लिखुवाखोला दोभानमा निर्माण हुने जलविद्युत आयोजना स्थगित गर्न आग्रह 

Admin
Admin२१ फागुन २०८०, सोमवार
लिखुवाखोला दोभानमा निर्माण हुने जलविद्युत आयोजना स्थगित गर्न आग्रह 

संखुवासभा मादी नगरपालिका वडा नम्बर ८ मावादिनको लिखुवाखोला दोभानमा निर्माण हुन लागेको जलविद्यूत आयोजनाको निर्माण कार्य अघि नबढाउन त्यहाँका स्थानीयले माग गरेका छन । 

लिङथेप कल्याणकारी समितिका अध्यक्ष तुलाराम लिङथेप र सचिव अशोक कुमार लिङथेपले एक प्रेस विज्ञप्ती जारी गर्दै सो निमार्ण कार्य अघि नबढाउन आग्रह गरेका हुन् । माविलुङ हाइड्रोवारले निमार्ण गर्न लागेको सो आयोजनाले साङधुङगेहाङ सेरेङ लिङ्थेप बंशी लिम्बूहरुको ऐतिहासिक गढीको रुपमा प्रयोग भएको ‘फेच्चुवा यक’ लाई प्रभाव पर्ने भएकोले विद्युत आयोजना तथा यससंग सम्बन्धित सडक र विद्युद कार्यले ती सम्पदाको विनास हुने जनाएको छ । 

आयोजनाका कारण धार्मिक र पूरातात्विक महत्वको संरचानाहरु गुफा, चिहान, ढुंगा र अन्य भौतिक संरचानाहरुमा क्षती पुग्ने विज्ञप्तीमा जनाएको छ । 


 

प्रतिक्रिया