अमरदिपको गीत ‘दिनरात सधैँ सधैँ’ सार्वजनिक

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस५ चैत २०८०, सोमवार
अमरदिपको गीत ‘दिनरात सधैँ सधैँ’ सार्वजनिक

गृहमन्त्रालयका उपसचिव अमरदिप सुनुवारद्धारा लिखित ‘दिनरात सधैँ सधैँ’ गीतको भिडियो सार्वजनिक भएको छ । आज (सोमबार) एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो ।

गीतमा जन्मेको गाउँ छोडेर रोजागरिका लागि टाढा बसेको युवकले आफ्नो जन्म घर, गाउँ, आफन्त र साथीभाई सम्झनामा आधारित रहेर भिडियो बनाईएको छ ।

गीतमा बरिष्ठ संगीतकार शान्तिराम राईको संगीत रहको छ भने भ्वाइस अफ नेपालका विजेता विनोद राईको स्वर रहेको छ । ‘दिनरात सधैँ सधैँ’ गीतको भिडियो शान्तिराम राई युट्युव च्यानलमा र गीतकार अमरदिप सुनुवारको युट्युव च्यानलमा सार्वजनिक भईसकेको छ ।

गीतका लेखक सुनुवारले आफुले गाउँबाट सहर झरेका सहरबाट विदेशतिर पुगेका नेपाली युवाहरुको अवस्था र उनीहरुले आफ्नो जन्मगाउँ देशलाई सम्झिने युवाको मर्मलाई समेटिएको बताउनुभयो ।

सो अवसरमा बोल्नुहुँदै निर्देशक तथा लेखक प्रकाश सायमीले सुनुवारको गीतले नेपालको समसामयीक अवस्थालाई दर्साएको बताउनुभयो । उहाँले गीतले नेपाली युवाहरुको पिडा संघर्षलाई देखाएको जोड्नुभयो ।

सुनुवारको यसअघि पनि ‘लिखु खोलाको तिरैतिर’ गीत सार्वजनिक भईसकेको छ ।

 

प्रतिक्रिया