बोझेनीमा सशस्त्र क्याम्प स्थापना गर्न स्थानीयको अवरोध, झडपमा केही घाइते, दर्जन बढी गिरफतार

Admin
Admin१ मंसिर २०८०, शुक्रवार
बोझेनीमा सशस्त्र क्याम्प स्थापना गर्न स्थानीयको अवरोध, झडपमा केही घाइते, दर्जन बढी गिरफतार

एशियाली विकास बैँकको ऋण सहयोगमा नेपाल विद्युत प्राधिकरणले निर्माण गर्ने  लप्सीफेदी सवस्टेशन स्थानान्तरणको माँग गर्दे आएका स्थानीयहरुले त्यहाँ सशस्त्रको प्रहरी क्याम्प निर्माण गर्न आएका  शसस्त्रका पहरी टोलीलाइ अवरोध गर्दा झडपको अवस्था सिर्जना भएको छ ।

सवस्टेशन निर्माणस्थल बोझेनीमा सशस्त्र प्रहरीको अस्थायी क्याम्प निर्माण गर्न सशस्त्र, जनपद र नेपाली सेना सहितको टुकडी शुक्रबार बेलुका त्यहाँ पुगेका थियो । तर स्थानीयले शसश्त्र क्याम्प स्थापना गर्न नदिने भन्दै बिहानै देखि प्रतिकारमा उत्रिएका थिए । सशस्त्रको प्रहरी टोली बेलुका साढे पाँच बजे त्यहाँ पुगे पछि स्थानीयको अवरोध पन्छाउने क्रममा दोहोरो झडप भएको छ ।

दोहोरो झडपमा क्रममा केही महिला तथा स्थानीयबासीहरु घाइते भएका छन् । प्रत्यक्षदर्शीहरुका अनुसार अवरोध हटाउने क्रममा शसश्त्र प्रहरीका प्रहरी निरिक्षकले एक जना आन्दोलनकारी बुद्ध महिलालाई मरसन्न हुने गरी पिटेको बताएका छन् । तर यो समाचार तयार पारिन्जेलसम्म त्यहाँ घाइते भएकाहरुको नाम र ठेगना खुल्न सकेको छैन ।

समान नेपालका प्रबक्ता आरके तामाङका अनुसार केही आन्दोलनकारीहरुलाई पक्राउ गरी अज्ञातस्थल तर्फ लगिएको छ ।  पक्राउ पर्नेहरुमा आधा दर्जन हुन सक्ने उहाँले बताउनु भयो । यस सम्बन्धि स्वतन्त्र पुष्टी अझै हुन सकेको छैन ।

शसस्त्र प्रहरीको क्याम्प बनाउन नदिने पक्षले राती अबेर सम्म फेस बुक लाइभ गरेका थिए । लाइभमा देखाइए अनुसार आन्दोलनकारीहरुले राती प्रहरीको क्याम्प व्यबस्थापन गर्न आग्रह गरिरहेका थिए । उनीहरुले प्रहरीलाई रातीको खाना र बस्ने व्यबस्था बाटोमा गर्न आग्रह गरिरहेका थिए । तर शसस्त्र प्रहरीको तर्फबाट गन्तव्यस्थलमा पुगेर मात्र आफनो यात्रा टुंगिने बताइरहेका थिए । प्रहरी र आन्दोलनकारी बीचको झडपस्थल सवस्टेशन निर्माणस्थलको आधा किलोमिटर दुरीमा मात्र पर्दछ ।

काठमाडौको शंखरापुर नगरपालिका वडा नम्बर ३ लप्सीफेदीमा सिन्धुपाल्चोक, दोलखा र रामेछाप बेसिन तामाकोसी र सुनकोसी नदी जलाधार क्षेत्रमा निर्माण भएका जलविद्युत आयोजनाहरुको विद्युत काठमाडौ लगायतमा वितरणका लागि त्यहाँ ४००, २२० र १३२ केभीका सवस्टेशन बन्ने योजना  बनेको छ । तर स्थानीयवासीहरु सवस्टेशन निर्माणले  आफनो थातवास उठ्नसक्ने भन्दै प्रस्तावित स्वस्टेशन अन्यत्र स्थानान्तरण गर्नू पर्ने ३२२ दिन देखि लगातार आन्दोलनमा छन् ।सवस्टेशनका लागि बोझेनी भनिइने लप्सीफेदीमा पटकपटकको अधिग्रहणबाट ७० जना जग्गाधनीको एक सय ७० रोपनी जग्गा प्राधिकरणले लिइसकेको भएतापनि मुआव्जा बुझने जग्गाधनीहरु नै आफनो जमिन फिर्ता माग्दै आन्दोलनमा उत्रिए पछि सवस्टेशन निर्माणमा थप जटिलता थपिएको छ ।   

 

प्रतिक्रिया