सन्तोष कुमार पोख्रेलको नयाँ गीत 'कति सुन्दर हुन्छन् होला' को विमोचन

Admin
Admin१४ असोज २०८०, आइतवार
सन्तोष कुमार पोख्रेलको नयाँ गीत 'कति सुन्दर हुन्छन् होला' को विमोचन

कावि  तथा गीतकार सन्तोष कुमार पोख्रेलको नयाँ गीत 'कति सुन्दर हुन्छन् होला' को  विमोचन भएको छ । यसैसाता  एक कार्यक्रमका बिच थारु भाषा साहित्य केन्द्रको अध्यक्ष भुलाई चौधरीले विमोचन गर्नुभएको हो । 

गायक तथा डान्स  निर्देशक देवकुमार चौधरीको स्वर संगीत, शब्द सन्तोष कुमार पोख्रेल, एरेन्ज सन्तोष प्रगाढ, मिक्सिङ गोविन्द सोनीको रहेको रहेको छ । 

आयोजकले  गीतकार सन्तोष पोख्रेल को नयाँ गीत कति सुन्दर हुन्छन् होला दर्शक माझ दशैं मा आउने जानकारी दिनुभयो।

नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य तथा गायक संगितकार देवकुमार चौधरीले चार दर्जन भन्दा बढि थारु र नेपाली  भाषाको आधुनिक तथा मौलिक गीतमा स्वर संगीत दिईसक्नु भएको छ । गीतलाई श्रोता दर्शकले मन पराई दिनेमा आफु आशावादी रहेको विश्वस वक्त गर्नुभएको छ ।

प्रतिक्रिया