साँखुको बज्रयोगिनि माईको कलेबर फेर्ने कार्य सुरु

Admin
Admin१४ असार २०८१, बिहिवार
साँखुको बज्रयोगिनि माईको कलेबर फेर्ने कार्य सुरु

बज्रयोगिनि माईको १२ बर्षमा एक चोटि कलेबर फेर्ने कार्य सुरु भएको छ। बज्रयोगिनिका मुल पुजारिहरुले तिनदिन सम्म चोखो गरि ११ गतेको राति ५ तिर्थको जलल्याई  माटोको सानो घौटो (कुलिंचा) मा राख्दछन् ।

यस कलेबर फेर्ने क्रममा  असार ९ गते पुरुष चरण, असार १२ गते न्यास साधन, श्रावण ३० गते अंङ्ग न्यास, भदौ ८ गते मु रङ्ग स्थापना, भदौ २० गते प्राण प्रतिष्ठा र दस कर्मादि दिनमा ,भदौ २० गते राति सिन्दुर चरण,शिराहुति र भदौ २१ गते चतुर्थी गरि कलेबर पुजा समापन गरिन्छ। 

कलेबर सुभारम्भ गर्नु अधि बज्रयोगिनि माईको मुर्तिमा रहेको जीबलाई कलशमा प्रबेश गराउने परम्परा रहेको यस बज्रयोगिनिका पुजारी सिद्दिहर्ष बज्राचार्यज्युले बताउनु भयो ।

यस कलेबर पुजाको दिन भदौ १ गते देखि १० गते सम्म  सान्ध्याकाल देखि बिहानको ०४ बजे सम्म सिपुलि पापमोचन स्मशानघाटमा दाह संस्कार तथा अन्य कुनै किसिमको कार्य गर्न नहुने चलन रहि आएको उहाँले जानकारी दिनुभयो । मंगलबार बिहान ८ बजे देखि पुजा आजा गरि १ः३० बजे पुजा सकाएको छ ।

प्रतिक्रिया

अन्य सामाग्रीहरु Admin