लप्सीफेदी सवस्टेशन प्रभावितहरु न्याय सहितको विकास मार्च गर्दै एडिवि कार्यलय अगाडि, प्रहरी घेरामा कोणसभा

Admin
Admin१८ मंसिर २०८०, सोमवार
लप्सीफेदी सवस्टेशन प्रभावितहरु न्याय सहितको विकास मार्च गर्दै एडिवि कार्यलय अगाडि, प्रहरी घेरामा कोणसभा

काठमाडौको शंखरापुर नगरपालिका–३ स्थित लप्सीफेदीका बासिन्दाहरु त्यहाँ बन्न लागेको सवस्टेशन स्थानान्तरणको माँग गर्दे काठमाडौको एशियाली विकास बैकको कार्यलय अगाडिसम्म न्याय सहितको विकास मार्च गर्दै पुगेका छन् । तर प्रहरीले कार्यलय अगाडि धर्ना बस्न नदिने भए पछि लैनचौरस्थित सडकमा नै कोणसभा गरेर फर्केका छन् ।

एशियाली विकास बैकको ऋण सहयोगमा नेपाल विद्युत प्राधिकरणले निर्माण गर्ने भनिएको लप्सीफेदी सवस्टेशन स्थानान्तरणको माँग गर्दै निरन्तर ३३८ दिन धर्ना र प्रदर्शन गरे पछि सोमबार लैनचौर स्थित मेट्रोपार्क भवनमा रहेको एडिवि कार्यलय छेउसम्म पुगेका हुन् ।

धर्नाका लागि सवस्टेशन प्रभावित महिला तथा पुरुषहरु विभिन्न नारा लगाउँदै पुगेका थिए । कार्यक्रममा नागरिक समाजका अगुवाहरु, विभिन्न जातीयसंस्थाका प्रतिनिधिहरुको ऐक्यबद्धता रहेको थियो ।

धर्ना हुन नसकेपछि आयोजित कोणसभामा नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले, किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेन, नागरिक आन्दोलनका तर्फबाट सञ्जिव उप्रती लगायतले सम्बोधन गर्न भएको थियो । कार्यक्रममा लक्ष्मी रुम्बा र राजु स्याङ्तानले कविता पनि पाठ गर्नू भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै घेदुङका अध्यक्ष गोलेले आदिवासी तामाङहरुको भूमि खोस्न नदिने चेतावनी दिदै विकास सहमतिमा र जनताको स्वीकृतिमा हुनु पर्ने बताउनु भयो । इतिहास देखि नै तामाङ जाति उत्पीडिनमा पर्दै आएको बताउँदै अध्यक्ष गोलेले लप्सीफेदीमा सवस्टेशन बनाउने घोषणा पनि त्यही डिजायनमा भएको आरोप लगाउनु भयो ।

चुम्लुङका अध्यक्ष प्रेम येक्तेनले पनि यहाँका उत्पीडित तामाङ, नेवा तथा अन्य आदिवासीको आन्दोलन प्रति पूर्वका लिम्बूहरुको समर्थन र ऐक्यबद्धता रहेका बताउनु भयो । उहाँले ऐतिहासिक रुपमा गाडि बोकेर यहाँका शासकहरुलाई गाडी चढाउने तामाङ विरुद्ध जारी रहेको अतिक्रमण तथा सैन्यकरण सैह्य नहुने बताउनु भयो ।

नागरिक आन्दोलनका प्रतिनिधि डा. सन्जिव उप्रेतीले बोझेनीका आदिवासी तामाङहरुको माँग अन्तराष्टिय कानुनले तोकको स्वतन्त्र, पूर्ब सुसूचित सहमति –एफपीक) लागू गर्नू पर्ने रहेकोले अन्तराष्टिय कानुन पालना नगर्ने सरकारले शासन गर्ने अधिकार नपाउने बताउनु भयो ।

तामाङ जातिको प्रथाजनित संस्था  तामाङ दुङह्युल छोक्छेनका चोहो तुलाराम तामाङले अपरतामाकोशीको सवस्टेशनका लागि अन्यत्रै व्यबस्था भएकोमा आदिवासीलाई विस्थापित गर्ने उद्देश्यका साथ बोझेनीमा ल्याइउको बताउनु भयो । उहाँले बोझेनीमा सैन्यकरण गरेर जनतालाई आतकित बनाएको धेरैलाई प्रहरी प्रशासनले कुटपीट गरेको र केहीलाई घरबारबिहिन बनाएको पनि आरोप लगाउनु भयो ।

कार्यक्रममा अपरतामाकोशी संघर्ष समितिका संयोजक रणजीत तामाङले सम्बोधन गर्दै आफूहरु नथाकेको र संघर्षका कार्यक्रम जारी रहने बताउनु भयो ।

बोझेनीमा सबस्टेशन किन ?
काठमाडौको शंखरापुर नगरपालिका वडा नम्बर ३ लप्सीफेदीमा सिन्धुपाल्चोक, दोलखा र रामेछाप बेसिन तामाकोसी र सुनकोसी नदी जलाधार क्षेत्रमा निर्माण भएका जलविद्युत आयोजनाहरुको विद्युत काठमाडौ लगायतमा वितरणका लागि त्यहाँ ४००, २२० र १३२ केभीका सवस्टेशन बन्ने योजना सहित त्यहाँ काम सुरु भएको हो । तर स्थानीयवासीहरु सवस्टेशन निर्माणले  आफनो थातवास उठ्नसक्ने भन्दै प्रस्तावित स्वस्टेशन अन्यत्र स्थानान्तरण गर्नू पर्ने एक शुत्रीय अडानमा रहेका छन् ।

सवस्टेशनका लागि बोझेनी भनिइने लप्सीफेदीमा पटकपटकको अधिग्रहणबाट ७० जना जग्गाधनीको एक सय ७० रोपनी जग्गा प्राधिकरणले लिइसकेको भएतापनि मुआव्जा बुझने जग्गाधनीहरु नै आफनो जमिन फिर्ता माग्दै आन्दोलनमा उत्रिए पछि सवस्टेशन निर्माणमा थप जटिलता थपिएको छ । 

 अमेरिकी सरकारको मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को अनुदान सहयोगमा निर्माण हुने अन्तरदेशीय विद्युत प्रसारण लाइनको प्राराम्भिक विन्दू पनि त्यहाँ बन्न लागेको लप्सीफेदी सवस्टेशन हो ।

 

प्रतिक्रिया