बेलायतमा उभौँली (साकेला) मनाईयो

Admin
Admin१८ असार २०८१, सोमवार
बेलायतमा उभौँली (साकेला) मनाईयो

किरात राई चाम्लिङ खाम्बातिम बेलायतले किरातीहरूको राष्ट्रिय पर्व उभौँली (साकेला) धिरिनाम (ईस्वी संवत् २०२४÷यले सम्बत ५०८४÷विक्रम सम्बत २०८१) भव्यताका साथ मनाईएको छ ।  आइतबार किरात राई हाउस ग्याम्बल लेनमा बृहत सांस्कृतिक समारोहको आयोजना गरी धूमधामका साथ साकेला मनाएको हो ।

चाम्लिङ खाम्बातिम बेलायतका अध्यक्ष चन्द्र जयपालको अध्यक्षतामा भएको कार्यक्रममा किराया बेलायतका अध्यक्ष रि. मेजर योगेश कोयी राईले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । 
साकेलाको अवसरमा पितृ, प्रकृती र हुईलुङ पुजा गर्दै सिली टिप्दै गर्बका साथ साकेला नाचिने गरिन्छ ।

प्राचिन सिलीहरूको जगेर्णा गर्दै जानको लागी मछामा (साय) सिली , पारूहॉङ् (खुट्टे) सिली , नाईमा (हाते) सिली , खासिमा (झींगा) सिली , वापा÷वामा (भाले/पोथी) सिली , तावा (मयूर) सिली , कावा (गंगटा) सिली , काछुपा (बॉदर) सिली , बेसारा सिली, सिकी/सिप (तान बुन्ने) सिली , चासुम (अन्नपात) सिलीहरूमा धित मरुन्जेल नाचेर ब्यबहारिक रुपमा नयॉ पुस्तालाई हस्तान्तरण गर्ने प्रयास रहेको कुरा किरात राई चाम्लिङ खाम्बातिम बेलायतका अध्यक्ष चन्द्र जयपालले बताउनुभयो ।

कार्यक्रममा पुमा, बान्तवा लगायतका बिभिन्न भाषिक संघसंस्थाहरुको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया

अन्य सामाग्रीहरु Admin