राजेन्द्र महतोले पत्रकार सम्मेलन गर्दै भने –‘बहुलराष्ट्रिय राज्य स्थापना नभएसम्म शसक्त आन्दोलन गर्छौ’

डोल्मा शेर्पा
डोल्मा शेर्पा२६ चैत २०८०, सोमवार
राजेन्द्र महतोले पत्रकार सम्मेलन गर्दै भने –‘बहुलराष्ट्रिय राज्य स्थापना नभएसम्म शसक्त आन्दोलन गर्छौ’

बहुलराष्ट्रिय राज्य स्थापनार्थआन्दोलन गर्दै आएको राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले राज्यको दमन विरुद्ध थप आन्दोलन शसक्त ढंगले लैजानेचेतावनी दिएको छ ।

सोमबार राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक तथा पुर्व उपप्रधानमन्त्री महतोले एकल जातीय नश्लिय वर्तमान शासन सत्तामा भएका शासकका कारण नेपालका आदिवासी जनजाति, मधेशी, दलित समुदायलाई दमन गर्दै आएको आरोप लगाउनु भयो ।

पत्रकार सम्मेलनमा महतोले  आान्दोलन थप उग्ररुपमा लैजाने जानकारी दिनुभयो । प्रहरीले नियन्त्रणमा लिएको १२ आन्दोलनकारी मध्ये ६ जनालाई मात्र हालसम्म रिहाई गररिएकोे हुँदा बाँकीलाई पनि तुरुन्त रिहाई गर्न सरकारसंग माँग गर्नू भयो । 

बहुलराष्ट्रिय राज्य स्थापनार्थका लागि सनिबार नेवा राष्ट्रिय मुक्ति मोर्चा र स्वनिगः(उपत्यका) विशेष ब्यूरो, नेवाः राष्ट्रिय परिषद्को संयोजनमा आयोजित बृहत जनप्रर्दशनका क्रममा प्रदर्शनकारीहरु माथि प्रहरीको दमन भएको र केहीलाई गिरफतार गरिएको थियो । 

पत्रकार सम्मेलनका क्रममा बोल्नुहुँदै नेवा राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक सुमन सायमीले शान्तिपुर्ण आन्दोलनमा प्रहरी धरकपट भएको बताउनुभयो । सायमीका अनुसार शान्तिपूर्ण ¥याली ‘भद्रकालीको मन्दिरलाई परिक्रमा गर्ने क्रममा प्रहरीले निषेधाज्ञा तोडेको आरोप लगाएको थियो । धार्मिक परम्परा अनुसार भद्रकाली मन्दीर सुल्टो घुम्नेका लागि प्रहरीसंग अनुमती लिएर अगाडि बड्दा प्रहरीले ¥यालीमा सामेल केहीलाई मात्र परिक्रम गर्न दिएको र  बाँकी रहेकालाई जान नदिए पछि  झडप सुरुभएको उहाँको कथन थियो ।  उहाँले प्रहरीले गरेको धरकपट सांस्कृतिक धार्मिक आस्थामाथिको आक्रामण भएको जोडनुभयो । 

भद्रकालीमा भएको झडपमा प्रहरीले बौद्धधर्मका भिक्षुलाई लाठीर्चाज र बुटले प्रहार गरेकोमा सबैतिर आलोचना भइरहेको छ । पत्रकार सम्मेलनमा उपस्थित हुनु भएका प्रहरीबाट अभद्र व्यबहार गरिएको भनिएका  बुद्ध वाङ्गेल तामाङले आफुलाई प्रहरीले गालीगलोज गरी लात्तीले हानेको सुनाउनुभयो । अर्का पिडित धन बहादुर तमाङले आफु झाँक्रीको भेषमा शान्तिपुण आन्दोलनमा पुगेको तर प्रहरीले आफुमाथी पनि आक्रामण गरि साथमा बोकेको ढ्याङ्ग्रो फुटाईदिएको बताउनुभयो । 

अधिकारकर्मी विद्या श्रेष्ठले आदिवासी जनजातिमाथि राज्यको दमन दिनानुदिन वढ्दै गएको बताउनुभयो । आदिवासी नेवार समुदायको भूमिमा नेवारलाई नै अधिकार माग्नका लागि निषेधित क्षेत्र बनाईदिएको बताउनुहुँदै सडक बिस्तार, फास्टट्रायकका नाममा नेवारलाई उठिबास लगाएको जोडनुभयो । श्रेष्ठका अनुसार ‘राज्यले मानवअधिकारको हन्न गरिरहेको छ, नेपाल पक्षराष्ट्र बनेको अन्तराष्ट्रिय सन्धिमहासन्धिहरुको उलंघनन गरेको छ ।’

अर्का अभियन्ता बुद्धछिरिङ मोक्तानले संघिय लोकतान्त्रिक गणतन्त्र भनिए पनि पञ्चायती भन्दा अघिको श्री ३ जंगबहादुर राणाले चलाएको जस्तो व्यशहार राज्यको भएको बताउनुभयो । उहाँले राज्यसत्ताले दमन गरिरहने हो भने आन्दोलनले हिंसात्मक रुपलिने चेतावनी दिनुभयो ।

सनिबार विरोध प्रदर्शनमा प्रहरी हस्तक्षेप हुँदा राष्ट्रिय मुक्ति क्रान्तिका तीन दर्जन बढी प्रदर्शनकारी घाइते भएका थिए । राष्ट्रिय मुक्ति क्रान्तिका कार्यकर्ताहरुले प्रतिकार स्वरुप ढुंगा मुडा गर्दा केही प्रहरी पनि घाइते भएको प्रहरीले जनाएको छ । 

बसन्तपुरबाट सुरुभई खुलामन्चहुँदै सहिदगेट टुडिखेल भएर खुल्ला मञ्चमा पुगेर कोणसभामा परिणत हुने भनिएको ¥याली भद्रकालीस्थित निषेधित क्षेत्र हुँदअगाडि बढन खोजेपछि प्रहरीले रोक्ने क्रममा सो घटना भएको हो । 

प्रहरीको लाठिचार्जबाट प्रदर्शनकारीहरु  केशव झा, आरके तामाङ, कौशल सिंह, संजय चौधरी, रमण पाण्डे, कुशल थिङ, श्रीधर मानन्धर, रोशन लामा, कबिन लामा, बिशाल योन्जन, मोतीलाल ठाकुर, सुमन लामा, पासाङ घिसिङ लगायत तीनदर्जन बढी घाइते भएका छन । 

प्रहरीको लाठीचार्जबाट केही प्रदर्शनकारीहरुको टाउको, हातखुट्टा, लगायत शरिरका विभन्न स्थानमा गहिरो चोट लागेको छ । उहाँहरुको बीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भईरहेको छ । घाइते मध्ये केहीको उपचार भइ घर फर्केका छन । 

प्रतिक्रिया