तामाङ पत्रकारलाई खोज पत्रकारिता तालिम

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस३ वैशाख २०७२, बिहिवार

jpg

बैशाख ४, काठमण्डौं । तामाङ सन्चार समुह केन्द्रिय समितीको आयोजनामा काठमण्डौंमा ३ दिने खोज पत्रकारिता तालिम भइरहेको छ । नेपाल आदिवासी जनजाति उथ्थान राष्ट्रिय प्रतिष्ठानको सहयोगमा अनामनगरस्थित सम्बाद डबलीमा सन्चालन भइरहेको तालिम बिहिबारबाट शुरु भएको हो ।


तालिममा उपत्यकासहित १९ जिल्लाका क्रियाशिल तामाङ पत्रकार सहभागि रहेको सन्चार समुहका महासचिव विष्णु मोक्तानले जानकारी दिनुभयो । पहिलो दिन त्रिभुवन विश्वविद्यालय आमसन्चार तथा पत्रकारिता विभाग प्रमुख प्राध्यपक पि खरेल, डा.मुक्तसिं लामा र वरिष्ठ रेडियोकर्मि अमरध्वज लामाले प्रशिक्षण दिनु भएको थियो । 


तामाङ पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि तालिमले सहयोग गर्ने विश्वस लिएको सन्चार समुहका अध्यक्ष जगत दोङले बताउनु भयो । उहाँ यस्ता खाले तालिमहरु अबका दिनमा तामाङ सन्चार समुहका शाखा गठन भएका १६ वटै जिल्लामा पालैसंग सन्चालन गर्ने योजना समेत रहेको बताउनु भएको छ ।

प्रतिक्रिया