नवनियुक्त तीन मन्त्रीले पद बहाली गर्नुभएको छ । डा.रामेश्वर खनाल अर्थ, कुलमान घिसिङ ऊर्जा, भौतिक योजना र सहरी विकास र ओमप्रकाश अर्यालले गृह र कानुनमन्त्रीका रुपमा सोमबार पद बहाली गर्नुभएको हो ।
राष्ट्रपति कार्यालय शितल निवासको भवनमा नवनियुक्त तीन मन्त्रीहरूले शपथ लिए पश्चातउहाँहरुले पद बहाली गर्नू भएको हो ।
प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितीमा राष्ट्रपति रामचन्द्र पौडेलबाट मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको थियो ।
कुलमान घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, शहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय गरि तीन मन्त्रालयको जिम्मेवारी दिईएको छ भने ओमप्रकाश अर्याललाई गृह र कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
नव नियुक्त मन्त्री को को हुन ?
नवनियुक्त अर्थ मन्त्री रामेश्वर खनाल अर्थविद् हुनुहुन्छ । उहाँ पूर्व अर्थसचिव पनि हुनुहुन्थ्यो ।
उहाँ यस अघिकोे सरकारले गठन गरेको उच्चस्तरीय आर्थिक सुधार सुझाव सिफारिस आयोगका अध्यक्ष हुनुहुन्थ्यो ।
अर्का नवनियुक्त मन्त्री कुलमान घिसिङ इन्जिनियर हुनुहुन्छ । उहाँलाई केपी शर्मा ओली सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट केही महिनाअघि हटाएको थियो । घिसिङ लोडशेडिङ मुक्त गराउने उज्यालोका नायकका रुपमा पनि लोकप्रिय हुनुहुन्छ । उहाँले दुई कार्यकाल नेपाल विद्युत प्रधिकरणको प्रमुखको रुपमा काम गर्नुभएको थियो ।
अर्का ओमप्रकाश अर्याल कानुन व्यवसायी हुनुहुन्छ । उहाँले भ्रष्टाचारविरोधी अभियानकर्मीको छवि बनाउनुभएको छ । उहाँ काठमाडौँ महानगरका कानुनी सल्लाहकार रहनुभएको थियो ।
पद बहाली गर्नुहुँदै उहाँहरुले पुर्वग्रहरहित भएर निश्पक्ष ढंगले काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । अर्थमन्त्री खनालले निजि क्षेत्रका व्यवसायिकहरुको मनोबल उच्च पार्ने बताउनुभयो । उहाँले निवर्तमान सरकारले विनियोजन गरेको टुक्रे योजना कार्यान्वयन नगर्ने जानकारी दिनुभयो ।
उर्जामन्त्री घिसिङले भने विद्युत प्रधिकरणको बक्यौता रकम उठाउने पहिलो निर्णय भएको सुनाउनु भयो । उहाँले सर्मथक तथा सुवेच्छुकहरुको खादामाला अस्वीकार गर्ने बताउनुभयो । यसैैगरि गृहमन्त्री अर्यालले राज्यको तीनै अंगको संरचनाहरु राज्य भन्न लायकको बनाउने घोषणा गर्नुभयो ।