउन खोजिएको बताउनु भएको छ । 

प्रतिक्रिया