मस्यौदाको बिरोधमा मोटरसाइकल ¥याली

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस६ साउन २०७२, बुधवार
मस्यौदाको बिरोधमा मोटरसाइकल ¥याली

काठमाडौं

संविधानको मस्यौदामा आदिवासी जनजातिको अधिकारको विषयलाई सम्बोधन नगरेको भन्दै आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालले विरोध स्वरुप साउन ५ गते मोटरसाइकल ¥यालीको आयोजना गरेको छ ।

¥याली भृकुटीमण्डपबाट शुरु भई जावलाखेल, गौशाला लगायतको स्थानमा कोणसभा गर्दै पुनः भृकुटीमण्डपमा आई अन्त्य भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै जनजाति अगुवा पद्मरत्न तुलाधरले वर्तमान संविधानको लागि कुनै आन्दोलन, युद्ध, संघर्ष, बलिदान नै नभएको जस्तो गरि यो संबिधानको मस्यौदा आएको बताउनु भयो । उहाँले पहिचान सहितको संघीयता जारी नभएको हुँदा आन्दोलन गर्नु परेको बताउनु भयो । संघीयताको नाममा चार अक्षर मात्र रहेको तर संघीयताका आधारहरु नभएकाले यो संबिधान खोस्टो साबित भएको दाबी गर्दै तुलाधरले आदिवासी जनजाति, महिला, मधेसी लगायतका समुदायहरुले अब संबिधानको मस्यौदा आफै बनाउने बताए ।

Motorcycle

 

प्रतिक्रिया