जनजातिका सुझाव कार्यान्वयन गराउन महासंघको धर्ना

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस८ साउन २०७२, शुक्रवार
जनजातिका सुझाव कार्यान्वयन गराउन महासंघको धर्ना


काठमाडौं

नेपाल आदिवासी जनजाति महासंघले आदिवासी जनजातिको मुद्दालाई नया“ संविधानको मस्यौदाले नसमेटे थप आन्दोलन गर्न आफूहरु बाध्य हुने चेतावनी दिएको छ । महासंघले साउन ७ गते नया“ बानेश्वरमा बृहत धर्ना गरेको कार्यक्रममा सभासद् तथा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष नगेन्द्र कुमालले उक्त चेतावनी दिएका हुन् ।

अध्यक्ष कुमालले भने– ‘लामो समयदेखि राज्यको हरेक अंगमा आदिवासी जनजातिको पूर्ण समावेशी र समानुपातिक प्रतिनिधित्व, धर्म निरपेक्षता लगायतका मुद्दाहरु उठाउ“दै आएका छौं । संविधानमा यसको सुनिश्चितता होस् ।’ बृहत धर्नामा सभासद् तथा महासंघका महासचिव पेम्बा भोटे, सभासद् पर्शुराम तामाङ लगायतले आदिवासी जनजातिले दिएको सुझावलाई  संविधानमा हुबहु उतार्नुपर्ने मागसहित आफूहरु निरन्तर प्रयासरत रहेको बताए । धर्नामा विभिन्न जातीय संघसंस्थाका प्रतिनिधि समेत सहभागिता थिए । 

प्रतिक्रिया