जन्म दिन मनाउने पैसाबाट पुस्तक प्रकाशन 

Admin
Admin२ कार्तिक २०८०, बिहिवार
जन्म दिन मनाउने पैसाबाट पुस्तक प्रकाशन 

जन्म दिन मनाउने रकम संकलन गरेर स्थापना गरिएको म्हेन्दो ट्रष्टले  केशवराज थोकरको ‘लाइफ इज प्यान्डामिक’ नामक फोटो पुस्तक प्रकाशन गरेको छ । सो पुस्तक हालै आयोजित एक समारोहका बीच सभामूख देवराज घिमिरेले सार्वजनिक गर्नू भयो । 

ट्रष्टका संस्थापक मध्येका एक भाषा आयोगका सदस्य अमृत योञ्जन तामाङका अनुसार अमेरिकामा बसोबास गर्ने आफनो नातीका नाममा परिवारका सदस्यहरु मिलेर  खोलिएको ट्रष्टले पुस्तक प्रकासन गर्ने लक्ष लिएको छ । यही सन्दर्भमा सो पुस्तक प्रकाशन गरिएको हो । 

सात परिच्छेदमा विभक्त पुस्तकमा सन १९ देखि सुरु भएको कोरोना महामारीका क्रममा काठमाडौको अवस्थालाई चित्रण गर्ने तस्वीरहरुको संकलन गरिएको छ ।  मौन शहर नाम दिइएको पहिलो परिच्छेदमा लक डाउनको समयमा उपत्यकाको दृश्यलाई दर्शाउन खोजिएको छ । 

दोस्रो र तेस्रो परिच्छेदमा चरम संकटमा स्वास्थ्य सेवाको अवस्थालाई चित्रण गर्दै अस्पताल देखि आर्यघाट सम्ममा कोरोना संक्रमितहरुको त्रासमय र कारुणीक अवस्थालाई देखाउन खोजिएको छ ।  
चौथो खण्ड भने गर्भवती महिलाको आइसोलेशन नाम दिएर फोटो पत्रकार थोकरकै श्रीमती साङ्मो योन्जन कोरोना संक्रमित हुँदा व्यहोरेको सास्तीलाई देखाउन खोजिएको छ । 

यसै गरी कोरोना महामारीकै क्रममा सरकार विरुद्ध भएको प्रदर्शन,  महामारीमा अग्र पङ्तीका लडाकुहरु र कोरोना कालका अनपेक्षित पलहरु शिर्षक दिएर फरक फरक अवस्थालाई चित्रण गर्ने तस्वीरहरु दिइएको छ । अंग्रेजी र नेपालीमा  क्याप्सन लेखिएको पुस्तक १२६ पृष्ठको रहेको छ । 

पुस्तक विमोचन समारोहमा बोल्नु भएका सभामूख घिमिरे, वरिष्ठ सरुवा रोग चिकित्सक डा. शेर बहादुर पुन, फोटो पत्रकार चन्द्र शेखर कार्की, प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य विकास कार्की लगायतले इतिहासलाई संरक्षण गर्ने महत्वपूर्ण दस्तावेज भएको भन्दै पुस्तकका फोटो पत्रकार थोकरको कार्यको प्रसंशा गर्नू भएको थियो । 

नेपाली पत्रकारितामा १० बर्ष देखि फोटो पत्रकारिता गर्दै आउनु भएका थोकरको यो पहिलो पुस्ताकाकारको पुस्तक हो ।  पुस्तकमा राष्ट्रपति रामचन्द्र पौडेलसमेतको शुभकामना सन्देश समेटिएको छ । 
पुस्तक विमोचन समारोह भाषा आयोगका अध्यक्ष अमृत योञ्जन तामाङको अध्यक्षतामा भएको थियो । 


 

प्रतिक्रिया